×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिबीचको टकराबले खोलामा लागेन ठेक्काः बालुवा चालेर गुजारा गर्ने ५०० सुकुम्बासी परिवारको बिचल्ली

विराटनगर | माघ ६, २०८०

NTC
Premier Steels

मोरङको बेलबारी र कानेपोखरीहुँदै बग्ने चिसाङ खोलामा ढुङ्गा, गिटी, बालुवा चालेर गुजारा गर्ने करिब ५०० सुकुम्बासी परिवारको बिचल्ली भएको छ । जनप्रतिनिधिहरूबीचको टकराबले खोलामा ठेक्का नलाग्दा रोजगारी नपाएर उनीहरू बिचल्लीमा परेका हुन् ।

Muktinath Bank

बेलबेरी नगरपालिकाका प्रमुख (मेयर) दिलप्रसाद राई (डीपी), उपप्रमुख (उपमेयर) नितु थापा (कोइराला) र वडा नम्बर ११ का वडाध्यक्ष विक्रम लिम्बूबीचको विवादले ठेक्का नलागेको हो । यसले गर्दा दैनिक गुजारा गरेर खाने मजदुरहरूलाई त्यसले ‘गम्भीर असर’ पुर्याएको सरोकारवालाहरू बताउँछन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो वडामा मात्रै ५०० जति परिवार खोलामा ढुङ्गा, गिट्टी र बालुवा चालेर खानेहरू छन्,’ कानेपोखरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले भने, ‘तिनीहरूको बिचल्ली भएको छ । पालिकाहरूले चाँडै टुंगोमा पुर्याएको भए हुने थियो ।’ उनका अनुसार ती सुकुम्बासी परिवारले बर्खामा निगुरो टिपेर र हिउँदमा बालुवा चालेर गुजारा चलाइरहेका थिए । पालिकास्तरबाट उनीहरूको आर्थिक अवस्था सुधार गर्न नसक्दा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

गत असोज १ गतेदेखि उत्खनन् गर्नेगरी दुई पालिका (बेलबारी र कानेपोखरी)ले संयुक्त ठेक्का लगाउने गरेका थिए  । ठेक्काको व्यवस्थापन भने बेलबारीले गर्दै आएको छ । खोलाको ठेक्काका लागि असार १९ गते ठेक्कासम्बन्धी सूचना बेलबरीले प्रकाशित भएको थियो । उक्त चिसाङ खोलामा तीवटा ठेकेदार कम्पनीले ठेक्का लगाएका थिए । 

Vianet communication

२०८० साउन २५ गते विद्युतीय् माध्यमबाट तीनवटा बोलपत्र परेका थिए । यसपछि दुई करोड २२ लाख १९ हजार ९९ रुपैयाँ ९८ पैसामा सुन्दरहरैँचाको मकालु इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । उसले समयमा पैसा जम्मा गर्न नसकेपछि पछि २०८० असोज १६ गते बसेको नगर कार्यपालिका बैठकले मकालुको ठेक्का रुद्ध गर्ने निर्णय गरेको थियो । दोस्रो बोलपत्रदाता शिवजी कन्स्ट्रक्सन, इटहरी–५ लाई खोला उत्खनन्को जिम्मा दिने निर्णय गरियो । शिवजीले एक करोड ६८ लाख ३७ हजार रुपैयाँ कबोल गरेको थियो भने दुई करोड २२ लाख १९ हजार ९९ रुपैयाँ ९८ पैसामा सुन्दरहरैँचाको मकालु इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । दुई ठेकेदारबीचको भिन्नता ५३ लाख ८२ हजार ९९९ रुपैयाँको भयो । यसपछि बेलबारी नगरपालिकाले मकालुको अनुमतिपत्र जफत गरेर उसलाई कालो सूचीमा राख्ने निर्णयसमेत गरेको थियो । 

यता मकालुले धरौटीसहित दुई पटकमा ८० लाख ११ हजार रुपैयाँ जम्मा गरिसकेको थियो । नगरपालिकाले धरौटीसमेत माग गरेर कालोसूचीमा राख्ने निर्णय गरेपछि मकालु उक्त निर्णयको विपरीत अदालतमा गएको थियो । यसपछि जिल्ला अदालत मोरङले अन्तरिम आदेश जारी गर्दै खोला उत्खनन्मा रोक लगाएको थियो । त्यसपछि मुद्दा विचाराधीन अवस्थामा थियो । गत पुस २० गते मकालुले मुद्दा फिर्ता लिएको थियो । पहिलो दोस्रो र तेस्रो ठेकेदारबीच पहिलो मकालुलाई नै ठेक्का दिने गरी सहमति भएको स्रोतले बताएको छ । ठेक्कामा समस्या भएपछि दुई पालिकाका तीन वडाध्यक्षलाई सहजीकरण गर्ने जिम्मा बेलबारीका मेयर दिलप्रसाद राई र कानेपोखरीकी राजमति इङ्नामले गरेका थिए ।

उनीहरूले खोलासँग सीमाना जोडिएका पालिकाका अध्यक्षहरूलाई सहजीकरणका लागि जिम्मा दिएका थिए । त्यसका लागि सहजीकरण समिति बनाइएको थियो । बेलबारी १० का वडाध्यक्ष गंगा याक्खा, ६ का वडाध्यक्ष टेकबहादुर राई र कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङलाई सहजीकरण गर्ने जिम्मा दिइएको हो । समितिको पहलमा खोलाको ठेक्का पहिलो पक्षलाई दिने सहमति गरे पनि कानून व्यवसायीहरूले  नगर कार्यपालिकाको निर्णयविरुद्ध गर्न नहुने सुझाव दिए । यसपछि उपमेयर नितु थापाले पनि नगरपालिकाको निर्णयका विरुद्धमा जान नसकिने अडान राखेपछि ठेक्का प्रक्रिया थप अन्योलमा परेको छ ।

तीनवटै ठकेदार कम्पनी मिलेर आइसकेको भन्दै नेपाली कांग्रेस बेलबारीले समेत नगरपालिकामा पहिलो पक्षलाई सम्झौता गरिदिन दबाब दिइरहेको छ । तर कांग्रेसबाटै चुनाव जितेकी उपमेयर थापाले भने नगर कार्यपालिकाको निर्णयविपरीत जान नसकिने भन्दै अडान राख्दै आएकी छिन् । ‘हामीले नगरपालिकालाई पनि घाटा नहुने गरी अगाडि बढ्नुहोस् भनेका छौ,’ कांग्रेस बेलबारीका नगर सभापति छत्र लिम्बूले भने, ‘तीनवटा निर्माण व्यावसायी नै मिलेको लिखित कागज भएकाले पहिलोलाई दिँदा पनि केही फर पर्दैन भनेका छौ ।’

कसलाई ठेक्का दिने भन्नेमा मेयर राई र उपमेर थापाबीच कुरा नमिल्दा शनिवार बिहान बस्ने भनेको कार्यपालिकाको बैठकसमेत बस्न सकेन । गत असोज १ गतेदेखि ठेक्का लाग्नु पर्ने हो । पहिलो पक्ष (मकालु)सँग बेलबारीका वडा नम्बर ११ का वडाध्यक्ष विक्रम लिम्बू र दोस्रो पक्ष (शिवजी)सँग उपमेयर थापा नजिक रहेका कारण खोलाको ठेक्का प्रक्रिया टुंगिएको नगरपालिका स्रोतले जनाएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x