असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
नेपालमा मानिस कहिले आए त्यसको यकिन प्रमाण छैन । तर, भाषाको उद्भवले १० हजार वर्षअगाडि देखाउँछ । भाषाशास्त्री जर्ज भ्यान ड्रिम भाषाको उद्भवअनुसार भोटबर्मेली भाषा समूह १० हजार वर्षअगाडि र भारोपेली पाँच हजार वर्षअगाडि आएको देखिने बताउँछन् । नेपालमा मुख्यगरी भोटबर्मेली र भारोपेली भाषा समूह छन् ।
त्यसैले पनि नेपालमा कहिले मानिस आए भन्ने तथ्य प्रमाणित गर्न डीएनए नै परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने ।
पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले नेपालमा यी दुई भाषाबाहेक अर्को भाषा रहेको सुनाए । लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका भ्यान कुसुन्डा भाषा यी दुई भाषासँग नमिल्ने सुनाउँछन् । भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ ।
जर्ज भ्यान पछिल्लो लामो समयदेखि अध्ययन, अनुसन्धानकै क्रममा नेपालमा छन् ।
यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री भ्यानले भोटबर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने सुनाउँछन् ।
‘यो भनेको धौलागिरिदेखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनै–कुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् ।
हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वीहिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ ।
भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको अर्को दाबी छ ।
‘उनीहरू लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरूको आनुवंशिकता इन्डियाबाटै शुरू भएको देखिन्छ । युरोप गएर फेरि भारतमै आएको देखिन्छ,’ उनले दाबी गरे ।
ड्रिमले भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनले ‘लिम्बू भाषा’माथि पनि ‘अ ग्रामर अफ लिम्बू’ कृति पनि प्रकाशन गरेका छन् । त्यसबाहेक उनको ‘द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय’लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...