कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बुढानिलकण्ठस्थित आफ्नै निवासमा जारी पदाधिकारी बैठककै बीच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा बालुवाटार पुगेका हुन् । बालुवाटारमा आधा घण्टा बसेर फर्किएपछि देउवा पुनः पदाधिकारी बैठकमा सहभागी भएको जानकारी स्रोतले दियो ।
महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्तावमा अर्को चुनावमा गठबन्धन गर्न नहुने विषयमा संशोधन गर्न नचाहेको बेला देउवा बालुवाटार पुगेका हुन् । बालुवाटार पुगेर उनले गठबन्धनका विषयमा कांग्रेसले दायाँबायाँ नगर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पारेको स्रोत बताउँछ ।
थापाले प्रस्तावमा कांग्रेसले अबको चुनावमा गठबन्धन नगर्ने विषयमा अडान लिए पनि देउवाले महासमिति उद्घाटन भाषणमा पछि हुने चुनावको बारेमा अहिले नै निर्णय गर्नु उपयुक्त नहुने बताएका थिए । समय आएपछि बोल्नुपर्ने विषयमा अहिले नै बोल्न आवश्यक नभएको देउवाको भनाइ थियो ।
तर थापा गठबन्धनको विषयमा निर्णय नगरे साङ्गठनिक प्रस्ताव नै पेस नगर्ने चेतावनी दिँदै आएका छन् । यसैले उनलाई मनाउन देउवाले सोमबार बिहान, महासमिति उद्घाटनपछि आफ्नै निवासमा थापासहितका पदाधिकारीसँग छलफल गरेका हुन् ।
अहिले माओवादीसँग गठबन्धनमा रहँदै गर्दा यसको विरोध गर्दा राजनीतिक हिसाबले पनि अप्ठ्यारो हुने भन्दै देउवा यो विषयमा अहिले कुनै निर्णय नगर्ने अडानमा छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...