३० जेठ २०८३, शनिबार

सिद्ध गुफामा ‘मझधार’को लोकार्पण

फागुन ८, २०८०
तनहुँ
सिद्ध गुफामा ‘मझधार’को लोकार्पण

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । तनहुँको विमलनगरस्थित सिद्ध गुफामा सोमबार लेखक तथा उपन्यसाकार उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको हो ।

कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालले संयुक्तरूपमा कृति लोकार्पण गरेका हुन् । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । 

null

उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाएका थिए । 

यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गरेका थिए । 

यसैगरी उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गरेका हुन् । 

उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । 

नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । पृथ्वी राजमार्गको विमलनगरबाट आधा घण्टाको पैदल यात्रा गरेपछि यो गुफा पुग्न सकिन्छ । 

यो नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वविमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्