×

NMB BANK
NIC ASIA

डिजिटल जमानाका 'ब्ल्याक एन्ड ह्वाइट' नेता

नेताका वेबसाइटको बेहाल : कसैको वर्षौंदेखि अपडेट छैन, कसैमा खुल्छ मेसीको फोटो

काठमाडाैं | फागुन ९, २०८०

NTC
Premier Steels

राजनीतिक दलका नेताका हातमा महंगा र लेटेस्ट मोडलका स्मार्टफोन देखिन्छन्, सहयोगीसँग नेताका भन्दा झन् महंगा आइफोन छन् । तर, राजनीतिक दलका नेताको वेबसाइटको हालत भने बिजोक देखिन्छ ।

Muktinath Bank

आफ्ना गतिविधि, विचार र दस्तावेजहरू जनता/मतदातासँग पुर्‍याउने उद्देश्यले खोलिएका राजनीतिक दलका अधिकांश नेताका वेबसाइट मृतजस्तै छन् । एक जनाले खोलेपछि अर्कोले त्यसैको नक्कल गरेर खोलेपनि ती वेबसाइट चलेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वेबसाइट सीएम प्रचण्ड डटकम २०८० पुस ११ देखि अपडेट भएको छैन । 


Advertisment
Nabil box
Kumari

‘ गठबन्धन पाँचै वर्ष जान्छ, राम्रा कामको शुरूआत भएको छ, अझै राम्रा काम गर्छौं प्रधानमन्त्री,’ प्रचण्डको साइटको होमपेजमा यो समाचार राखिएको छ । २०६६ सालदेखि प्रचण्डको वेबसाइट सञ्चलनमा आएको थियो । सीएम प्रचण्ड (अध्यक्ष प्रचण्ड) नामको फेसबूक पेज भने अपडेटेड देखिन्छ, प्रचण्डका सम्बोधन यही पेजबाट लाइभ गर्ने गरिएको छ ।

Vianet communication

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आधिकारिक वेबसाइट (www.sherbahadurdeuba.com/) व्यक्तिगत प्रोफाइल जस्तो छ । देउवाको फेसबूक र ट्वीटरमा लेखेका सन्देश वेबसाइटमा हेर्न मिल्ने गरी देखाइएको छ । भाषण सेक्सनमा २०७९ पुस २९ गते तत्कालीन सरकारले ६ महिना पूरा गरेको अवसरमा गरिएको सम्बोधनको पूर्णपाठ राखिएको छ । त्यसपछिका भाषणहरू अपडेट गरिएको छैन ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वेबसाइट (www.kpsharmaoli.com.np) २०७९ असोजदेखि अपडेट छैन । केपी शर्मा ओली डटकम डट एनपीको होमपेजमा ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ नारा लेखेर ओलीको हस्ताक्षरसहितको ठूलो फोटो राखिएको छ । साइटमा सम्बोधन, मन्तव्यको सेक्सन राखिए पनि अपडेट देखिँदैन ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको (www.madhavnepal.com) वेबसाइट त खुल्नै छाडेको छ । माधव नेपालको फेसबूक पेजमा सो साइटको यूआरएल झुन्ड्याइएको छ । साइट खोल्दा ४०३ इरर देखाउँछ । 

सूचना प्रविधि र इन्टरनेटमा चासो राख्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वेबसाइटको पनि बिजोक छ ।

बाबुराम भट्टराईको साइट क्लिक गर्दा फूटबलर मेसी देखिने साइट खुल्छ । १४ लाख फलोअर रहेको फेसबूक पेजमा बाबुरामको वेबसाइट ( baburambhattarai.com) को यूआरएल झुन्ड्याइएको छ । 

null

अरू कसैले आफ्नो डोमेन 'ह्याइज्याक' गरिसक्दा पनि बाबुराम बेखबर छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालको वेबसाइटको हालत पनि उस्तै छ । खनालको फेसबूकपेजमा राखिएको (jnkhanal.com) खुल्दै खुल्दैन । 

सूचना प्रविधिसँग अपडेट रहेका दोस्रो पुस्ताका नेताका वेबसाइटको हालत पनि उस्तै छ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले पनि वेबसाइट बनाएका छन् ।

फेसबूकमा गगन थापा डटकम डट एनपी वेबसाइटको लिंक राखिए पनि त्यो सञ्चालनमा छैन । (gaganthapa.com.np​) खुल्दैन ।

प्रवक्ता रहेको समयमा पार्टीको वेबसाइटलाई आधुनिक बनाएका कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा (bishwaprakash.com.np) को साइट पनि खुल्दैन ।

१ लाख ८८ हजार फलोअर रहेको विश्वप्रकाशको फेसबूक पेजमा साइटको लिंक झुन्ड्याइएको छ ।

खोल्ने फेसन, छैन अपडेट

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साइट अस्तव्यस्त देखिन्छ । nepalicongress.org  को होमपेजमा शुरूमै रामचन्द्र पौडेलको लेख ‘समाजवादको सान्दर्भिक मीमांसा’ देख्न सकिन्छ, २०७७ साल मंसिरमा कांग्रेस नेताको हैसियतमा लेखेको ।

null

पौडेल राष्ट्रपति बनेको एक वर्ष भइसकेको छ, तर कांग्रेस वेबसाइटमा ‘कांग्रेसको कर्म’ शीर्षकमा राखिएको म्याटरले पौडेल कांग्रेसमै सक्रिय रहेको जस्तो भान हुन्छ । 

कांग्रेसको साइटलाई आधिकारिक मान्ने हो भने राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भइसकेका सुनिल थापा अहिले पनि केन्द्रीय सदस्य छन्, जबकि उनले सल्लाहकार बन्न राजीनामा गरेको बताएका थिए । निधन भएका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको सम्बन्धमा केही अपडेट छैन । 

संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको साइट (सीपीएन युएमएल) भने अपडेटेड देखिन्छ । वेबसाइटमा पार्टीका गतिविधि तत्कालै अपडेट गर्ने गरिएको छ । काठमाडौंमा जारी केन्द्रीय समिति बैठक उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले दिएको मन्तव्य मंगलवार नै अपडेट गरिएको छ । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ११ गते माओवादी केन्द्रको वेबसाइटको उद्घाटन गरे ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा तामझामका साथ वेबसाइट ( www.cpnmc.org​) उद्घाटन गरियो ।

‘राष्ट्रका साझा विषयमा राष्ट्रिय एकताको आवश्यकता छ’ लेखिएको नारासहितको फोटो कभरमा राखिएको वेबसाइटमा माओवादीको अधिवेशनका गतिविधि अपडेट गरिएको छ । 

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको साइट अपडेट भएको देखिन्छ । उसले सदस्यता पनि अनलाइनबाटै अपडेट गर्ने गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वेबसाइट rpp.org.np अचम्मको छ । नयाँ सदस्यता र नवीकरणबाहेक अरु सेक्सन साइटमा छैन । होमपेजमा अध्यक्ष राजेन्द्र लिङ्देनको तस्वीर झुन्ड्याइएको छ ।  

जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो वेबसाइट https://peoplesocialist.org/ सञ्चालनमा ल्याएको छ । पछिल्लोपटक माघ २७ गते ‘फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह’ शीर्षकको समाचार अपडेट गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x