×

NMB BANK
NIC ASIA

‘चुनावी गठबन्धन नगर्ने’ प्रस्ताव कांग्रेसमा सर्वसम्मत

गगनको प्रस्ताव पारित भएपछि गठबन्धनको भविष्यमाथि आशंका, टर्‍यो ०८४ मा तालमेलको सम्भावना

काठमाडाैं | फागुन १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भविष्यमा हुने आवधिक निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नुपर्नेे महामन्त्री गगन थापाको प्रस्ताव महासमिति बैठकबाट सर्वसम्मत पारित भएको छ । 

Muktinath Bank

बिहीवार ललितपुरमा सम्पन्न कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी, महामन्त्री गगनको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार पारित भएको सांगठनिक प्रस्तावमा कांग्रेसका मतदाताले रूखमै मत हाल्न पाउने कुरा सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ गगनको प्रस्तावमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

एउटा विशिष्ट परिस्थितिमा चुनावअघि गठबन्धन गरिएकाले त्यो ५ वर्ष नै चल्नुपर्छ भन्नेमा इमान्दार भएपनि अब हुने चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने थापाको प्रस्ताव छ । 

Vianet communication
Laxmi Bank

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्तावले हलचल ल्याएको थियो । 

यसले सत्ता गठबन्धनमा खटपट ल्याउने खतरापछि महासमिति बैठक उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने/नगर्ने विषय तत्कालीन परिस्थितिको मूल्यांकनमा आधारमा गरिने बताएका थिए । 

अन्तिम अवस्थामा तयार भएका थिए देउवा

चुनावी गठबन्धनको विषयले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच चर्काचर्की समेत परेको थियो ।

अन्तिमसम्म पनि गगन आफ्नो अडानबाट टसको मस नभएपछि भाषा थोरै नरम बनाएर यो विषयलाई महासमिति बैठकमा प्रवेश दिन देउवा तयार भएका थिए ।

null 

शुरूमा गगनले ‘आगामी चुनावहरूमा गठबन्धन नगर्ने’ भन्ने भाषा लेखेकोमा कांग्रेसका मतदातालाई आफ्नै चिह्नमा मतदान गर्ने व्यवस्था मिलाउने भनेर थोरै नरम भाषा राखिएको थियो ।

शब्द फरक परे पनि अर्थमा खासै फरक परेको देखिँदैन । यसको अर्थ कांग्रेसले अब चुनावी गठबन्धन गर्दैन भन्ने नै रहेको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग बताए ।

कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले पनि रूख चिह्नमा मत नहाल भन्ने अधिकार नेतालाई नभएको लोकान्तरसँग बताएका छन् । उनको आशय पनि आगामी चुनावमा गठबन्धन हुँदैन भन्ने नै देखिन्छ ।

गगनको प्रस्तावले महासमितिमा प्रवेश पाउने भएलगत्तै देउवा वर्तमान गठबन्धनमा असर नपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आश्वस्त पार्न पुगेका थिए ।

प्रचण्डले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, माओवादी पंक्तिमा भने यसले तरंग ल्याएको छ । 

गगनको प्रस्तावमा छलफल शुरू भएलगत्तै प्रचण्डनिकट माओवादी युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले बुधवार फेसबूकमा स्टाटस लेख्दै कांग्रेसलाई चेतावनी दिएका थिए ।

‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन्, हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले लेखेका थिए ।

माओवादीमा उकुसमुकुस, च्याँखे थाप्दै एमाले

कोशी प्रदेशमा कांग्रेसबाट पटक–पटक धोका भएको र त्यसअघिको आमनिर्वाचनमा पनि मत ‘ट्रान्सफर’ नभएको भन्दै माओवादीभित्र उकुसमुकुस छ । पार्टी बैठकमै यस विषयमा कुरा उठ्दै आएको छ ।

तलबाटै गुनासो आउन थालेपछि केही दिनअघिको केन्द्रीय समिति बैठकमा प्रचण्डले कांग्रेसबाट धोका भएको बताएका थिए । 

‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा झर्‍यौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्‍यो । कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ । राजनीतिकरूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका निम्ति विचारणीय प्रश्न हो ।’

यसबीचमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक भेटवार्ता भइसकेको छ । दोस्रो तहका नेताहरूलाई समेत सहभागी नगराई भएको भेटमा प्रचण्ड र ओलीबीच सकारात्मक ढंगले कुराकानी अगाडि बढेको स्रोतको दाबी छ । 

यस्तो अवस्थामा कांग्रेसले अर्को चुनावमा गठबन्धन नगर्ने निर्णय गर्नुले एमाले–माओवादीलाई फेरि नजिक्याउने सम्भावना बढाएको माओवादीका एक नेताले लोकान्तरसँग बताए ।

‘२०७४ को चुनावमा कांग्रेसको हालत के थियो, हामी सबैले देखेकै हौं,’ ती नेताले भने, ‘२०७९ मा हाम्रै मतको बलमा कांग्रेसले पहिलो दलको हैसियत बनाएको हो । माओवादीलाई यो गठबन्धनले कुनै फाइदा भएको देखिँदैन, आकार झन् घट्न पुगेको छ । अब कांग्रेससँग टाँसिएर बसिरहनुको औचित्य खासै रहँदैन ।’

राष्ट्रिय सभा निर्वाचनसम्म पुग्दा धेरै कुरा ‘क्लियर’ हुन सक्ने उनले बताए । यही फागुन २९ मा निर्वाचित गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । यही पेरिफेरिमा गठबन्धनमा खटपट आउनसक्ने आशासहित एमाले ‘च्याँखे’ थापेर बसेको नेताहरू बताउँछन् ।

स्रोतका अनुसार चुनावको मुखमा ‘रेस्क्यु’ नगर्ने भन्दै एमालेले मिल्ने भए अहिलेदेखि नै मिल्न माओवादीलाई प्रस्ट सन्देश दिइसकेको छ । ‘पहिले एउटै पार्टी बनाएका पनि हौं । फेरि तालमेल गरेर अगाडि बढ्न समस्या होइन, तर अहिले सत्ताको स्वाद चाखिरहने र अन्तिम समयमा हामीले रेस्क्यु गर्ने भन्ने कुरा राजनीतिक हुँदैन,’ एमालेका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

एक्लै चुनाव लड्ने हैसियत गुमाउँदै गएको माओवादीका लागि कांग्रेसको निर्णयले थप दबाब सिर्जना गरेको विश्लेषण ती नेताले गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x