×

NMB BANK
NIC ASIA

इलाम– २ मा उपनिर्वाचन

सुवास नेम्वाङको विरासत रहेको क्षेत्रमा एमालेबाट सुहाङको चर्चा, उम्मेदवार खोज्दै रास्वपा

विराटनगर | फागुन १३, २०८०

NTC
Premier Steels

इलाम क्षेत्र नम्बर– २ मा उपनिर्वाचनको घोषणा भएपछि टिकटका लागि नेताहरूको रस्साकस्सी शुरू भएको छ । आइतवार निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेसँगै इलाम–२ को राजनीतिक माहोल गर्माएको हो ।

Muktinath Bank

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली छ । सुवासको मुत्यु लगत्तैदेखि इलाम–२ मा एमाले र नेपाली कांग्रेस चुनावलक्षित सांगठनिक तयारीमा जुटिसकेका थिए । अर्कोतिर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि केन्द्रमा गठबन्धन भए पनि इलाम–२ मा एक्लै चुनाव लड्ने तयारीमा रहेको जनाउँदै आएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरक–फरक उम्मेदवारको सर्वेक्षण गरिरहेको छ । पहिचान पक्षधरहरूसमेत चुनावमा एकै ठाउँमा उभिने बताउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो क्षेत्रमा नेम्वाङको विरासत थाम्ने तयारीमा एमाले रहेको छ । यो क्षेत्रमा २०५६ सालदेखि सुवासले लगातार चुनाव जित्दै आएका छन् । एमालेले आगामी उपनिर्वाचनमा उनकै छोरा सुहाङ नेम्वाङ उम्मेदवार बन्ने चर्चा छ । सुहाङले पनि इलाम– २ केन्द्रित गतिविधि गरिरहेको पार्टीका नेताहरूले बताएका छन् । बुवाको जीवनकालमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौंमा बसेर कानून व्यवसाय पेशा अंगालेका अधिवक्ता सुहाङ बुवाको निधनपछि भने जिल्लाका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । सुहाङ पनि एमालेले सिट नगुमाउने गरी उम्मेदवार छनोट गर्नु पर्ने बताउने गर्छन् ।  इलाममा तपाईंको दाबी रहन्छ कि रहँदैन भन्ने लोकान्तरको प्रश्नमा उनले उम्मेदवार छान्दा सुहाङ उपयुक्त पात्र हो भनेर त्यहाँका जनता र पार्टीले मूल्यांकन गरे भने यो अवसरलाई राम्रो सदुपयोग गर्ने बताए ।

Vianet communication

‘इलामका शुभचिन्तक अग्रजहरूले मूल्यांकन गरेर के भन्छन् भन्ने एउटा पाटो भयो । टिकटका लागि इच्छा राख्नेहरू धेरै हुनुहुन्छ । त्यसमा पार्टीमा भोटो फटाएर बस्ने पनि पर्नुहुन्छ ।  यस्तोमा पार्टी नेतृत्वले के गर्छ भन्ने हो,’ उनले भने, ‘ एमालेले सिट नगुमाउने हिसाबले उम्मेदवार चुन्नुपर्छ र त्यो पार्टीहितअनुरुप हुनुपर्छ भन्ने मेरो धारणा हो । उम्मेदवार चुन्दा सुहाङ उपयुक्त पात्र हो भनेर भन्छन् भने यो अवसरलाई राम्रो सदुपयोग गर्छु । पार्टीको हितमा सही मूल्यांकन गरेर अगाडि बढ्नु पर्छ ।’ 

एमालेबाट इलाम–२ मा स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फे पनि उम्मेदवार बन्ने चर्चा छ । उनी  पार्टीको इलाम जिल्ला इन्चार्जसमेत छिन् । तुम्बाहाम्फेको घर भने मोरङ हो । मोरङ क्षेत्र नम्बर– १ मा एमालेका दुई स्थायी कमिटी सदस्यले बल गरेपछि उनलाई इलाम लैजाने तयारीमा एमालेका नेताहरू रहेको जनाइएको छ । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका हिक्मतकुमार कार्की र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले मोरङ– १ ताकिरहेका छन् । ढकाल गत चुनावमा मोरङ– ३ मा नेपाली कांग्रेसका सुनिल शर्मासँग पराजित भएका थिए । कार्की भने झापा ५(१) बाट दुईपटक प्रदेशसभामा आएका छन् । एमाले अध्यक्ष केपी ओली प्रतिनिधिसभा त्यही क्षेत्रबाट उठ्ने गरेका छन् । ओलीले प्रतिनिधिसभामा उठेसम्म कार्कीले केन्द्रीय संसद्मा जाने सम्भावना कम हुने जानकारहरू बताउँछन् । मोरङ–१ मा गत चुनावमा घनश्याम खतिवडालाई एमालेले उम्मेदवार बनाएको थियो ।  उनी वर्तमान युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूसँग पराजित बनेका थिए । खतिवडा अहिले प्रदेश कामिटीका अध्यक्ष छन् । प्रदेश कमिटीको निर्वाचनमा खतिवडालाई ढकाल र कार्कीले नै सघाएका थिए । खतिवडाका प्रतिस्पर्धा भने विनोद ढकाल थिए । ढकालका पक्षमा भने स्थायी कमिटी सदस्य भीम आचार्य मात्रै थिए । उम्मेदवार नबन्ने सर्तमा खतिवडालाई ढकाल र कार्कीले सहयोग गरेको एमालेकै नेताहरूको दाबी रहेको छ । तुम्बाहाम्फेलाई पनि इलाम पठाउन दुवै नेताले अध्यक्ष ओलीसँग लबिङ गरिरहेको नेताहरूले बताएका छन् । तर तुम्बाहाम्फेले भने उम्मेदवार बन्ने आकांक्षा नराखेको बताएकी छिन् । 

यस्तोमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कोशी प्रदेशसभा सदस्य रामबहादुर मगरले इलाम– २ का लागि सुहाङ बलियो उम्मेदवार भएको बताए । ‘म यो विषयमा धेरै बोल्न चाहँदिन,’ उनले भने ‘हामीसँग एकसे एक उम्मेदवार छन्, तीमध्ये सुहाङ पनि बलियो उम्मेदवार हो ।’ इलाम–२ मा एमालेबाट स्थानीय नेताहरू उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रवीन्द्र सुवेदीलगायतको पनि चर्चा छ । 

अर्को सत्तारुढ दल कांग्रेस पनि योपटक इलाम– २ मा जीत निकाल्ने दाउमा छ । कांग्रेसबाट यसपटक पनि उम्मेदवार बन्ने दौडमा जिल्ला सभापति डम्बरबहादुर खड्का नै रहेका छन् ।  गत निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले हारेकाले आगामी उपनिर्वाचनमा चुनाव जित्ने उनको दाबी छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सुवासले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । कांग्रेसबाट खड्कासँगै केशव थापा र भेषराज आचार्यको पनि चर्चा छ । 

इलाम–२ मा माओवादी केन्द्रले भने एकल उम्मेदवारी बनाउने बताउँदै आएको छ । राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार पराजित बनेपछि कोशीमा माओवादी कांग्रेससँग रुष्ट बनेको छ । कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन पारित भएपछि माओवादी यही चुनावमा कांग्रेसलाई नसघाउने पक्षमा रहेको छ । माओवादी जिल्ला कमिटी, इलामले भने उपनिर्वाचनमा एक्लै लड्ने निर्णय नै गरिसकेको छ । आफ्नै नेतृत्वमा चुनाव लड्ने गरी निर्णय गरेर नेताहरू चुनावको तयारीमा खटिन थालेको प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्वाङले बताए । कांग्रेससँग सहकार्य गर्ने स्थिति नरहेकाले गठबन्धन नगर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘पहिला पनि त्यही क्षेत्रमा डम्बर खडकालाई सघाएका थियाैँ । उहाँले हार ब्यहोरेपछि आरोप जति हामीलाई लगाए । अहिले पनि खड्काको कार्यशैलीलाई हेर्दा चुनाव जित्ने सम्भावना देखिँदैन ।’ उनले पार्टीभित्रको सुधारको अवस्था देखाउन पनि यो पटक एकल चुनाव लड्ने जिकिर गरे । 

इलाम–२ मा रास्वपाले पनि चुनावका लागि मत सर्वेक्षण गरिरहेको जनाइएको छ ।  पार्टीका नेता अनिलकेशरी शाहको पनि नाम चर्चामा रहेको थियो । तर उनको पक्षमा माहोल नदेखिएपछि राष्ट्रियस्तर सामाजिक प्रतिष्ठा कमाएको स्थानीय व्यक्ति नै उठाउने रणनीतिमा रास्वपा रहेको छ । 

आन्तरिक रुपमा निर्वाचन क्षेत्रका बारेमा अध्ययन गरिरहेको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । मत अध्ययन गर्दा रास्वपाले चुनाव जित्ने अवस्था देखिएको ढकालको दाबी रहेको छ । ‘स्थानीयस्तरबाट नै राष्ट्रिय रूपमा सामाजिक प्रतिष्ठा कमाएको व्यक्ति उठाउनु पर्छ भन्ने सुझाव हामीले प्राप्त गरेका छौँ,’ उनले भने, ‘तर अहिले नै ठ्याक्कै को उठाउने भन्ने निक्र्याैल भएको छैन ।’ इलाम–२ मा रास्वपा तनहुँ– १ मा जस्तै जीत हासिल गर्ने रणनीतिमा रहेको बुझ्न सकिन्छ । तनहुँ– १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसका नेता डा स्वणिम वाग्लेलाई पार्टीमा प्रवेश गराएर रास्वपाले उम्मेदवार बनाएको थियो । वाग्लेले गठबन्धन तथा एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । इलाम–२ मा यसै गर्ने रणनीतिमा लागिएको रास्वपाका नेताहरू बताउँछन् । 

यहाँका पहिचानवादीहरू यसअघिको निर्वाचनमा पहिचानको मुद्दा उठाएर अलग–अलग उम्मेदवार बन्ने गरेका थिए । यसपटक भने एकताबद्ध भएर नयाँ उम्मेदवार उठाउने तयारी उनीहरूको छ । प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले इलाम–२ मा साझा उम्मेदवार उठाउने यसअघि नै निर्णय गरिसकेको छ । 

पहिचानवादीको तर्फबाट संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केपी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देनमध्ये एकजना उम्मेदवार हुने पहिचानवादीहरूले बताएका छन् । पहिचानवादी नेता थेगिमले पहिचान पक्षधर शक्तिहरू एक भएर निर्वाचनमा जानेगरी तयारी भइरहेको बताए । 

अर्कोतिर सञ्चारकर्मी मिलन लिम्बूले पनि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रने बताएका छन् । उनले सोही क्षेत्रमा बसेर केही समयदेखि राजनीतिक  अवस्थाको अध्ययन गरिरहेका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x