×

NMB BANK
NIC ASIA

लुम्बिनीका पूर्व मुख्यमन्त्री ‘सोनाम’ गुमनाम !

काठमाडाैं | फागुन १६, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

कुनै समय नेकपा माओवादी केन्द्रको राजनीतिको केन्द्रबिन्दूमा रहेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कूलप्रसाद केसी अहिले गुमनाम छन् ।

Muktinath Bank

माओवादीको स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता समेत रहेका केसी मुख्यमन्त्री पदबाट बिदा भएपछि सोधीखोजीको पात्र छैनन् । माओवादीको राजनीति र प्रदेशको सत्ता सञ्चालनमा निर्णायक रहेका उनले आमनिर्वाचन– २०७९ मा पार्टीबाट टिकट समेत पाउन सकेनन् । डेढ वर्षदेखि गुमनाम उनी अहिले कहाँ के गर्दै छन् भन्ने विषयमा माओवादीमा बेखबरजस्तो बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीभित्र तेस्रो तहको नेताको पहिचान बनाएका केसी वि.सं. २०७८ साउनदेखि २०७९ पुससम्म लुम्बिनी प्रदेशको बागडोर सम्हालेका थिए । राष्ट्रिय सभा निर्वाचनमा लैजाने आश्वासन पाएपछि टिकटका लागि समेत दाबेदारी नगरेका केसीले पार्टीमा झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएपछि केसीको राजनीतिक जीवनमा ‘ब्रेक’ लागेजस्तो देखिएको माओवादी नेताहरू नै बताउँछन् ।  रोल्पामा माओवादीका उपमहासचिव वर्षमान पुन र रुकुमपूर्वमा पूर्णबहादुर घर्तीले टिकट पाउँदासम्म आफूले नपाउने केसीले बुझेको निकटस्थहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

लामो समय जनयुद्ध लडेका केसीलाई पार्टीभित्र ‘सोनाम’ नामले चिनिन्छ । केसी रोल्पा जिल्लाको रोल्पा नगरपालिका– ६ लिवाङमा जन्मिएका हुन् । राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने हठी र महत्त्वाकांक्षी नेता केसीको पछिल्लो निष्क्रियता लुम्बिनीको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । उनी के गर्दै छन्, उनका योजना के छन् भन्ने विषयमा कुनै बेला उनीसँग निकै नजिक रहेकारू समेत प्रस्ट जानकारी दिन सक्दैनन् ।

Vianet communication

उनका तत्कालीन प्रेस सल्लाहकार तथा प्रेस सेन्टरका नेता मानसिंह विश्वकर्माले केसी पार्टीको काममा सक्रिय रहेको बताए । ‘कार्यकाल सकेर पद हस्तान्तरण गरेपछि उहाँ (केसी) पार्टीको राजनीतिमा हुनुहुन्छ,’ विश्वकर्मा लोकान्तरसँग भने, ‘पार्टीको चार महिने अभियानमा बाँकेको इन्चार्ज भएर पनि काम गर्नुभयो । दाङ र रोल्पा गएर बस्नुभयो । परिवार काठमाडौंमै हुनुहुन्छ । उहाँ गुमनाम होइन, पार्टीको काममा सक्रिय भएर लाग्नुभएको छ ।’

माओवादीमा केसीको राजनीतिक भविष्य पनि अन्योलमा रहेको नेताहरू बताउँछन् । आम निर्वाचन– २०७९ मा पनि उनी कुनै मञ्चमा देखिएनन् ।

उनी माघ १२ गते  लुम्बिनी प्रदेशको स्थापना दिवसमा देउखुरीमा आयोजित कार्यक्रममा देखिएका थिए । पछिल्लो समय केसी लगायत नेताहरू माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट रहेको बताइन्छ ।

तर, केसीले भने आफू पार्टीको कामको सिलसिलामा विभिन्न ठाउँमा काममा खटिएको बताए । ‘म गुमनाम भएको छैन,’ केसीले लोकान्तरसँग भने, ‘चर्चामा आउन त कि बौलाहा पाराका काम गर्नुपर्‍यो, कि राम्रो काम गर्नुपर्‍यो । अहिले म राम्रो काम गर्ने पदीय जिम्मेवारीमा छैन । तर, गुमनाम भएको होइन ।’

आफूले नेतृत्व गर्दा प्रदेशको जुन गरिमा र उचाइ थियो, अहिलेको प्रदेश सरकारको कामले त्यो गरिमा कायम नगर्दा आफूलाई दुःखी बनाएको उनले बताए । ‘मैले नेतृत्व गर्दा लुम्बिनी प्रदेश एक नम्बरमा थियो, अहिले सातौं नम्बर पुगेका छ, साथीहरूले कसरी काम गरेका छन् कुन्नि ?’ केसीले प्रश्न गरे । 

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा रोल्पाबाट प्रदेशसभामा निर्वाचित भएर केसी शंकर पोखरेल नेतृत्वको सरकारमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानूनमन्त्री बने । तत्कालीन नेकपा विभाजन भएपछि उनी कांग्रेस र माओवादीसहितको ‘मिलिजुली’ सरकारमा मुख्यमन्त्री बनेका थिए ।

कडा मिजासका केसीको स्वभाव उनका पटक–पटकका अभिव्यक्ति पनि भल्किन्छन् । २०७७ असोज २० गते प्रदेशको राजधानी र नामकरण टुंगो लगाउने समयमा कांग्रेसले विरोध जनाएपछि प्रदेश सभाको रोस्ट्रमबाटै उनले ‘घिसारेर निकालिहाल’ भन्ने शब्दावली प्रयोग गरेपछि चौतर्फी आलोचना भएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजबहादुर बुढाले सबैलाई अवसर दिनुपर्ने हुँदा केसीले राष्ट्रिय सभा सदस्य नपाएको बताए । उनले भने, ‘पार्टीमा उहाँजस्तै धेरै नेताहरू छन् । अहिले उहाँ छायाँमा पर्नुभएको भन्ने होइन है, उहाँको सक्रियता पहिलेभन्दा झनै बढेको छ ।’

सोनामको राजनीतिक जीवन

एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पढ्दापढ्दै उनी विद्यार्थी संगठनको सक्रिय राजनीतिमा लागे । 

वि.सं.२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रूपमा शिक्षण पेशा अंगाले । प्राथमिक तहको स्थायी शिक्षक रहेका केसीले २०५० सालमा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएपछि अवकाश लिएका थिए ।

२०५० देखि २०५२ सालसम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए । माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए । 

२०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए । त्यसपछि २०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रूपमा उनले परिचय बनाए ।

२०६० जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे । त्यसपछि २०६३ साउनसम्म झण्डै ३ वर्ष उनले भारतको बक्सर जेलमा बन्दी जीवन बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए । 

जेलबाट छुटेपछि २०६३ देखि २०६८ सालसम्म ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजन कमिसारको भूमिका पाए । तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा राखिएपछि वाईसीएल इञ्चार्जको भूमिका पनि उनले निर्वाह गरे । 

२०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए ।

वैद्य पक्षको माओवादीको स्थायी कमिटी सदस्य भएका उनी दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा ‘बादल’सहित प्रचण्ड नेतृत्वको माओवादीमै फर्किएका थिए । 

माओवादीमा फर्किएपछि वि.सं. २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा रोल्पाबाट माओवादी–एमाले गठबन्धनको तर्फबाट उनले चुनाव जिते । बादलपक्षीय नेता केसी नेकपा विभाजनपछि एमालेमा लाग्छन् कि भन्ने आशंकालाई चिर्दै माओवादी केन्द्रमै बसेर मुख्यमन्त्री बन्न सफल भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x