×

NIC ASIA

सरसर्ती २४ घण्टा

सिटौलालाई दिएको ‘आश्वासन’बाट प्रचण्ड ब्याक, पुस १० ब्यूँताउने प्रयास

काठमाडाैं | फागुन १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष नेपाली कांग्रेसलाई छाड्न नसकिने संकेत गरेका छन् । प्रचण्डको भनाइबाट सत्ता गठबन्धनमा खटपट बढेको देखाएको छ । 

Muktinath Bank

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा खेलेको भूमिकाका कारण कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउन सकिनेबारे यसअघि आफूले बोलेको भएपनि घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनले बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा धोका भएकोले आफू गम्भीर भएको बताएका हुन् । ‘घटनाक्रम भिन्न तरिकाले अघि बढेको’ भन्नेबारे भने उनले विस्तृत रुपमा खुलाएनन् ।


Advertisment
Nabil box
Kumari

प्रचण्डले यस्तो बताउँदै गर्दा कांग्रेसले भने सिटौलाले नै अध्यक्ष पाउने विश्वास लिएको छ । तर, प्रचण्डले चितवनमै एमालेसँग राष्ट्रियसभा अध्यक्षाबारे विभिन्न स्तरमा कुराकानी भएको खुलाएपछि गठबन्धनको भविष्यबारे थप आशंका चुलिएको छ । 

Vianet communication

यस्तै सत्ता गठबन्धनमा असन्तुष्टिका संकेतहरू देखिन थालेका बेला पृष्ठभूमिमा ‘पुस १०’ ब्यूँताउने प्रयास अगाडि बढिसकेको दाबी स्रोतहरूले गरेका छन् ।

एमाले र माओवादीका प्रभावशाली नेताहरूका अनुसार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तरको छलफल निष्कर्षनजिक पुगेको छ ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन् । 

चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने– “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवद्र्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवद्र्धकमा नियुक्ति गरेको हो । 

मन्त्रालयको मन्त्रीस्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पर्यटन प्रवद्र्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
००००
नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय  महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीवार सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न  एउटै दस्तावेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ ।
००००
नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।  तर, निगमले हाललाई खुद्रा मूल्य नबढाइ यथावत राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
००००
वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । बिहीबार मध्यरात सम्पन्न खेलमा टाइब्रेकरमा नेपाल जोर्डनसँग पराजित भएको छ । 
यसअघि निर्धारित समयमा खेलिएको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, जोर्डन ४–३ ले बिजयी भयो । 
साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोट्र्स सिटी रङ्गशालामा खेल भएको थियो । वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यशैलीप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । 
बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार आफैंले गत साउनमा निर्धारण गरेका लक्ष्यहरू बढी मनोगत भएको र त्यसलाई सच्याउनुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन् । 
००००
प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बिहीवार कालो दिन मनाएको छ ।
प्रदेशको नाम कोशी नामाङ्कन गरिएको दिन पारेर फागुन १७ गते पहिचान पक्षधरहरूले कालो दिन मनाएका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x