×

NMB BANK
NIC ASIA

सन्दर्भः राष्ट्रियसभा अध्यक्ष निर्वाचन

माओवादीले नछोड्ने भएपछि अब के गर्छ कांग्रेस ?

काठमाडाैं | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्ष नछोड्ने भएपछि सत्ता साझेदारीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले के गर्छ भन्ने विषयलाई प्राथमिकतासाथ हेरिएको छ । 

Muktinath Bank

कांग्रेससँगको असन्तुष्टिका बीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को समेत ‘ब्याकिङ’मा माओवादीले फागुन २९ गते आफ्नै उम्मेदवार अगाडि सार्ने तयारी गरेको छ । यस्तोमा कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा आफ्ना उम्मेदवार कृष्णप्रसाद सिटौलालाई अगाडि सार्छ कि गठबन्धनको सहजताका लागि माओवादीलाई समर्थन गरेर जान्छ यसैले गठबन्धनको भविष्य निर्धारण गर्ने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय कांग्रेससँग माओवादीका गुनासा धेरै छन् । कोशी प्रकरण, सरकारमा असहयोगदेखि लिएर महासमिति बैठकको छलफलसम्म छन् । यिनै विषयप्रति असन्तुष्टि देखाउँदै माओवादी गठबन्धनसँग तर्किन खोजेको छ । अर्कोतिर कांग्रेस भने राष्ट्रियसभा अध्यक्षको निर्वाचन अगाडि रक्षात्मक अवस्थामा देखिएको छ । 


Advertisment
Nabil box
Kumari

माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने र बरु आफैं उम्मेदवारी दिने निर्णय स्थायी कमिटी बैठकबाटै गरिसकेको छ । यसैले माओवादीको निर्णयका बीच गठबन्धन जोगाउन आफ्नो दाबेदारी छोड्ने कि भिड्ने भन्ने मात्रै विकल्प बाँकी छ । 

Vianet communication
Laxmi Bank

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सत्ता गठबन्धनलाई एमालेले टुटाउन खोज्ने प्रयत्न गरे पनि अन्तिममा कांग्रेस र माओवादी समझदारीमा पुग्ने दाबी गर्छन् ।  

‘एमालेले गठबन्धन टुटोस् भनेर खेल्न सक्छ र खेल्छ, यो स्वाभाविक हो । कांग्रेस भए पनि यस्तो अवस्थामा हुँदा खेल्थ्यो होला,’ उनले भने, ‘सहयात्रामा क्रममा सबैले आ–आफ्नो दबाब र प्रभाव राख्न खोज्छन् । अहिले राष्ट्रियसभामा कांग्रेस र माओवादीको दाबी पनि यस्तै विषय हो । तर गठबन्धन भएपछि प्रधानमन्त्रीको असजिला विषय भए भन्नुपर्छ । हाम्रा सभापतिले पनि गठबन्धन जोगाउन अडान छोड्नुपर्छ  ।’ 

गठबन्धन जोगाउनका लागि अध्यक्ष छोडेर र मन्त्री फेरबदल गर्नसमेत सभापति शेरबहादुर देउवा तयार हुने संकेत विश्वकर्माले दिए । 

‘राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि अझै केही दिन समय बाँकी छ । शनिवार पनि हाम्रा सभापतिले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर छलफल गर्नुभएको छ । आइतवार पनि फेरि छलफल गर्ने भन्ने छ,’ उनी भन्छन्, ‘सभापतिलाई नेताहरूले संवादबाटै सबै कुरा मिलाउन सुझाव दिनुभएको छ ।’ शान्ति प्रक्रियाका विषयमा छलफल गर्न सांसदहरूलाई पनि देउवाले छलफलका लागि आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका थिए । तर शीर्ष नेतृत्वबीच राष्ट्रियसभा अध्यक्ष, मन्त्री हेरफेरसहितका विषयमा पनि छलफल भएको नेताहरूको भनाइ छ । 

माओवादीको दाबीबीच कांग्रेसले पनि राष्ट्रियसभामा उम्मेदवारी दिए राजनीतिक रुपमा गठबन्धन टुट्ने भएकाले सहमतिमा एउटै उम्मेदवार बनाउनुपर्ने दबाब कांग्रेससामु छ । 

नेता विश्वकर्मा आ–आफ्ना दाबीका बीच अन्तिममा गठबन्धनको साझा उम्मेदवार हुने र अध्यक्षमा सर्वसम्मत हुने जिकिर गर्छन् । 

‘अहिले आ–आफ्ना दाबीका कुरा आएका छन् । तर अध्यक्षको चुनावमा कांग्रेस र माओवादीबाट फरक उम्मेदवार हुँदैनन् । एमालेले नउठाउँदा निर्विरोध हुन पनि सक्छ,’ उनले थपे । 

एमालेले पनि साथ दिने भएपछि माओवादीले कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष नछोड्ने बरु आफ्नै उम्मेदवार अगाडि सार्ने बताउँदै आएको छ । पछिल्लो समय कांग्रेससँग असन्तुष्टि चुलिँदै गर्दा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बाक्लो भइरहेको छ । यसले कांग्रेसलाई नराम्ररी झस्काएको छ । 

यता एमाले अध्यक्ष ओलीनिकट स्रोत भने राष्ट्रियसभा अध्यक्षको चुनावमा अहिलेका गठबन्धनधारी दल एक ठाउँमा उभिए पनि विस्तारै टाढिने दाबी गर्छ । 

‘गठबन्धनबाट प्रचण्डले पाउनेजति पाइसके । पाउनुपर्ने माथिल्लो उपलब्धि प्रधानमन्त्री होला । अब कांग्रेसबाट अरु बाली पाक्दैन । बाली काटेपछि जग्गा खाली हुन्छ । त्यसैले नयाँ बालीको खोजीमा प्रचण्ड छन् भन्ने लाग्छ । अघिल्लोपटक एमालेलाई राष्ट्रपति र सभामुख, माओवादीलाई प्रधानमन्त्री दिने सहमति थियो । प्रधानमन्त्री फेरबदल हुँदा सभामुख पनि फेर्ने समझदारी थियो,’ एमाले स्रोत भन्छ, ‘तर राष्ट्रप्रति चुनाव आउँदा पुरानै गठबन्धनको मुटु फेरियो । प्रचण्डले हामी प्रतिबद्ध छौं भनिरहँदा गठबन्धन फेरिँदैन भनेका थिए । यसपटक उनी कांग्रेससँग छन् । राष्ट्रियसभामा आफैँ दाबी गर्दा पनि गठबन्धन तलमाथि हुँदैन भन्दैछन् । यसपटक पनि पोहोरजस्तै गर्नेतिर उनी उन्मुख छन् भन्ने हाम्रो बुझाइ छ ।’ 

गठबन्धन भत्कियोस् भन्ने एमालेको चाहना भए पनि सरकारकै लागि मरिनमेटेको ती नेता बताउँछन् । ‘एमालेको त गठबन्धन भत्कियोस् भन्ने खुला चाहना छ,’ एमाले स्रोत भन्छ, ‘गठबन्धन बनाएर सरकारमा गइ दुई–चार वटा मन्त्रालय हात पारिहालौं भन्ने मात्रै होइन, कांग्रेससँग माओवादी बस्नै नसक्ने अवस्था आयो भने आवश्यक पर्दा निकास दिन सहयोग गर्न एमाले तयार छ ।’

माओवादीले राष्ट्रियसभा अध्यक्षमा नछोड्ने अडान लिएपछि कांग्रेस सभापति देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई दूत बनाएर बालुवाटारमा छलफलका लागि पठाएका थिए । तर प्रधानमन्त्री प्रचण्डले भने कांग्रेसबाट निरन्तर धोका पाएको भन्दै गठबन्धन सहजै अगाडि बढ्नेमा सन्देह प्रकट गर्दै आएका छन् । 

मुख्यगरी कोशी प्रदेशमा कांग्रेसबाट पटकपटक धोका पाएको, महासमिति बैठकमा चुनवताका गठबन्धनको तालमेलविरोधी निर्णय गरेको, माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि भनेकोजस्ता विषयप्रति माओवादीले गम्भीर असहमति राख्दै आएको छ । यसैले राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको इच्छाविपरित उम्मेदवारी दिने र एमालेसमेत सहयोग खोज्ने चेतावनी माओवादीले दिँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x