×

NIC ASIA

८ बुँदे सहमतिपछि नेताहरुको प्रतिक्रिया : कसले के भने ?

काठमाडाैं | फागुन २१, २०८०

Prabhu Bank
NTC
Premier Steels

सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् ।
आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताए । मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उनले बताए । 

Muktinath Bank

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नेगरी चार दलबीच सहकार्य भएको बताए ।  सरकारलाई पूर्णता दिने प्रक्रियासँगै न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसैअनुरुप सरकारले काम गर्ने नेता पोखरेलले जानकारी दिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने पनि उनले बताए । “सबैभन्दा पहिले हामी यो गठबन्धनमा को–को दल सहभागी हुन्छन् भनेर छलफल गरिसकेपछि मात्रै मन्त्रालय बाँडफाँटले सार्थकता पाउँछ । अहिले नै मन्त्रालय बाँडफाँटमा प्रवेश गर्दा अरुलाई सामेल गर्ने कुरा रोकिने भएकाले यो विषयमा छलफल भएको छैन”, उनले भने, “मन्त्रालय बाँडफाँट ठूलो विषय होइन, सजिलै टुङ्गिन्छ ।”


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले पनि आर्थिक सुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई सहज बनाउने सर्तसहित आफ्नो दल सरकारमा गएको बताए । 

Vianet communication

“आर्थिक शिथिलता र कुशासनका शृङ्खलाहरुबाटसमाजमा नैराश्य छ । त्यसलाई चिर्न सेवा प्रवाहको गति, मात्रा र गुणस्तर रफ्तारमा जाओस् भन्ने समाजको चाहना छ । त्यसलाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिनुभएको हामीले पायौँ । अब फरक ढङ्गले जानुपर्छ भनेर प्रस्ताव आएपछि सरकारमा जाने निर्णय भएको हो” नेता वाग्लेले भने ।

चार दलबीच भएको आठबुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा रास्वपा सरकारबाट बाहिरिने पनि उनले स्पष्ट पारे । 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले संविधानको भावनाअनुसार मुलुकलाई गति दिन आफ्नो दल सरकारमा गएको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x