×

NMB BANK
NIC ASIA

निर्वाचनमा 'ह्याट्रिक' गरेका भण्डारी तेस्रो पटक मन्त्री

धनगढी | फागुन २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यसअघि अर्थ राज्य मन्त्री र उद्योग मन्त्रालयको नेतृत्व सम्हालिसकेका दामोदर भण्डारी फेरि मन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरेका छन् । उनी नयाँ सरकारमा उद्योग मन्त्रीका रूपमा दोहोरिएका हुन् । २०७९ मङ्सिरमा भएको निर्वाचनमा सुदूरपश्चिम एमालेबाट बैतडीमा भण्डारी र कञ्चनपुरमा तारालामा तामाङ मात्रै निर्वाचित भएका थिए । एमाले सुदूरपश्चिमबाट भण्डारी र तामाङ गरी २ जना मात्रै प्रतिनिधि सभा सदस्य छन् । निर्वाचनलगत्तै भण्डारी उद्योगमन्त्रीका रूपमा नियुक्त भएका थिए । सत्ता समीकरण फेरिएसँगै उनी मन्त्रीबाट हटेका थिए । अहिले प्रचण्डले पुरानै समीकरण बनाएपछि गठन भएको मन्त्रिमण्डलमा भण्डारी फेरि दोहोरिएका हुन् । 

Muktinath Bank

को हुन भण्डारी ? 
२० कार्तिक २०३० मा पाटन नगरपालिका –६ मा जन्मिएका भण्डारीले २०४६ सालदेखि नै राजनीति सुरु गरेका थिए । २०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए । त्यसपछि क्रमशः २०५४मा जिल्ला कमिटी उपसचिव, २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव बने । पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि भण्डारीले एमाले बैतडीको अध्यक्षको जिम्मेवारी पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थी राजनीतिबाट उदाएका भण्डारीले पार्टीको सक्रिय राजनीतिमा लगातार जीत निकाल्दै आएका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट जीत हासिल गरेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सहजै जीत हात पारेका थिए । यस्तै २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले प्रतिनिधि सभाको निर्वाचनमा पनि ह्याट्रिक गरी सकेका छन् ।


Advertisment
Nabil box
Kumari

२०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक अर्थ राज्यमन्त्री बनेका भण्डारी २०७० को निर्वाचनमा बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

Vianet communication
Laxmi Bank

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई नरबहादुर चन्दलाई हराएका थिए । एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष समेत भण्डारी अहिले पार्टीको पोलिटब्युरो सदस्य हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x