×

NMB BANK
NIC ASIA

सत्ताको खेल

सत्ता टिकाउन मुख्यमन्त्री शाहको अन्तिम अस्त्र : उन्मुक्ति ‘होल्ड’ हुँदा पनि सुरक्षित छैन सरकार !

असमावेशी मन्त्रिमण्डल : बैतडीका एकबाहेक सबै मन्त्री कैलालीकै

धनगढी | फागुन २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा सत्ता जोगाउन मुख्यमन्त्री कमलबहादुर शाहले अन्तिम कसरत गरिरहेका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाहले सरकार जोगाउने अन्तिम अस्त्रका रूपमा नागरिक उन्मुक्तिका थप तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहले संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरीलाई आर्थिक मामिला, खुसीराम चौधरी विना विभागीय र इन्दिरा गिरीलाई भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरूले शपथसमेत लिइसकेका छन् । नवनियुक्त सबै मन्त्री कैलालीबाटै निर्वाचित भएका हुन् ।

Muktinath Bank

सुदूरपश्चिममा ९ जिल्ला छन् । तर, प्रदेश सरकारमा बैतडी र कैलाली गरी दुई जिल्लाका मात्रै मन्त्री छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट मात्रै बैतडीका हुन् ।  त्यसबाहेक सात सदस्यीय सरकारमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री कैलालीकै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभाबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि कैलालीबाट निर्वाचित हुन् । कैलालीमा प्रतिनिधि सभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र छन् । 


Advertisment
Nabil box
Kumari

स्वतन्त्र सांसदलाई फकाउँदै मुख्यमन्त्री
मुख्यमन्त्री शाहलाई सत्ता टिकाउन सकस भइरहेको छ । नागरिक उन्मुक्ति सरकारमै रहे पनि उनी सुरक्षित छैनन् । त्यसका लागी उनलाई प्रदेश सभामा रहेका स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपा सांसद खेमादेवी विष्टको साथ अति आवश्यक छ । ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ सांसद गरी २५ जना छन् । तर, टिकाउन २७ सांसद आवश्यक पर्र्छ  । मुख्यमन्त्री शाह अहिले पनि अल्पमतमै छन् । स्वतन्त्र सांसद र राप्रपाले साथ दिए मात्रै उनले विश्वासको मत पाउन सक्छन् । तर, त्यो सम्भावना निकै कम छ । स्वतन्त्र सांसद जोशी सरकारमा सामेल हुन तयार छैनन् । ‘म यो सरकारको भविष्य देख्दिनँ । सरकारमा सहभागी नागरिक उन्मुक्तिभित्रै विवाद छ । अंक गणितका हिसाबले म निर्णायकजस्तो देखिए पनि म तयार भएर नागरिक सरकारबाट बाहिरिएको अवस्थामा के हुन्छ ? अहिलेको नेतृत्वलाई म पूर्णरूपमा असफल देख्छु । त्यसैले अहिले सरकारमा सामेल हुन म राजी छैन,’ जोशीले भने ।

Vianet communication
Laxmi Bank

जोशीलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री शाहले हर सम्भव प्रयास गरिरहेका छन् । शाहले उनलाई सामाजिक विकास वा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय रोजेर लिन अफर गरेका छन् । 

केन्द्रको निर्णय पर्खिँदै राप्रपा
सुदूरपश्चिम प्रदेश सभामा राप्रपाको एक सिट छ । राप्रपाबाट खेमादेवी विष्ट संसद्मा प्रतिनिधित्व गर्छिन् । उनै विष्ट पनि यतिबेला सरकार टिकाउन निर्णायक ठाउँमा छिन् । मुख्यमन्त्री शाहले उनलाई पनि सरकारमा आउन अफर गरेका छन् । त्यसका उनलाई पनि मुख्यमन्त्री शाहले सामाजिक र पर्यटनमध्ये एक मन्त्रालय दिन सकिने वचन दिएका छन् । राप्रपा सांसद विष्ट भने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्देशन कुरिरहेकी छिन् । ‘सरकारमा सामेल हुन आग्रह गरिएको छ । सुदूरपश्चिममा मात्रै नभएर अन्य प्रदेशमा पनि राप्रपा निर्णायक देखिएको छ । केन्द्रीय सरकारका विषयमा पनि छलफल भइरहेकाले अहिले नै निर्णय गर्न सक्ने अवस्था छैन । त्यसैले केन्द्रको निर्णय कुरिरहेकी छु,’ विष्टले भनिन् ।

ढल्न सक्छ सरकार !
राप्रपा  र स्वतन्त्र सांसदले समर्थन नजनाएको खण्डमा मुख्यमन्त्री शाह नेतृत्वको सरकार ढल्ने निश्चित छ । सरकार जोगाउन मुख्यमन्त्री शाहले उनीहरूलाई रिझाइरहेका छन् । उसो त नागरिक उन्मुक्ति  पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारबाट बाहिरिन पार्टीका सांसदहरूलाई निर्देशन दिइसकेकी छिन् । यही अवस्थामा उन्मुक्ति बाहिरिएको खण्डमा स्वतन्त्र र राप्रपाले साथ दिए पनि मुख्यमन्त्री सुरक्षित छैनन् । नागरिक उन्मुक्तिलाई होल्ड गरी राप्रपा र स्वतन्त्र सांसदलाई फकाउने अन्तिम अस्त्रको प्रयोग मुख्यमन्त्री शाहले गरिरहेका छन् । 

एक महिनाभित्र शाहले विश्वासको मत लिनै पर्ने छ । त्यो बेलासम्म नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदले साथ दिएको अवस्थामा सरकार जोगिने छ । त्यसो हुन नसकेको अवस्थामा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x