×

NIC ASIA

डुङ्गा दुर्घटनाको ३ दिनपछि समुद्रबाट ११ मछुवाको सकुशल उद्धार, २२ अझै बेपत्ता

काठमाडाैं | फागुन ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

जाकार्ता– समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाईपछि इन्डोनेसियाका ११ जना मछुवाको सबुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधवार बताएका छन् ।

Muktinath Bank

दक्षिण सुलावेसी प्रान्तको दुर्गम सेलेयार टापु नजिकैको समुद्रमा शनिबार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा समुद्रमा तैरिरहेको खवस्थामा तीन दिनपछि दुई छुट्टाछुट्टै टापूमा फसेको अवस्थामा फेला परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीय सरकारी अधिकारी एन्डी काको आम्रासले एएफपीसँग भने, ‘उनीहरू तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयारको पुर्याएको थियो ।

Vianet communication

ती दुईजना छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।

डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्फ जाँदै गरेको थियो । 

नौसेना र उद्धार स्वयंसेवकहरूले खोजी कार्यमा सहयोग गरिरहेका छन् ।

संयुक्त टोलीले थप खोजी र उद्धार कार्य गर्नेछ भने भेटिएका मछुवालाई उनीहरूको घरतर्फ पठाइएको स्थानीय खोज तथा उद्धार अधिकारी एन्डी रासवानले एएफपीसँग बताए ।

उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेको उनको भनाइ छ ।

सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो । 

एएफपीसँग कुरा गर्दै अमरासले भने, ‘तीन दिनसम्म समुद्रमा लाइफ ज्याकेट लगाएर डुङ्गामा आफूलाई बाँधेर बसेको मछुवाहरूले बताएका छन् ।’

मछुवासहितको घोप्टिएको डुङ्गा पानीमा तैरिँदैे सेलेयार टापुमा पुगेको उनले बताए । 

अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।

डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् यद्यपि इन्डोनेशियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेको जनाएको छ ।

इन्डोनेसियामा डुङ्गामा वास्तविक यात्रुहरूको सङ्ख्या तोकिएकोभन्दा फरक हुनु सामान्य कुरा मानिन्छ ।

अधिकारीहरूले मङ्गलबार बिहानै घटनाको बारेमा रिपोर्ट प्राप्त गरे पनि खराब मौसमका कारण उनीहरूको प्रयासमा बाधा पुगेको बताएका छन्।

करिब १७ हजार टापुरहेको दक्षिणपूर्वी एशियाली द्वीप समूह इन्डोनेसियामा सुरक्षा मापदण्डको फितलोपनका कारण पटकपटक समुद्री दुर्घटना हुने गरेको छ ।

सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
(((

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x