×

NIC ASIA

८४२ वटा फर्मलाई ३ करोड २९ लाख जरिवाना

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

काठमाडाैं | चैत २, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ हजार ३०९ वटा अनुगमन गरी ८४२ वटा फर्मलाई ३ करोड २९ लाख जरिवाना गरिएको जनाएको छ । ‘विश्व उपभोक्ता अधिकार दिवस २०८०’ को अवसरमा शुक्रवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हलमा  आयोजित कार्यक्रममा  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले उपभोक्ता संरक्षण र बजार अनुगमनका सम्बन्धमा हालसम्म सम्पादन भएका कार्य, उपलब्धिहरू र आगामी कार्यदिशाको बारेमा प्रस्तुतीकरण गर्ने क्रममा सो जानकारी दिएका हुन् । 

उनले उपयोग अयोग्य भएका करिव १ करोड ५ लाख मूल्य बराबरको सामान नष्ट गरिएको  पनि जानकारी दिए । त्यसैगरी, महानिर्देशक चिलुवालले चाडबाडको सघन अनुगमन पश्चात् अन्य अनुगमनका अतिरिक्त १३ वटा दुध उद्योग, ८ वटा सुर्ती तथा मदिराजन्य व्यवसाय, १६ वटा स्टार तहका होटलहरुको अनुगमन गरी कैफियत देखिएकालाई दण्ड जरिवाना गरिएको पनि जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण महाशाखाका प्रमुख गजेन्द्र कुमार ठाकुरले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद शर्मा दुवाडीको अध्यक्षता रहेको थियो । यस्तै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यता रहेका थियो । 


Advertisment
Rupse Holidays
Nabil box

 कार्यक्रममा उद्योग सचिव मुकुन्द प्रसाद निरौला, उपभोक्ता संरक्षण परिषदका सदस्यहरु, उपभोक्ता अधिकारवादी संघसंस्थाहरु, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग व्यापार महासंघ लगायत विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागका महानिर्देशक, मन्त्रालय र विभागका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

Vianet communication

 दिवसको यस वर्षको नारा स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता सार्वभौम अधिकार’ भन्ने रहेको थियो ।  कार्यक्रममा सचिव  दुवाडीले हरेक व्यक्ति पहिला उपभोक्ता भएकोले स्वच्छ र प्रतिस्पर्धी बजार राष्ट्रिय जीवनको आवश्यकता भएको बताउँदै उपभोक्ताको हक हित संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले  निजी क्षेत्रले आफ्ना व्यावसायिक क्रियाकलापका सम्बन्धमा उपभोक्ता हित संरक्षणको विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए।

कार्यक्रममा डिजिटल सहभागिता गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ताको मौलिक हक संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने प्रतिबद्धता सहित विश्व उपभोक्ता अधिकार दिवसको सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x