×

NMB BANK
NIC ASIA

अब्बल खेलाडी

भलिबलमा निरुताको आरोह-अवरोहः आर्मीबाट ‘ब्याक’, राष्ट्रिय टिममा उत्कृष्ट ‘स्पाइकर’

कैलाली | चैत ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाकी निरुता ठगुन्ना सानैदेखि खेलकुदमा रुचि राख्थिन् । विद्यालयमा हुने एथलेटिक्स, दौड, हाई जम्प, लमजम्पलगायत प्रतियोगितामा उनी प्रायः भाग लिइरहन्थिन् । कक्षा ६ मा पढ्दै गर्दा उनले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी भइन् । ४ सय र ८ सय मिटर दौडमा उनले राम्रो नतिजा निकालिन्। निरुताको खेल कलाकुशल देखेर रनिङ कोच निलराज अवस्थी(हाल स्वर्गीय)ले भलिबल खेल्न सुझाए ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुरुको सुझावपछि उनी भलिबल खेल हेर्न थालिन् । मौका मिल्यो कि उनी खेल्न थालिहाल्थिन् । पहाडी विकट क्षेत्र त्यसमा पनि महिला, भलिबल खेल्न सोचेजति सजिलो थिएन । गाउँमा प्रायः पुरुषहरूनै भलिबल खेल्थे । स्कुल र गाउँघरका प्रतियोगितामा टिम नपुगे मात्रै उनले खेल्न पाउँथिन् । २०७२ सालमा उनी राष्ट्रपति रङिन सिल्ड प्रतियोगितामा जिल्लाका लागि छनोट भइन् । जिल्लामा पनि उनले राम्रो खेलिन् । उनी सुदूरपश्चिम प्रदेशका लागि छनोट भइन् । प्रदेशको टिमबाट उनले पोखरासम्म प्रतियोगितामा सहभागिता जनाइन् ।​


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

 

अनि आर्मीबाट ब्याक...
हेर्दै, खेल्दै र सिक्दै गरेकी निरुता विस्तारै अब्बल खेलाडीका रूपमा परिचित हुन थालिसकेकी थिइन् । जिल्ला र प्रदेश स्तरका प्रतियोगितामा आयोजना हुँदा उनको नाम चर्चामै आउँथ्यो । प्रतियोगितामा सहभागी हुन उनलाई धेरै ठाउँबाट अफर आइरहन्थ्यो । भलिबलमा उनी जम्न थालिसकेकी थिइन् । आर्मी टिमबाट खेल्न उनले फर्म भरिन् । त्यसको केही समयपछि आर्मी क्याम्पमा छनोट भइन् । ६ महिना तालिममा व्यस्त रहिन् । ‘त्यो क्षण मेरा लागि निकै स्मरणीय रह्यो । आफ्नै बलबुतामा खेल्ने मैले तालिम लिएपछि धेरै निखार ल्याएँ । प्रतियोगिताहरूमा पनि राम्रो खेल्न सक्ने भएँ,’ निरुताले भनिन् ।

आर्मीमा रहँदा मुख्य खेलाडीका रूपमा स्थान बनाएकी उनले टिमलाई दुई पटक फाइनल पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिन् । टिममा ओपन स्पाइकरको भूमिकामा रहने उनी विपक्षी टिमका लागि टाउको दुखाइ बन्ने गर्थिन् । ‘दिदीबहिनी कप र शेरबहादुर स्मृति कप भलिबल प्रतियोगितामा टिमलाई फाइनल प्रवेश गराएका थियौँ । धेरै पटक मेडल जित्यौँ । आर्मी क्लबको यात्रा राम्रै भइरहेको थियो,’ उनले भनिन् । 

null

झन्डै २ वर्ष आर्मी क्लबबाट खेल्दै गर्दा एक दिन यस्तो आयो, उनले क्लब नै छोडेर हिँड्नु पर्‍यो । हरेक क्षेत्रमा सङ्घर्ष छ । त्यतिमात्रै होइन आरोह–अवरोध पनि उत्तिकै हुन्छ । खेलमा राम्रो प्रस्तुती दिँदादिँदै पनि उपयुक्त वातावरण नहुँदा उनलाई सहन निकै गाह्रो हुन्थ्यो । ‘मानसिक तनाब सहनै नसक्ने अवस्था सिर्जना भएपछि मैले क्लब छोड्ने निर्णय गरेँ । त्यसपछि कसैलाई जानकारी नगराई गाउँ फर्के । अब भलिबल नै नखेल्ने भनेर गाउँमै बस्न थालें,’ तितो यथार्थ सम्झिँदै निरुताले भनिन् ।

पहिलो पटक नेपालको जर्सी लगाउँदा...
खेल क्षेत्रमा भोगेका पीडा उनले व्यक्त गर्न नसकेपनि भावमा प्रकट हुन्थे । खेलमा राम्रो कुशलता हुँदाहुँदै पनि विभागीय टिम छोडेर गाउँ फर्केपछि त्यहाँका खोलानाला, छहरा र साना बालबालिकाहरू उनका पीडा भुलाउने साथी बने । भलिबलमा आफ्नो राम्रो उपस्थिति बनाइसकेकी उनलाई खेल क्षेत्र नछोड्न भन्दै उनका साथीहरू, अग्रज खेलाडी र गुरुहरूले सम्झाइरहन्थे । 

मानसिक तवरका नगन्य पीडाले झेलिएकी उनले अब पेसा नै परिवर्तन गर्ने सोच बनाउँदै थिइन् । २०७५ सालमा नेशनल टिमको क्लोज क्याम्पमा आफ्नो नाम समावेश भएको समाचारबाट जानकारी पाइन् । 

null

उनका लागि पीडा र खुसीको एक साथ वर्षा भयो । खेल क्षेत्र नै छोड्ने मनसायले घर फर्केकी उनले पीडा भुलाउन सकेकी थिइनन् । त्यही क्रममा उनको नाम राष्ट्रिय टिममा समावेश भयो । राष्ट्रिय टिमबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ । सपना विपनामा परिणत हुने अवसरलाई उनले खेर फाल्न चाहिनन् । 

तेस्रो साग च्याम्पियनसिप प्रतियोगिता नजिकिँदै थियो । उनी दार्चुलाबाट काठमाडौँ आइन् । ३ महिनाको तालिम सुरु भयो । उनका लागि त्यो समय पनि सहज थिएन । राष्ट्रिय टिममा उनको नाम परेपछि आर्मी क्लबले निरुतालाई स्पष्टीकरण सोध्यो । जानकारी नगराएरै भागेर गएको भन्दै कारबाही गर्ने सम्मका कुरा थिए । उनले वास्तविकता बताएपछि समस्या समाधान भयो । ‘तालिममा नै दैनिकी बित्यो । जागिर छोडेर हिँडेकी भनेर धेरैले धेरै थरी कुरा सुनाउँथे । तालिम सकियो । बङ्गलादेशमा सुरु हुने एभिसी सेन्ट्रोल जोन प्रतियोगितामा नेपालका तर्फबाट खेल्न टिमसहित उनी प्रस्थान गरिन् । उनका लागि त्यो अविस्मरणीय क्षण थियो किनकि अन्तर्राष्ट्रिय स्तरको खेलमा पहिलो पटक सहभागी हुँदै थिइन् । त्यो पनि राष्ट्रिय टिमबाट । मालदिभ्सविरुद्ध डेब्यू गरेकी निरुताको उत्कृष्ट प्रदर्शनले नेपालले एभीसी सेन्ट्रल जोन भलिबलकै उपाधि जित्यो । 

null

‘पहिलो पटक नेपालको जर्सी लगाउँदा खुसीको सीमा रहेन । प्रतियोगितामा पनि आफ्नो तर्फबाट राम्रो प्रस्तुति दिएँ । सबैले प्रशंसा गरे । आफैँलाई देखेर विश्वास लागि रहेको थिएन । त्यो क्षणबाट मैले अथाह पीडाहरू भुल्न सकें । अझ राम्रो गर्न सक्छु भन्ने आशा जागेर आयो । त्यहीअनुसार मेहनत गर्दै गएँ,’ उनले भनिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा पनि महत्त्वपूर्ण खेलाडीका रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी उनले टिमलाई गोल्ड मेडल जिताउन धेरै पटक योगदान दिएकी छिन् । बङ्गलादेशबाट फर्किसकेपछि उनी विभागीय टिम एपीएफमा आबद्ध भइन् । आफ्नो टिमलाई दर्जनौँ पटक पदक जिताउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । राष्ट्रिय टिमको महत्त्वपूर्ण खेलाडी रहेकी उनी हाल पनि एपीएफमा आबद्ध छिन् । नेपाली राष्ट्रिय टिमकी उत्कृष्ट स्पाइकर रहेकी उनी दर्जनौँ पटक पुरस्कृत भइसकेकी छिन् ।

null

नाम छ, दाम छैन
निरुताका बुबा प्रेमसिंह ठगुन्ना शिक्षक हुन् । जनहित माध्यमिक विद्यालयमा उनलाई पनि सामाजिक विषय पढाउँथे । आमा धनमति ठगुन्ना गृहिणी हुन् । घरको जेठो सन्तानको रूपमा रहेकी निरुतालाई उनका बुबा सुरक्षाकर्मी (लाहुरे) बनाउन चाहन्थे । आमासँग उनको रोजाइ मिल्थ्यो । उनलाई नर्स बन्ने इच्छा थियो । आमाले पनि छोरीलाई स्वास्थ्यकर्मी बनाउन चाहेकी थिइन् । तर, विद्यालय स्तरबाटै खेलकुद क्षेत्रमा नाम कमाएपछि भविष्यमा नर्स बन्ने सपना त्यागिन् । देखेको सपना पूरा गर्न मेहनत नै गर्न पाइनन् । लक्ष्य नर्स अनि दैनिकी खेलकुद हुन थालेपछि उनले खेलकुदमै जम्ने निधो गरिन् र सफल पनि भइन् । मन भारी हुँदा बेलबेला उनलाई आफ्नो पुरानो सपनाको झल्को आउँछ । ‘खेलाडी नभई नर्स भई दिएको भए भन्ने पनि सोच्थें । तर भलिबलबाट मैले नाम कमाएँ । आवश्यकताहरू परिपूर्ति पनि भइरहेको छ । अहिलेको अवस्थामा म सन्तुष्ट छु,’ उनले भनिन् । खेलकुदबाट सोचेजस्तो आम्दानी भने नहुने गरेको उनी बताउँछिन् । ‘खान बस्न र सामान्य आवश्यकता परिपूर्ति गर्न सकिन्छ । खेलेरै गाडी,घर,जग्गा जोड्न भने मुस्किल नै पर्छ,’ उनले भनिन् ।

null

सरकारले हेरेन, धेरै खेलाडी पलायन भए
नेपालमा खेल र खेलाडीको अवस्था दयनीय रहेकाे उनी बताउँछिन् । क्रिकेट र फुटबलमा राज्यले केही लगानी गरेको देखिन्छ तर, भलिबलका लागि भने राज्यले नहेरेको उनको गुनासो छ । ‘खेलेर दैनिकी चलाउन मुस्किल परेपछि धेरैजसो पुराना अब्बल खेलाडी पलायन भइसकेका छन् । अहिले राष्ट्रिय टिममा प्रायः नयाँ खेलाडीहरू छन् । उनीहरू पनि कुन दिन विदेशिन बाध्य हुन्छन् थाह छैन । हामीले देशका लागि आफ्ना सबै सपना त्यागेर खेलिरहेका छौँ तर, सरकारले खेलाडीहरूका लागि उचित पारिश्रमिकसम्म दिन सकेका छैन । खेलकुद र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्न नसक्दा हामीले सोचेजस्तो नतिजा दिन सकिरहेका छैनौँ,’ उनले भनिन् ।

अब उनको एउटै लक्ष्य छ । जबसम्म सकिन्छ नेपालकै लागि भलिबल खेल्ने । खेलका अलावा उनलाई नाच्न र गाउनमा रुचि छ । ‘मेरो पहिलो प्यार भलिबल नै हो । अब अन्तिम को हुन्छ थाह छैन । भलिबलमै फोकस भएकाले लभसम्म सोचेको छैन । तत्काल बिहे गर्ने प्लान पनि छैन । मन मिल्ने र भावना बुझ्ने जीवन साथी भेटे बिहे गरौला,’ मुस्कुराउँदै उनले कुराकानी टुंग्याइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x