×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सुन तस्करी प्रकरणमा मुछिए पूर्वआईजीपी सिंह, नेसपा विभाजित

काठमाडाैं | चैत ४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृनदलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शनिवार एकैदिन देशका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी आगलागीका घटना भएको छन् । आगलागीबाट मानवीयसँगै ठूलो आर्थिक क्षति पनि भएको छ ।
चैतको सुख्खा मौसम शुरू भएसँगै आगलागीका घटना पनि बढेका हुन् ।
००००
भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पिप्लेमा भएको आगलागीबाट तीन बालबालिकाको मृत्यु भएको छ । 

Muktinath Bank

शनिवार पौने ६ बजेतिर फुसको छानो भएको खोल्मामा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । 
मृत्यु हुनेमा एकै घरमा दाजुभाइका छोराछोरी रहेको प्रहरीले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन अपिल गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट  धनजनको क्षति भएको घटनाप्रति गम्भीरता दर्शाउँदै उनले शनिबार  यस्तो अपील गरेका हुन् । 
प्रधानमन्त्रीले  आगलागीबाट  धनजनको क्षति भएको घटनाले आफूलाई मर्माहत तुल्याएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
००००
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निगरानीमा राख्न सिफारिस गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार आईजीपी हुँदाकै बखतमा अवैध सुन तस्करी गर्नेहरूसँग दोहोरो संवाद भएको पाइएकाले सिंहलाई निगरानीमा राख्न सिफारिस गरिएको हो ।
सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
डीएफएलबाट देखिएको तथा अरु कुराले पनि सपोर्ट हुने देखिए पछि आयोगले उनीहरूलाई निगरानीमा राख्न सिफारिस गरेको हो ।
००००
लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।
पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरेको छ । जसका लागि आवश्यक तयारी पुरा भइसकेको छ । प्रधानमन्त्री प्रचण्डले विशेष समारोहका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम छ । 
००००
नेपाल समाजवादी पार्टीका नेता महिन्द्र यादवको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । यादव पक्षले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेको हो । 
शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् । यससँगै पार्टीमा विभाजनको अवस्था आएको छ भने भट्टराई पक्षले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नबनी ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । 
बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए ।
००००
मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
००००
नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा उनीहरूलाई मनोनयन गरेका हुन् ।
००००
सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार पारेर शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूलाई बुझाएको हो ।
कार्यदलले गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बुझाएको हो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x