मंसिर १४, २०८०
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आज गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा एक वर्षअघि नै म्याद नाघेका पेयपदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।
अनुगमन टोलीको नेतृत्व गरेका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु ३० हजार मूल्य बराबरको म्याद नाघेका पेयपदार्थ र मदिरा भेटिएको जानकारी दिए।
उनका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरनदानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो ।
सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र पाहुनाले खाजा खाना खाने व्यापारिक केन्द्र हो ।
जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म नौ पटक एक सय ६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...