×

NMB BANK
NIC ASIA

इलाम- २ को उपनिर्वाचन

​सुहाङलाई कति सहज छ बुवा सुवास नेम्वाङको विरासत जोगाउन ?

काठमाडाैं | चैत १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम– २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले उम्मेदवार बनाएका सुहाङ नेम्वाङलाई बुवाको विरासत जोगाउन सहज देखिएको छैन ।

Muktinath Bank

बलियो सांगठनिक शक्ति भएको पार्टी, बुवाको विरासत र प्रतिष्ठाको बलमा उम्मेदवार बने पनि उनलाई चुनाव जित्न त्यति सहज भने नदेखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चुनाव र उपनिर्वाचनबाट हौसिएको नयाँ दल रास्वपा इलाममा पनि सरप्राइज दिने दाबी गरिरहेको छ । अघिल्लोपटक सुवास नेम्वाङलाई कडा चुनौती दिएको कांग्रेस पनि प्रतिष्ठाको लडाईंमा उत्रिँदैछ । अर्कातिर पहिचानवादीहरू पनि विरोध र आन्दोलनमा छन् । यिनै परिस्थितिकाबीच परम्परागत बलियो क्षेत्रमा बुवाको विरासत जोगाउन सुहाङलाई चुनौती थपिएको हो ।


Advertisment
Nabil box
Kumari

बुवाले लिएको राजनीतिक उचाइको साक्षी सुहाङ छन् । तर, पार्टीको कानून विभाग सदस्य बन्नुबाहेक उनको राजनीतिक आबद्धता देखिन्न । पेशाले कानून व्यवसायी ३२ वर्षीय सुहाङलाई गत आइतबार एमालेले उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

गत भदौ २६ गते सुवास नेम्वाङको अप्रत्याशित निधन भएपछि सोही क्षेत्रमा छोरा उम्मेवदार बन्दा सहानुभूतिको भोट सुहाङलाई हुन सक्छ । नेपालका उपनिर्वाचनमा पनि यस्तो सहानुभूति पटकपटक देखिइसकेको छ । तर, आन्तरिक असन्तुष्टि, कांग्रेसको बलियो उपस्थिति, रास्वपाका उम्मेदवार र पहिचानवादी उनका लागि अवरोध बन्न सक्छन् । 

यी सबै परिस्थितिसँग खरो रूपमा उत्रिन सकेमात्रै उपनिर्वाचनमा सुहाङ बुवाको विरासत जोगाउन र आफ्नो लागि राजनीतिको गोरेटो कोर्न सक्षम हुनेछन् ।

इलाम २ बाट बुवा सुवासले २०५६ सालयताको पहिलो संविधानसभा २०६४, दोस्रो २०७० र संविधान जारी भएयता २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन पनि जितेका थिए । संविधानसभा अध्यक्ष र सभामुख भनेकै सुवास नेम्वाङ भन्ने ब्रान्ड स्थापित छ । उनै बलिया ब्रान्डका सुवास हुञ्जेल इलाममा पार्टीका अरू कुनै नेताले अवसर पाएनन् । उपनिर्वाचनमा भने नयाँ अनुहारका नेताले अवसर पाउने अपेक्षा थियो । 

एमाले जिल्ला कमिटीले ४ चैतमा सुहाङसँगै रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई गरी ६ जनालाई उम्मेदवारमा सिफारिश गरेको थियो । तर एमालेको आइतबार बसेको सचिवालय बैठकले नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । जसले फेरि पनि इलाममा नेम्वाङ परिवारबाट बाहिर नेतृत्व नजाने देखाइदियो । राजनीतिक विश्लेषक कृष्ण पोखरेल पढेलेखेका युवा, बुबाको सकारात्मक प्रभाव र सहानुभूतिले सुहाङलाई फाइदा नै हुने बताउँछन् । 

‘सुवास नेम्वाङ जनतासँग कति घनिष्ठ थिए भन्ने उनको निरन्तरको निर्वाचन नतिजाले देखाउँछ । हठात् मृत्युले गर्दा छोरा उम्मेदवार बनेपछि स्वाभाविक रूपमा मतदातामा सहानुभूतिको लहर हुन्छ,’ पोखरेल भन्छन्, ‘तर उनी छोरा मात्रै होइनन्, राजनीतिमा सक्रिय नभए पनि पढेलेखेका युवा छन् । पेशाले लयर हुन् । राजनीतिमा युवा आउनुपर्छ भन्ने मत आमजनताको हुँदै गर्दा इलाममा सुहाङ बलियो उम्मेदवारको रूपमा खडा भएका छन् ।’ 

यसमा पार्टी अध्यक्ष केपी ओलीको धाप पनि सुहाङलाई छ । एमाले अध्यक्ष केपी ओलीले स्टाटस लेख्दै युवा जोशको उम्मेदवार अगाडि सारेको बताएका छन् । 

‘युवा सँगसँगै ! ३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्,’ सुहाङसँगको फोटो सेयर गर्दै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रूपमा पाएको छु । आमयुवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’ 

सुहाङले पनि परिवारमा बज्रपात परेपछि आफू मैदानमा उत्रिनुपरेको बताएका छन् । 

‘अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरू पूरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिँदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसो भनौं, ‘आफ्नो बाटो आफैँ खन्दै थिएँ । मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरू स्वागतमा तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरूको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो ।’ 

बुवाको विरासतबाट अब आफूलाई बलियो युवा नेताको रूपमा अगाडि सार्नुपर्ने चुनौती आएको उनी आफैंले स्वीकारेका छन् । तर, अन्यत्र जस्तो रास्वपाको पकड नभए पनि उम्मेदवार धेरै हुँदा बाँडिने मत र पहिचानवादीले पनि बिथोल्न सक्ने प्राध्यापक पोखरेल बताउँछन् । 

‘वकिल भएपछि वाककला राम्रै होला । फलानोको छोरा मात्रै भनेर सहानुभूति लिने सोच पक्कै छैन भन्ने देखिन्छ । युवा छन्, पार्टीभित्रको असन्तुष्टिलाई पनि सम्बोधन गरेर जान सक्ने खुबी देखाउनुपर्ने हुन्छ,’ प्राध्यापक पोखरेल भन्छन्, ‘बाबुको लिगेसी एक ढंगको छ । तर, राजनीतिमा जम्प गर्दा राम्रो प्लेटफर्म पाएका छन् । पार्टीले कुन हदसम्म उपयोग गर्न सक्छ, यसले उनको भविष्यलाई देखाउँछ ।’

उम्मेदवार बन्न नपाएका असन्तुष्टले असहयोग नगर्ने तर सहयोग पनि नगर्ने स्थितितर्फ सुहाङ सचेत हुनुपर्ने पोखरेल बताउँछन् । प्रदेशका नामकरणको विषयमा असन्तुष्टहरूले पनि यसपटक फेरि मतमा असर पार्न सक्ने उनी बताउँछन् । 

‘अघिल्लोपटक सुवास नेम्वाङ जाँदा कुमार लिङ्देनले छिमेकी मुलुकबाट नेम्वाङ आउनुभएको छ, उहाँलाई स्वागत गरौं भनेका थिए,’ उनले भने, ‘प्रदेशको नामकरण गरेर एउटा स्थिति बनेको छ, तर अवस्था साम्य भइसकेको छैन । यस्तोमा पहिचानवादीहरूले आफैं जित्न सक्नेगरी मत ल्याउन सक्दैनन्, तर उम्मेदवार विशेषको मत भने काट्न सक्छन् ।’

गठबन्धनकै दल रास्वपाबाट चुनौती 

रवि लामिछान सक्रिय टेलिभिजन प्रस्तोताको कामलाई चटक्कै छाडेर निर्वाचनमा होमिँदा २०७९ मा २० सीट जितेर चुनौती दिएका थिए । मुख्यगरी सहरी क्षेत्रका मतदातालाई प्रभावित गद २० सीट हात पारेको रास्वपाले कांग्रेस र एमालेको विरासत तोड्ने बाटोमा अग्रसर भएको सन्देश दियो । सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि गएको सांसद पद पुनः प्राप्ति गरेर मात्र हैन, कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएपछि तनहुँको उपनिर्वाचनमा त झन् रास्वपाले तहल्का नै मच्चायो । 

चितवन २ मा रविले फेरि सनसनीपूर्ण नतिजा निकाल्दै कांग्रेस र एमालेका स्थानीय उम्मेदवारलाई शर्मनाक हार चखाए । यता कांग्रेसबाट विद्रोह गरेर रास्वपा पुगेका स्वर्णिम वाग्लेको तनहुँको जीत पनि उत्तिकै प्रभावशाली रह्यो । नियमित निर्वाचनभन्दा उपनिर्वाचनमा रास्वपाले उभार नै ल्यायो । 

अन्य ठाउँमा प्रभाव जमाए पनि इलाम– २ मा गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश सापकोटाले १३८० मत मात्रै प्राप्त गरेका थिए । 

यही नतिजाको ठ्याक्कै एक वर्षमा इलाममा फेरि उपनिर्वाचन हुँदै गर्दा रास्वपाले पनि उम्मेदवारी दिने तयारी गरेको छ । रास्वपा एमाले र माओवादीसहितको सत्ता गठबन्धनमा छ, तर प्रतिस्पर्धा गरेर जाने तयारी उसले गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

‘हामीले १४ गतेसम्म उम्मेदवारको लागि आवेदन मागेका छौं । आवेदन परेकामध्ये उम्मेदवारको क्षमता, योग्यता र प्रस्तुति हेरेर १७ गते उम्मेदवार सार्वजनिक गर्छौं,’ बुर्लाकोटीले भने, ‘हामी सरकारमा गठबन्धनमा भए पनि निर्वाचनमा लोकतान्त्रिक रूपमा प्रतिस्पर्धा गरेर जान्छौं । आफ्नो मत राखेर नागरिकको मत लिने हाम्रो तयारी छ ।’ 

रास्वपाले रमेश प्रसाईंलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । आधा दर्जन बढी केन्द्रीय नेता इलाम पुगेर फर्किएपछि रास्वापाले आफूहरूको स्थिति यसपटक बलियो रहेको दाबी गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले इलाममा अन्य पार्टीभन्दा रास्वपाप्रति नागरिकको विश्वास बढी रहेको दाबी गरे ।

‘हामीले अघिल्लोपटक छोटो तयारीकाबीच उम्मेदवार अगाडि सारेका थियौं । पार्टी त्यतिखेर इलामसम्म पुग्न सकेको थिएन,’ बुर्लाकोटीले लोकान्तरसँग भने, ‘तर निर्वाचन र उपनिर्वाचनको तयारी एवं अनुभवपछि हामीले यसपटक राम्रो तयारी गरेका छौं । इलाममा अरू दलको भन्दा रास्वपाको स्थिति राम्रो रहेको पाएका छौं ।’ 

रास्वपाले जनजाति समुदाय वा स्थानीय उम्मेदवार नै उठाउने गरी तयारी गरेको एक नेताले जानकारी दिए । तर यसपटक चुनौती दिने गरी उम्मेदवारी दिने तयारी गरेको छ । मत बाँडिन सक्नेतर्फ सुहाङ सचेत हुनुपर्नेछ । 

‘गठबन्धनमै भएकाले एमालेले रास्वपासँग यसपटक सहयोगको अपिल गर्ने भनेको छ । यस्तोमा रास्वपाले उम्मेदवारी नदिँदा सुहाङलाई सहजै हुन्छ । तर उम्मेवदारी दिए पनि रास्वाको त्यहाँ पकड देखिँदैन,’ पोखरेलले भने, ‘बरु पहिचानवादीहरू मैदानमा चुनौती हुन सक्छन् । स्वतन्त्र उम्मेदवारले पनि मत काट्न सक्छन् । अघिल्लोपटक चुनौती दिएको कांग्रेसले फेरि पनि उम्मेदवार खडा गर्दा मत बाँडिन सक्छ । यस्तोमा मत जोगाउने चुनौती पनि एमालेलाई हुनेछ ।’ गठबन्धनमा आबद्ध माओवादी र नेकपा एसले उम्मेदवारबारे निर्णय लिइसकेका छैनन् । यी दलबाट उम्मेदवार नपर्नेगरी सहमति कायम गराउनुपर्ने चुनौती पनि एमालेलाई छ । 

बलियो भएको कांग्रेसको दाबी 

गत निर्वाचनमा नेम्वाङले ११४ मतको साँघुरो जीत निकाल्दा नेपाली कांग्रेसका युवा उम्मेदवार डम्बरबहादुर खड्का पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । 

कांग्रेसबाट को उम्मेदवार बन्ने टुंगो लागिसकेको छैन । कांग्रेसबाट उनै खड्का, केशव थापा, नगेन्द्र कुमाल, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ उम्मेदवार सिफरिश भएका छन् । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चर्चामा रहेका यिनैमध्येबाट उम्मेदवार टुंग्याउने जानकारी दिए । 

‘हामीले अघिल्लोपटक सुवास नेम्वाङविरुद्ध नै गतिलो चुनौती पेश गरेका थियौं । ३० घण्टा मतगणना रोक्दा साँघुरो ११४ मतान्तरको जीत हार भएको थियो’, विश्वकर्मा भन्छन्, ‘हाम्रा त्यतिखेरका उम्मेदवार बलियो हुनुहुन्थ्यो । फेरि पनि उहाँसहित अरू पनि बलिया दाबेदार हुनुहुन्छ । यसपटक हामी एक्लै लड्दापर्दा पनि बलियो अवस्थामा छौं ।’ 

दुई तीन दिनमा उम्मेदवार तय गर्ने जानकारी उनले दिए । 

त्यतिखेर चुनावी गठबन्धनमा माओवादी र नेकपा एकीकृत समाजवादीको साथ समेत कांग्रेसलाई थियो । यसपटक कांग्रेसविरुद्ध एमाले, माओवादी, नेकपा एसको समीकरण केन्द्रमा बनेको छ । 

अघिल्लोपटक कसको कति मत ? 

२०७९ चुनावमा नेम्वाङले ११४ मतान्तरको साँघुरो जीत हात पार्दा ३० हजार २० मत ल्याएका थिए । कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । 

रास्वपाले १३८०, मंगोल नेशनल अर्गनाइजेसनले १३६३, राष्ट्रिय जनमुक्ति पार्टीले १२७२, जनता समाजवादी पार्टी (जसपा) ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ६८४ र राप्रपाले ५१० मत ल्याएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x