×

NMB BANK
NIC ASIA

वीरगञ्ज भन्सारबाट आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।  

Muktinath Bank

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सार कार्यालयले सरदर दैनिक रु ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए । यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । भन्सार विभागले चालु आवमा कार्यालयलाई रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा रु ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौमा रु १२ अर्ब ७१ करोड, असोजमा रु १४ अर्ब २७ करोड, कात्तिकमा  रु १० अर्ब ३२ करोड, मङ्सिरमा रु १२ अर्ब ८२ करोड, पुसमा रु १२ अर्ब ७४ करोड, माघमा रु ११ अर्ब ८३ करोड तथा फागुनमा रु १३ अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । 

Vianet communication
Laxmi Bank

आव २०७९÷८० को आठ महिनाको अवधिमा रु एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक पन्थीले बताए । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने बताउँछन् । 

‘सरकारले उद्योगी व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति ल्याउन जरुरी छ,’ उनले भने ।
 
प्रमुख भन्सार प्रशासक पन्थी भने चालु आवमा भन्सारको राजस्व घट्नुमा विविध कारण भएको बताउँछन् । ‘चालु आवमा इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ । आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो,’ उनले भने, ‘कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ । यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखिएको हो ।’

कार्यालयले आव २०७८–७९ मा रु दुई खर्ब चार अर्ब  राजस्व सङ्कलन गरेको थियो । आव २०७९–८० मा रु एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार सङ्कलन गरेको थियो । यस्तै कार्यालयले चालु आर्थिक वर्षका  आठ महिनाको अवधिमा भने रु ९९ अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।

राजस्व सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा सङ्घीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् रु ६ रु खर्ब ५९ अर्ब ३४ करोड मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा रु १४ खर्ब २२ अर्ब ५४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x