मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ ।
गत जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मङ्सिर ३० र ३१ गते दोलखा र यही चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न गरिएको हो । सिन्धुपाल्चोकमा पनि अधिवेशन सम्पन्न भइसकेको छ ।
सिन्धुपाल्चोकमा विनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भीम दाहाल, काभ्रेमा वसुन्धरा हुमागाईँको नेतृत्वमा गठित जिल्ला कमिटीले साङ्गठनिक विस्तार गर्दै आइरहेका छन् । काभ्रेमा अध्यक्ष र सचिव बाहेकका पदहरूमा प्रत्यक्ष विर्चान भएको थियो । त्यस्तै आगामी वैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ ।
यसैबीच पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन केन्द्रित बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ओलोकनगरमा
बैठकमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा प्रस्तुत ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा छलफल चलिरहेको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल गरिएको छ ।
बैठकमा सो प्रस्तावमाथि छलफल सकिएपछि पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक दस्तावेज प्रस्तुत गर्नुहुने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
महाधिवेशनमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज, सम्मानित नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष भुसालले पार्टी विधान र महासचिव भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको थियो । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्न तयारी तीव्ररूपमा थालेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...