×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेसले बदल्यो रणनीति, गठबन्धनमा माधव नेपाल असन्तुष्ट

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रणनीति बदलेको छ ।

Muktinath Bank

कांग्रेसले आइतवारको बैठकमा संसदीय छानबिन समिति गठन नभए बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत ६ गते बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै बचाउ गरेका थिए । प्रधानमन्त्रीको जवाफबाट सन्तुष्ट नभएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

चैत ७ गते बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसदीय समिति गठन नभए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिएकी थिइन् । ११ दिनको अन्तरालमा आइतवार बसेको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले संसदीय छानबिनको माग गरे, तर संसद् अवरुद्ध गर्ने चेतावनी दिएनन् ।

Vianet communication

प्रधानमन्त्री प्रचण्डले आफैं न्यायाधीश बनेर विगतका राजा महराजाले जस्तो रविलाई क्लिन चिट दिन खोजेको आरोप लगाए । ‘हामी चाहँदैनौं कि अवरोध गरौं, तर सरकारले संसदीय छानबिन समिति गठन गरेन भने हामी त्यो ठाउँमा पुग्न सक्ने स्थिति बन्न सक्छ’, गौतमले भने । 
गौतम बोलेपछि प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयको कार्यक्रम चलेको थियो ।
००००
प्रदेशमा भागबण्डाको छलफल चलिरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले एक प्रदेशमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने माग राखेका छन् भने आफूलाई उपयोग मात्र गर्न खोजिएको गुनासो गरेका छन् । 

यो माग पुरा नभएमा बागमतीको मुख्यमन्त्रीलाई सोमबार आफ्नो पार्टीले विश्वासको मत समेत नदिने चेतावनी नेपालको छ । 

सत्ता गठबन्धनमा छलफल हुँदा नेपालको पार्टीले मुख्यमन्त्री नपाउने भनिएपछि उनी चिढिएको बताइएको छ । एकीकृत समाजवादी बागमतीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय आइतबार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने समयसम्म पनि नेपाललाई मनाउन गठबन्धनका अन्य दल र नेताले नसके बागमतीको सरकार ढल्ने खतरा देखिएको छ । 
००००
संवैधानिक परिषद्ले रिक्त महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको संवैधानिक परिषद् बैठकले रायलाई सिफारिस गरेको हो । 
००००
नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबार बिहानदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । 
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन्  । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताइन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
००००
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
००००
नेपाली कांग्रेस बागमती प्रदेशले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतवार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
००००
इलाम २ र बझाङको प्रदेश सभा कमा वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसलाई अनुमोदन गर्न कांग्रेसले आगामी मंगलरवार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
००००
स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा आइतवार भएको भेटवार्तामा मन्त्री लामिछानेले हरेक शुक्रवार सञ्चालन भइरहेको प्रमुख साम्पाङको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी बन्ने प्रतिबद्धता जनाएका छन् ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलवार विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शर्मा विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
००००
राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी (कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।
००००
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिइएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।
००००
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आइतबार  तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x