×

NMB BANK
NIC ASIA

सरकार फेरबदलको कसरत

प्रचण्डको फोनपछि गल्यो माओवादी: कोशीमा एमाले सरकार बनाउन एकैपटक चार कदम चाल्ने तयारी !

विराटनगर | चैत २६, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा सरकार परिवर्तन गर्न दुई दलले सक्रियता बढाएका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न सक्रियता बढाएका हुन् । एक/दुई दिनमै कार्की सरकार ढालेर नयाँ गठनको प्रक्रियामा जाने उनीहरूको तयारी छ । त्यसका लागि दुई दलले निरन्तर छलफल गरिरहेका छन् । 

Muktinath Bank

आइतबार दुई पार्टीका नेताहरू हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबीच एक्लाएक्लै छलफलपछि अन्य नेताहरूसँग सामूहिक छलफल भएको थियो । छलफलमा एमालेबाट कार्कीसहित उपनेता रामबहादुर राना मगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरू जीवन आचार्य, दुर्गाप्रसाद चापागाईँ र बाबुराम गौतम सहभागी थिए । नेताहरूबीच शुक्रबार पनि छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताहरूबीच आज पनि छलफल हुँदै छ । आज दिउँसो १ बजे माओवादी संसदीय दलले बैठकसमेत बोलाएको छ । बैठकमा माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई राजीनामा दिन लगाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । ‘आज दिउँसो १ बजे बैठक बोलाइएको छ,’ माओवादी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सभा सदस्य गीता तिम्सिनाले भनिन्, ‘एजेन्डाबारे केही भनिएको छैन तर, नयाँ बन्ने सरकार र अहिलेको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामाको विषयमा छलफल हुने बुझेका छौ ।’ माओवादीबाट मन्त्री भएकाहरूले भोलिसम्म राजीनामा दिने नेताहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

कोशी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने भएपछि संसदीय दलका नेता हिक्मत कार्कीलाई गलाउने रणनीति लिएर बढेको माओवादी अहिले भने नरम बनेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले कोशीमा एमालेलाई सघाउन निर्देशन दिएपछि एमालेलाई गलाउन लागेको माओवादी आफैं गलेको हो । प्रचण्डले कोशीमा एमालेलाई सघाउन निर्देशन दिएको नेताहरूले बताएका छन् । प्रचण्डको निर्देशनपछि माओवादी पनि कोशीको सरकार परिवर्तनमा चाँडै प्रक्रिया थाल्न सहमत भएको छ । मन्त्रीलाई राजीनामा दिन लगाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । 

Vianet communication

माओवादी संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री हुनबाट एमाले नै बाधक बन्दै आएको छ । कांग्रेस सहितको गठबन्धनबाट केदार कार्की मुख्यमन्त्री मन्त्री बन्नुअघि तत्कालीन गठबन्धनमा आङबोलाई मुख्यमन्त्री बनाउने सहमति थियो । तर, कांग्रेसको संस्थापनइतर समूहसँग मिलेर एमालेले आङबोलाई मुख्यमन्त्री हुन रोकेको थियो । एमालेले कार्कीलाई सघाएपछि आङबोको मुख्यमन्त्री हुने सपना तुहिएको थियो ।

तर, अहिले पनि मुख्यमन्त्री आलोपालो हुनु पर्ने माओवादीको माग छ । ‘बजेट, नीति तथा कार्यक्रम, सरकारका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिको भागबन्डा र संसदीय समितिको सभापति चयनलगायत विषयमा छलफल भएका छन्,’ माओवादी नेता आङ्बोले भने, ‘निष्कर्ष निकाल्न प्रदेशका पार्टी इन्चार्ज र अध्यक्षहरूसहित बैठक बस्ने सल्लाह भएको छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राजनीतिक नियुक्ति, बजेटलगायत विषय छलफल गरेरै टुंगो लाग्ने बताए । आइतबारको छलफलमा नेकपा (एकीकृत समाजवादी), जसपालगायत नेताहरू आउन नभ्याएकोले सोमबार अर्काे छलफल हुने उनले जानकारी दिए ।

तर, एकीकृत समाजवादी भने कुनै छलफलमा सहभागी भएको छैन । आइतबार विराटनगरको एक होटलमा भएको छलफलमा पनि एकीकृत समाजवादी सहभागी भएन । नेकपा एस संसदीय दलका नेता राजेन्द्र राई भने काठमाडौंमा छन् । ‘कोशी सरकारबारे नेतृत्वले अहिलेसम्म केही नभनेकाले आफूले चासो नदेखाएको नेता राईले बताए । ‘मलाई नेतृत्वले कोशी सरकारको बारेमा केही भनेको छैन,’ नेता राईले लोकान्तरसँग भने, ‘म अहिले काठमाडौंमा छु । आजै भरेतिर म निर्वाचन क्षेत्रतिर जान्छु होला । सरकारभन्दा पनि जनता नै ठूलो हुने भनेर म त सरकार बनाउने र गिराउने खेलमा लागेको छैन ।’ 

यता एमाले र माओवादी भने राजेन्द्र राईको बाटो कुरेर बसेका छन् । केन्द्रीय सत्ता घटक एकीकृत समाजवादीलाई पनि सँगै लिएर हिँड्ने एमालेका नेताहरूले बताएका छन् । नयाँ समीकरणमा भएका सबै दलहरू मिलेर अगाडि बढ्नेगरी छलफल भइरहेको एमालेका प्रमुख सचेत भण्डारीले बताए । 

कार्की नेतृत्वको सरकार ढाल्न एकैपटक चार कदम चाल्ने नेताहरूको तयारी छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ मुख्यमन्त्रीसहितको दाबी पेस गर्ने, संसद्को विशेष अधिवेशन बोलाउने र मन्त्रीहरूले राजीनामा दिने काम एकै पटक गर्ने नेताहरूले बताएका छन् ।

मन्त्रीहरूले राजीनामा गरेपछि मुख्यमन्त्रीलाई राजीनामा  दिन आग्रह गर्नेगरी पनि छलफल भइरहेको नेताहरूले दाबी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले भने आफूले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x