×

NMB BANK
NIC ASIA

नेताको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न कांग्रेस सांसदको मागः संसद्‌मा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजनीतिक दलका नेतासहित सार्वजनिक पदमा बसेका व्यक्ति र तिनका परिवारका नाममा रहेको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।

Muktinath Bank

कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले आयोग गठनको माग गर्दै मंगलवार संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको प्रस्तावको कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद बद्री पाण्डे र जीवन परियारले समर्थन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

गुरुङले राजनीतिक दलका नेता, पदाधिकारी, कर्मचारीलगायत सार्वजनिक पदमा बसेका व्यक्ति र तिनका परिवारका नाममा रहेको सम्पत्ति छानबिनका लागि जाँचबुझ आयोग गठन गर्न अपरिहार्य रहेको प्रस्तावमा उल्लेख गरेका छन् ।

Vianet communication

राजनीतिक र प्रशासनिक क्षेत्रमा शुद्धीकरणको अभियान थाल्न आवश्यक भएको पनि उनले औँल्याएका छन् ।

‘२०५८ सालमा गठित न्यायिक जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित अवधिपश्चात हालसम्म सार्वजनिक पद धारण गरेको वा त्यस्तो पदबाट अवकास भएको व्यक्तिको सम्पत्ति निष्पक्ष रुपमा जाँचबुझ गर्नु पर्ने भएको छ,’ प्रस्तावमा भनिएको छ, ’आय–आर्जनभन्दा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको वा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पाइएमा कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्नका लागि जाँचबुझ आयोग ऐन अनुसार उच्चस्तरीय आयोग गठन गर्न आवश्यक देखिएको छ । ’

nullnullnull

सार्वजनिक पदमा बसेका र अवकाश पाएका व्यक्तिको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने आवाज पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उठाउँदै आएका छन् ।

यसैबीच कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाको मागको समर्थन गर्दै २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गर्न माग गरेका थिए ।

उनले मंगलवार नै सामाजिक सञ्जाल (एक्स)मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो माग गरेका हुन् ।

साथै शर्माले सहकारी ठगीबारे संसदीय समिति गठन गर्नेसमेत मागसमेत दोहोर्याएका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x