×

NMB BANK
NIC ASIA

कोशीमा सरकारको विषयलाई लिएर कांग्रेसभित्रको किचलो छताछुल्ल, उपनिर्वाचनसम्म थामथुमको प्रयास

विराटनगर | चैत २९, २०८०

NTC
Premier Steels

कोशीमा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विवाद देखिएको छ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा केन्द्रबाट नेताहरू आएर एकताको संकेत गरिरहँदा सरकारको विषयलाई लिएर दुई पक्षबीच दोहोरी चल्न थालेको हो । विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ । 

Muktinath Bank

बुधबार साँझ आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राई कांग्रेस संसदीय दलका नेता उद्धव थापाविरुद्ध खनिए । केदार कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको बताउँदै आएका थापाप्रति उनी खनिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा भने मन्त्री राईले भने थापाले मात्रै बोलेर नहुने प्रतिक्रिया दिएका थिए । ‘दलको नेताले मात्रै बोलेर हुँदैन,’ उनले भने ‘उद्धव थापा को हुन् र ? हामी पनि छाैँ दलमा !’ 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

त्यसको बदलामा बिहीवार थापाले पनि सरकारले दलसँग कुनै छलफल नगर्ने गरेको आरोप लगाए । प्रदेश समितिको पदाधिकारीहरूसँगको बैठकपछि उनले मुख्यमन्त्री कार्कीले पनि कुनै छलफल नगरेको बताए । 

‘हिजोसम्म हामीसँगै रहेका गठबन्धनका साथीहरूले सरकार छोडिसक्नु भएको रहेछ,’ उनले भने, ‘अहिलेसम्म दलसँग कुनै पनि छलफल मुख्यमन्त्रीले जानकारी गराउनु भएको छैन । हामीले पनि मिडियाबाट मात्रै थाहा पाएका छौँ ।’ 

मुख्यमन्त्रीले समन्वय नगरेपनि यो सरकार टिकाउन लाग्ने तर टिक्ने अवस्था बनेन भने आफू नयाँ सरकार गठनका लागि बाधक नबन्ने स्पष्ट पारे । अहिले मध्यावधि हुने स्थिति नभएको भन्दै उनले यस्तो बताएका हुन् । कोशीमा कांग्रेसभित्रको विवाद गहिरो भएपनि यो उपनिर्वाचसम्म थामिने प्रयास भइरहेको संस्थापन पक्षका एक नेताले बताए ।    

‘इलाम– २ मा वैशाख १५ गते हुन गइरहेका उपनिर्वाचनलाई असर पुग्ने डरले मात्रै संस्थापन पक्षका नेताहरू कम बोलिराख्नु भएको छ,’ ती नेताले भने ‘नत्र संसदीय दलको बैठक बसेर राजीनामा दिन निर्देशन आइसक्ने थियो ।’

मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने जिकिर गर्दै आइरहेका छन् ।   प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री राईले संविधानको अन्तिम विकल्पको धारा प्रयोग भएर बनेको यो सरकारले विश्वासको मत लिइरहनु नपर्ने बताए । 

संवैधानिक हिसाबले सरकार परिवर्तन हुने कुनै आधार नभएको प्रवक्ता राईको स्पष्ट पारेका थिए ।  

मुख्यमन्त्री कार्कीले उद्धव थापा नेतृत्वको सरकार हुँदा प्रमुख प्रतिपक्षीको जस्तो व्यवहार गरेको संस्थापन पक्षको आरोप रहेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बहुमत सांसदहरूले हस्ताक्षर गर्दै कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन र विश्वासको मत औपचारिक रुपमा फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । 

एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षरसहित कोशीमा वैकल्पिक सरकारको गठनको सम्भावना रहेको पत्र दिएका छन् । पत्र दिएपछि प्रदेशसभा विघटन गर्न पनि असहज हुने कांग्रेसकै नेताहरूको दाबी रहेको छ । 

गत असोज २७ गते एमालेका ३९ जना र कांग्रेसका ८ जना सदस्यसमेत कुल ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए । उनलाई कात्तिक १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

५२ जना प्रदेशसभा सदस्यले अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गतेका लागि बैठक बोलाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x