कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | बैशाख १, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले काठमाडौंको माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई तोकिएको निषेधित क्षेत्र फिर्ता लिएको जनाएको छ ।
सुरक्षा विश्लेषण गर्दा सो क्षेत्रमा निषेधाज्ञाको जरुरत नभएको देखिएकाले हटाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाप्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने धारणा नेपाली जनमतमा बढ्दै गएको बताएका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको धारणा छ ।
नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’
००००
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा शुक्रवार टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
००००
अध्यक्ष टेकनारायण कुँवरको नेतृत्वमा विशेष अदालतमा नयाँ न्यायाधीशहरूको टीम आएपछि न्याय सम्पादनमा निकै तीव्रता आएको छ । छोटो समयमै प्रशासनिक व्यवस्थापनदेखि भौतिक पूर्वाधारमा समेत प्रशस्तै सुधारका काम भएका छन् ।
लामो समयदेखि विचाराधीन मुद्दा धमाधम फैसला हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दर्ताको संख्या बढाउन दबाब पुगेको छ । हाल विशेषमा अध्यक्ष कुँवरका अलावा न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको टीम छ ।
००००
सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
यसैगरी सरकारले डा अन्जान शाक्यलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनयन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
००००
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रवार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दा उनलाई ४८ प्रदेश सभा सदस्यले पक्षमा मतदान गरेका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद् चल्न नदिएपछि चालू अधिवेशन अन्त्य गर्न लागेको बताएका छन् ।
मन्त्रिपरिषद्को बैठक अघि शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि ओलीले यस्तो बताएका हुन् ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूपश्चिम प्रदेश संसदीय दलका रहेका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन् ।
पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनले शुक्रवार घनश्यामलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सभामुख भीमबहादुर भण्डारीलाई पठाएकी छिन् ।
००००
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नमानेर सरकारले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।
नयाँ बानेश्वरमा शुक्रबार आयोजित चियापान कार्यक्रम बोल्दै उनले सरकारका मन्त्रीबारे कुरा उठिसकेपछि छानबिन गर्नु संसदीय अभ्यास भएको बताए ।
००००
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका छन् ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा वैदेशिक रोजगारीका लागि जान चाहने नेपालीलाई श्रम स्वीकृति दिन स्थगित गरेको छ ।
कामदारहरूका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरूका सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...