×

NMB BANK
NIC ASIA

विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

विराटनगर | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरको सीमावर्ती क्षेत्र रानीमा झडप भएको छ ।

Muktinath Bank

बुधवार रामनमवी पर्वमा मनाउन हिन्दू सम्राट सेनाको अगुवाइमा निकालिएको र्‍यालीमा उश्रृंखल गतिविधि गर्दै एक समूहले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसँग सीमा जोडिएको क्षेत्र रानीमा हिन्दू धर्मावलम्बीहरूलाई एक समूहले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको छ । विराटनगर १५ र १७ नम्बर वडाको सीमा क्षेत्र रानी अहिले तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ​


Advertisment
Nabil box
Kumari

तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरिसकेको छ ।

Vianet communication
Laxmi Bank

दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।​

र्‍यालीमा सहभागी भएका जीतकुमार साहले शान्तिपूर्ण र्‍याली निकाल्ने क्रममा उश्रृंखल गतिविधि गर्ने समूहले आक्रमण गरेको बताए ।

उक्त र्‍याली विराटनगर रानी हुँदै जहदा गाउँपालिका परिक्रमा गरी महानगरपालिको १५, १६, १७ र १८ भएर बजार प्रवेश गर्ने क्रममा रानीमा झडप भएको उनले बताए ।

रामनमवी पर्वमा सबैसँग छलफल र समन्वय गरेर शान्तिपूर्ण र्‍याली निकाल्ने सहमतिअनुसार निकालेको उनले बताए ।

‘विराटनगर १७ नम्बर वडा प्रवेश गर्दा सुरक्षाकर्मीले रोकेपछि एक समूहले र्‍याली बिथोल्ने प्रयास गरेका छन्', उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x