×

NMB BANK
NIC ASIA

इजरायल-इरान आमनेसामने

मध्यपूर्वमा फेरि तनाब: इजरायलले गर्‍यो इरानमा जवाफी मिसाइल आक्रमण

काठमाडाैं | बैशाख ७, २०८१

NTC
इरानले इजरायलमा हमला गरेपछिको तस्वीर ।
Premier Steels

इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ । इजरायलले शुक्रबार बिहान इरानमाथि जवाफी आक्रमण गरेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

Muktinath Bank

इरानी समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इरानको उत्तर-पश्चिमी सहर इस्फाहानमा विस्फोटको आवाज सुनिएको थियो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको वायु रक्षा प्रणाली धेरै प्रान्तमा सक्रिय भएको छ । इरानको सरकारी मिडिया आईआरआईबीले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै भनेको छ कि देशका धेरै भागहरूमा सुनिएको विस्फोट एयर डिफेन्स सिस्टमले अज्ञात मिनी ड्रोनहरूलाई लक्षित गरेको कारण भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायल–हमास युद्ध चलिरहेकै बेला शनिबार इरानले एकैरात इजरायलमा तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो । इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्सलगायत देशले पनि सहयोग गरेका थिए । 


Advertisment
Nabil box
Kumari

इरानको सरकारी सञ्चारमाध्यमले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै परमाणु हतियारसँग सम्बन्धित साइटहरू सुरक्षित रहेको बताएको छ । समाचार एजेन्सी एपीका अनुसार इरानी सञ्चारमाध्यममा पनि धेरै सहरमा उडान रद्द गरिएको खबर आएको छ । उडानहरू रद्द गरिएका शहरहरूमा तेहरान, शिराज र इस्फाहान पर्छन् ।

Vianet communication

इजरायलले मिसाइल हानेकोमा इरानले चेतावनी दिएको छ । इरानी अखबार तेहरान टाइम्सका अनुसार इरानको परमाणु सुरक्षा प्रमुख जनरल अहमद हकतलबले आफ्नो परमाणु स्थललाई निशाना बनाए इजरायललाई गम्भीर प्रतिक्रिया दिइने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘यहुदी शासकले हाम्रो परमाणु सुविधा र केन्द्रविरुद्ध कारबाही गर्ने निर्णय गरेको हो भने उसले हाम्रो प्रतिक्रियाको सामना गर्नुपर्ने छ ।’ घुमाइरो पारामा उनले इजरायल पछि नहटे परमाणु हतियारको प्रयोग गर्नेसम्मको धम्की दिएका छन् ।

यसअघि इरानका विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लायानले इजरायलले कुनै पनि प्रतिशोधात्मक कारबाही गरेमा तुरुन्त र ठूलो मात्रामा जवाफ दिइने बताएका थिए।

अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा हमला भएको थियो । यस हमलामा एक वरिष्ठ जनरल सहित कुल १३ जनाको मृत्यु भएको थियो । इरानले यस आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । तर, इजरायलले सो आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।

केही मत्थर हुँदै गएको मानिएको इजरायल-हमास युद्धमा घिउ थप्ने गरी इरानले आक्रमण गरेपछि मध्येपूर्वमा तनाब बढेको थियो । अब इजरायलले जवाफी कारबाही गरेपछि मध्येपूर्वमा 'दीर्घकालीन क्षेत्रीय युद्ध' हुने आशंका बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x