×

NMB BANK
NIC ASIA

रञ्जितालाई रेशमको आग्रह- मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडाैं | बैशाख ८, २०८१

NTC
रन्जिता र रेशम । तस्वीर: रेशमको फेसबुकबाट ।
Premier Steels

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापन रेशम चौधरीले केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको बताएका छन् । रन्जिता नाउपा अध्यक्ष तथा रेशमकी श्रीमतीसमेत हुन् । 

Muktinath Bank

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रेशमले रन्जिता सोझी र अन्जान रहेको भन्दै स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको बताएका छन् । 'केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौं,' रेशमले लेखेका छन्, 'तिमी सोझी र अन्जान छ्यौं तर, मुडी छ्यौं भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको उनले बताएका छन् । तर, केही स्वार्थी समूहले आफूहरूबीचको संवाद रोक्ने प्रयास गरिरहेको उनको भनाइ छ । 'यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर, अब रोकिनुहुन्न । संवादको शुरूआत गरे दुवैको मन हल्का होला,' उनले लेखेका छन्, 'नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाएजस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुवैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।'


Advertisment
Nabil box
Kumari

रेशमले तीन कुराबाट बच्न रन्जितालाई सुझाव दिएका छन् । उनले यी सबैलाई नजितबाट नियाली रहेको बताएका छन् । छोरी, भाउजू र भान्जी भन्नेसँग बच्न उनले सुझाएका छन् । 

Vianet communication

संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन् । ‘जसले तिमिलाई मन्त्रीज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयबाट शुरू भएको नाउपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । 

यस्तो छ उनले लेखेको स्टाटस

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x