×

NMB BANK
NIC ASIA

उपनिर्वाचनले नेपालको राजनीतिक भविष्यको दिशा निर्देश गर्छ : पौडेल

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले इलाम २ को उपनिर्वाचन सामान्य निर्वाचनजस्तो मात्रै नभएको बताएका छन् ।

Muktinath Bank

प्रचारको लागि इलाम पुगेका पौडेलले उपनिर्वाचनले नेपालको राजनीतिक भविष्यलाई दिशा निर्देश गर्ने पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो निर्वाचन सामान्य उपनिर्वाचन मात्रै होइन । यो नेपालको राजनीतिक दिशा निर्देश गर्ने पूर्वजानकारी को एउटा संकेत पनि हो । यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरू यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन्,’ पौडेलले भने, ‘मिडिया, सञ्चार माध्यमहरूले पनि यो निर्वाचन बाट आउने परिणामले देश कस्तो सिद्धान्त बोक्नेहरूको मनोबल बढ्छ भनेर प्रचार प्रसार गरिरहेका छन् । बुद्धिजीवी देखि आम नागरिक सम्म यो निर्वाचनले देशको ध्यान केन्द्रित गरेको छ र यो निर्वाचनको परिणामले यो देशलाई कुन मोडमा लाजन्छ बनेर बहस गरिरहेका छन् । त्यसैले यो उपनिर्वाचन हाम्रो देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’


Advertisment
Nabil box
Kumari

एउटा प्रतिनिधि बदल्ने मात्रै नभई कुन सिद्धान्तले जित्ने भन्ने टुंगो लाग्ने पनि बताए । 

Vianet communication

‘यो निर्वाचनमा कसलाई जिताउने भन्ने अधिकार यहाँका आम नागरिकमा छ,’ चुनावी गठबन्धन अब सान्दर्भिक नभएको भन्दै उनले भने, ‘तपाईंले हाल्ने एउटा भोटले एउटा प्रतिनिधि मात्रै छनोट गर्दै हुनुहुन्न, यो देश कुन सिद्धान्तले अघि बढोस् भन्ने निर्णय पनि गर्दै हुनुहुन्छ ।’

इलाम पोखरा जत्तिकै पर्यटकीय स्थल बन्ने भन्दै उनले यहाँको पूर्वाधारको लागि कांग्रेसले अग्रसरता लिने पनि बताए ।

'इलाम सुन्दर र सुयोग्य छ । यो पोखरा जस्तै पर्यटनको केन्द्र बन्न सक्छ । यहाँका सडक निर्माण गरी यहाँको उत्पादन बजारसम्म पुर्‍याउन दिगो नीति आवश्यक छ । त्यो नेपाली कांग्रेसले गर्छ’, उनले भने, 'नेपाली आर्थिक विकासको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ । यसका लागि कांग्रेस बलियो हुन आवश्यक छ । कांग्रेसले इलाम २ मा जित्न आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x