×

चुनावी 'ग्राउन्ड जिरो'

इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !

विराटनगर | बैशाख ९, २०८१

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकिन लागेको छ ।

Laxmi Bank

सोही कारण उम्मेदवारहरूले रातको समयलाई समेत चुनावी प्रचारमा प्रयोग गर्न थालेका छन् । १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 


Advertisment

एमालेले संविधानसभा अध्यक्ष समेत रहेका यही क्षेत्रका निवर्तमान सांसद सुवास नेम्वाङका छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको छ ।


Advertisment

बुवाको विरासत थाम्नका लागि चुनावी मैदानमा होमिएका सुहाङ बुवाकै शैलीमा जनतामाझ प्रस्तुत भइरहेका छन् ।

युवा व्यक्तित्व, मीठो बोली, अग्रजहरूलाई सम्मान गर्ने शैली आदिका कारण सुहाङ चुनावी मैदानमा अलग देखिन्छन् ।

null

उनी बिहान ७ बजे नै चुनावी मैदानमा निस्किन्छन् । व्यस्तताका कारण रातको सुताइ करिब ५ घण्टाको हाराहारीमा मात्र हुन्छ ।

सुहाङको चुनावी कमान्डर बनेका छन्, एमालेका कृष्ण काफ्ले र माओवादीका धीरेन्द्र शर्मा ।

सुहाङ बिहान ७ बजे पपकर्न, पाउरोटी र कालो चिया खाएर चुनावी अभियानमा निस्किन्छन् । व्यस्तता यति छ कि दैनिक २२ देखि २५ वटा सम्म कोण सभालाई सम्बोधन गर्ने गरेका छन् ।

सानो र मीठो स्वरमा बोल्ने सुहाङले युवायुवतीसँग सेल्फी खिच्ने र बुढाबुढीसँग आशीर्वाद लिने गरेका छन् । किरियापुत्री र बिरामी भएकासँग उनी भोट माग्दैनन् ।

‘परिवारका सदस्य तथा अभिभावक गुमाएकाहरूसँग मैले भोट माग्ने गरेको छैन,’ उनले लोकान्तरसँग भने, ‘मरिमराउ भएको घरमा सहानुभूति दिन जान्छु । बिरामी भएकाहरूलाई स्वास्थ्यलाभको कामना गर्दै आशीर्वाद लिन्छु ।’

null

कोणसभामा जम्मा ३ मिनेट भाषण

सुहाङले एउटा कोणसभामा सरदर ३ मिनेट बोल्ने गरेका छन् । आफ्ना योजना सुनाउँछन्, कसैलाई गाली गर्दैनन् ।

चुनाव प्रचारमा खटिएका नेताहरूका अनुसार एमालेको उम्मेदवारसँगै सुवासको छोरा भनेर उनलाई सहानुभूति दिनेको भीड लाग्ने गरेको छ । उनले पनि आफूलाई सुवासको छोरा भनेर चिनाउने गरेका छन् ।

null

यो क्षेत्रमा यसअघि पनि एमालेको उम्मेदवारभन्दा सुवास भनेर चिन्ने गरेको इलाम– ११ का ५६ वर्षीय भीमबहादुर नेम्वाङले बताए । उनलाई मतदाताले बुवाजस्तै इमान्दार बन्नु भनेर माला लगाइदिने गरेका छन्  । 

इलाम २ मा सुवासको ब्रान्डलाई सुहाङले राम्ररी ‘क्यास’ गरेका छन् । बुवाले गरेका काम उल्लेख गर्छन् र अधुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता जनाउँछन् ।

गाडीबाट पनि हात हल्लाउँदै नमस्ते गर्ने गरेका छन् । 

null

सुहाङलाई नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले समेत समर्थन गरेका छन् । उनीहरूलाई साथमै लिएर हिँड्ने गरेका सुहाङले वामपन्थी एकताको आधार बन्दै गएको बताउने गरेका छन् । मिडियाहरूलाई भने उनी खासै प्रतिक्रिया दिँदैनन् ।

बिहान ७ बजे नै अभियानमा निस्किने उनको खाना खाने समय दिउँसो १ बजेपछि मात्र जुर्छ । ‘बिहानको खाना १ बजेपछाडि मात्रै खाइरहेका छौं’,  उनीसँगै प्रचारमा हिँडेका हेमन्त आचार्यले भने, ‘रातिको सुताइ पनि १ बजे मात्रै हुने गरेको छ ।’

राई लिम्बूलाई भेट्दा सेवारो, अन्यलाई भेट्दा नमस्कार र वृद्धवृद्धालाई भेट्दा शीर निहुराएर आशीर्वाद लिने उनको शैली छ । अभियानका क्रममा भेटिने अधिकांशले सुहाङलाई भतिज भन्ने गरेको पाइयो ।

सुहाङले शनिबार बिहान इलाम– ११ को राकसेबाट अभियान शुरू गरेका थिए । त्यसपछि सिम्ले, कात्तिके, बेलासे हुँदै २२ ठाउँमा कोण सभा गरेका थिए । 

null

अन्य दलका उम्मेदवार पनि चुनावी मैदानमा लागिरहेका छन्  । कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र डकेन्द्र थेगिमले पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् । 

एकीकृत समाजवादीका जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीसमेत चुनावी प्रचारमा लागेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।  

मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस, रास्वपा र पहिचान पक्षधरबीच हुने चर्चा भए पनि सुहाङ चर्चा अलि बढी नै पाइयो । सुवास नेम्वाङको छोरा मात्र भन्दा पनि उनको आफ्नै व्यक्तित्का कारण समेत आकर्षण बढेको देखियो ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका  इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ गरी ४२ वटा वडा समेटिएका छन् । यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन् ।

null

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x