×

NMB BANK
NIC ASIA

'ग्राउन्ड जिरो'

इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने

विराटनगर | बैशाख १०, २०८१

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्ले आइतबार बिहान इलाम बजारमा मतदाताको राय बुझिरहेका थिए । उनी रास्वपा उम्मेदवार मिलन लिम्बूलाई भोट माग्न इलाम आएका हुन् ।

Muktinath Bank

स्वर्णिमलाई देखेपछि उनको वरिपरि मतदाता झुम्मिन्थे । त्यसमध्ये युवा मतदाता धेरै थिए । वाग्लेलाई उनीहरूले अनेकौं प्रश्न गर्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

त्यसमध्ये धेरै सोधिने केही प्रश्न थिए, ‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरण के हो ? उहाँको पद के हुन्छ ?’ सबैलाई वाग्लेको समान जवाफ हुन्थ्यो, ‘सभापतिमाथि लान्छना लगाइयो ।’ तर, मतदाता त्यतिमै सन्तुष्ट हुने कुरै थिएन । उनीहरू फेरि प्रतिप्रश्न गर्थे । 

Vianet communication

जीबी राईका कारण सभापति लामिछानेमाथि आरोप लगाइएको वाग्लेको जवाफ हुन्थ्यो । युवा मतदातालाई आश्वस्त पार्न उनी भन्थे, ‘सहकारी प्रकरण कांग्रेस सरकारमा हुँदै आएको हो । सभापतिजीले पनि म दोषी ठहरिए हत्कडी लगाएर लैजानू भन्नुभएको छ । उहाँको व्यावसायिक पार्टनर जीबी राई विश्वकै फटाहा मान्छे रहेछन् ।

फटाहाका कारण उहाँलाई आरोप लागेको छ ।’ ठाउँठाउँमा बारम्बार एउटै प्रश्न दोहोरिएपछि उनी तर्किन पनि खोज्थे । प्रतिप्रश्न छल्न खोज्थे । प्रसंग बदल्थे । तर, अर्को ठाउँमा पुग्यो फेरि उही प्रश्न दोहोरिन्थ्यो ।

null

इलाम बजारका मतदाता अस्थिर मानिन्छन् । कांग्रेसको पकड क्षेत्र मानिने इलाम बजारका मतदाताले बेलाबेलामा मत परिवर्तन गरिरहने दलहरूको विश्लेषण छ । सभापति लामिछाने शनिवार साँझ पार्टी कार्यालय छेउकै होटेलमा बसेका थिए । तर, आइतबार बिहानै उनी इलाम बजारका मतदातालाई छलेर अन्त लागे । अन्यत्र कार्यक्रम रहेको भन्दै लामिछाने त्यहाँबाट हिँडेका थिए ।

null

बजार क्षेत्रमा सहकारीको मुद्दा उठ्ने डरले उपसभापति वाग्लेलाई जिम्मा लगाए सभापति लामिछाने अन्त हिँडेको कतिपयको विश्लेषण सुनिन्थ्यो । लामिछाने सहकारी प्रकरणका प्रश्नबाट तर्किन खोजिरहेको मतदाताले सुनाउँदै थिए । इलाम बजारबाट तर्किएर अन्त हिँडेका लामिछाने इलाम–२ मा आफ्नो पार्टीका उम्मेदवार लिम्बूलाई जिताउन कम्मर कसेर लागेका छन् । 

तर, मतदाता भने सहकारी प्रकरणका अनुत्तरित प्रश्नले सन्तुष्ट देखिँदैनन् । जसलाई रास्वपाकै जिल्ला तहका नेताहरू पनि स्वीकार गर्छन् । आउँदो (२०८४) निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरिरहेका सभापति लामिछानेकै कारण उपचुनावमा धक्का लाग्ने देखिएको रास्वपा नेताहरूको भनाइ छ । रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि 'माओवादीको मान्छे' भन्ने आरोपसमेत लाग्ने गरेकोले चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ । इलाममा माओवादी ब्यागग्राउन्डका उम्मेदवारलाई जनताले खासै नरुचाएको उनीहरू बताउँछन् । ‘रमेश प्रसाईँलाई टिकट दिएको भए अरुलाई चुनौती हुनसक्थ्यो,’ रास्वपाका एक नेताले भने, ‘मिलनको माहौल त्यति राम्रो छैन ।’

रास्वपा इलामका अध्यक्ष मानबहादुर घिमिरे पनि चुनाव जित्न आफूहरूले धेरै मेहनत गर्नुपर्ने बताउँछन् । ‘तनहुँको उपनिर्वाचनजस्तो माहौल बनेको छैन,’ उनले भने, ‘गत निर्वाचनभन्दा हाम्रो अवस्था राम्रो छ । तर, चुनाव जित्न हामीले ठूलो मेहनत गर्नु पर्ने देखिएको छ । मेहनत गरिरहेका छौं ।’

null

पार्टी नबदले पनि मत बदल्न सकिन्छ भनेर प्रयास गरिरहेको रास्वपा नेताहरू बताउँछन् । गत निर्वाचनमा रास्वपाले प्रकाश सापकोटालाई  उम्मेदवार बनाएको थियो । सापकोटाले १३८० मत ल्याएका थिए ।  पहिलेको भन्दा अहिले अवस्था धेरै राम्रो रहेको उनले बताए ।

रास्वपाका धेरै केन्द्रीय नेताहरू इलाममै डेरा जमाएर बसेका छन् । सभापति लामिछाने, उपसभापति वाग्ले, महामन्त्री मुकुल ढकाल, शिक्षा मन्त्री सुमना श्रेष्ठ, महामन्त्री मुकुल ढकाललगायत केन्द्रीय नेताहरू इलाम–२ मै केन्द्रित छन् । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी चुनावको मिति घोषणा भएदेखि नै यहाँ खटिएका छन् । सह प्रवक्ता रमेश प्रसाईँ मिलनको चुनावी अभियानमा निरन्तर हिँडेका छन् ।

इलाम–२ मा कांग्रेसबाहेक अन्य दलमा जनजाति उम्मेदवारहरूको बाहुल्यता छ । कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । एमालेले सुवास नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो । इलाम–२ मा वैशाख १५ गते उपचुनाव हुँदैछ । 

यस्तै, पहिचानवादी समूहले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । यसबाहेक नेकपा एकीकृत समाजवादी, राप्रपालगायत दलका र स्वतन्त्रगरी इलाम–२ मा १९ जना उम्मेदवार छन् । माओवादीले भने एमाले उम्मेदवारलाई सघाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x