×

NMB BANK
NIC ASIA

गृहसचिव अर्यालले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।

Muktinath Bank

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे नै अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । तर, उनी आउने सुुइँको कर्मचारीहरुले पाएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्रुको चेकजाँज हुने क्षेत्रको निरीक्षण गरेका गृह सचिव अर्यालले अध्यागमनमा डेक्स थप्ने लगायत भिआइपी कक्ष, सिसी क्यामरा, कर्मचारीहरुको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका छन् ।


Advertisment
Nabil box
Kumari

आकस्मिक निरीक्षणमा पुुगेका गृहसचिव अर्यालले विमानस्थलस्थित ड्युटीमा खटिएका अध्यागमन अधिकृतहरुसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि ? भनेर सोधेका थिए ।

Vianet communication

उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत् मन्त्रालयमा पठाउन भने । गृहसचिव अर्यालले जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कन्जुस्याइँ नगर्न कर्मचारीलाई भनेका छन् ।

यसैगरी शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ड्युटी अधिकृतहरुसँग पनि उनले कुराकानी गरे । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चाँसो राखेका गृहसचिव अर्यालले ड्युटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा अन दि स्पट नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरु बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिव अर्यालले देखिएका स–साना समस्याहरु समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रमुख आइजीपी बसन्त बहादुर कुँवर र मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नर बहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् ।

‘उपलब्ध स्रोत र साधनहरुको अधिकतम् उपयोग गर्नुस् । जुन–जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीहरुले इमान्दार भएर त्यो पुरा गर्नुस्,' उनले भने, ‘भएका उपकरणहरुलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।’

राम्रो काममा मन्त्रालयको सधै सहयोग हुने उनको भनाइ छ ।

सिस्टमा कहि कतै समस्या भएमा नियमित मर्मत सम्भार र कर्मचारीहरु नियमित उपस्थित भई सेवा प्रवाह गर्नुपर्ने गृहसचिवबाट निर्देशन भएको छ ।

अर्यालले विभागलाई विमानस्थलमा हुने कार्य प्रविधिमैत्री बनाउन, नेटवर्किङ र अन्तर निकाय समन्वय गरेर प्रभावकारी सेवा सञ्चालन गर्न निर्देशन दिए ।

निरीक्षणका क्रममा गृहसचिव अर्यालले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमनमा डेस्क थप्न भएको निर्णय कार्यान्वयमा ल्याउन, भिसा इन्ट्री डेक्स अपडेट राख्न, सबै डेक्समा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

कस्टममा एक्सरे मेसिन बनाउने, लगेज आउने बेल्टमा बिग्रिएको मेसिन बनाउने विषयमा अर्यालले निर्देशन दिएसँगै थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी सचिव अर्याललाई गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बिच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिहेको जानकारी गराए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् ।

जसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । त्यहाँ कम्तिमा पनि १०० जना प्रहरी अधिकारी आवश्यक पर्ने बताइन्छ ।

अध्यागमनको डिपाचर तर्फका दुईवटा काउन्टर तत्काल सुचारु गर्न पनि गृह सचिव अर्यालले निर्देशन दिएका छन् । स्टाफ हिड्ने बाटोलाई डाइभर्ट गर्ने निर्णय भएको विषय कार्यान्वयमा लैजान गृहसचिवबाट निर्देशन भएको विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख श्रेष्ठले बताए । गृह सचिवको निरीक्षणले ढिलासुस्ती भएका कामलाई छिटो सम्बोधन गराउन दबाब पर्ने श्रेष्ठले बताए ।

गृहसचिव अर्यालको आकस्मिक अनुगमनबाट आफूहरु उत्साहित भएको अध्यागमन अधिकृहरुको भनाई छ । ‘यसरी बेला बेला आएर हाम्रा कुरा सुनि दिँदा र यहाँको वास्तविकता बुझिदिँदा हौसला प्रदान हुँदो रहेछ,’ एक अध्यागमन अकिकृतले भने, ‘हामीले सेवाग्राहीलाई कसरी सेवा दिइरहेका छौँ भन्ने कुरा प्रत्यक्ष देखिन्छ पनि ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगानाले माथिल्लो निकायबाट समयसमय अनुगमन भयो भने कहि कतै कमजोरीहरु भएमा सच्चाउन सहज हुने बताए ।

‘कतिपय कमजोरीहरु सधै काम गर्नेले देखेको हुँदैन । थाहा नपाउन सक्छ,' उनले भने, ‘यात्रुको गुनासो माथि पुगेको पनि हुन सक्छ । र गुनासो माथिबाट सम्बोधन गर्न सहज पनि हुन्छ ।’

त्यसैगरी फिल्डतहमा काम गर्ने प्रहरी अधिकारीहरु पनि आइजीपीसहितको गृहसचिवको अनुगमनले आफ्ना गुनासाहरु सम्बोधन हुने विश्वास लिएका छन् ।

सो क्रममा अध्यागमन विभागका महानिर्देशक निरौलाले कार्यालयमा आवश्यक स्रोतसाधनहरु परिपूर्तिका लागि विभाग लागि परेको र स–साना आवश्यकताहरु तत्काल परिपूर्ति गराउने प्रतिबद्धता गृहसचिव अर्यालसमक्ष गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x