×

NIC ASIA

सरसर्ती २४ घण्टा

सहकारी प्रकरणमा ५ दल एकमत, रविपत्नीलाई चाहियो मेकअप टेबल

काठमाडाैं | जेठ ५, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
विपक्षी ५ दल सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नका लागि एकमत देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार बानेश्वरको संसद् भवन परिसरको बैठकमा बसेको विपक्षी दलहरूको बैठकले सहकारी ठगीको छानबिनको लागि समिति गठनमा एकमत रहेको निर्णय गरेको जानकारी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिए ।
००००
२ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको छ ।
पुराना दललाई गाली गरेर राजनीतिमा उदाएका नयाँ दलका मन्त्रीहरू विलासिताको लतमा परिसकेको उनीहरूको डिमान्ड हेर्दा थाहा हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले आफ्ना लागि ड्रेसिङ टेबल (मेकअप टेबल) डिमान्ड गरेकी छिन् । यस्तै डस्ट एलर्जी भन्दै सुमना श्रेष्ठले कार्पेट किनाएकी छन् ।
००००
सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको मागमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित भएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

२ बजेका लागि तोकिएको बैठकपछि सूचनामार्फत आइतबार बिहानसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए ।

Vianet communication

सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरूलाई शुक्रबार साँझ छलफलका लागि बोलाएका छन् ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ।

सहकारी ठगीमा लामिछानेको संलग्नता हुँदा हुँदै पनि उनी गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसिराख्न नमिल्ने भन्दै नेविसंघले राजीनामा माग गरेको हो । प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । गृहमन्त्रीलाई संसद्मा बोल्न दिनु पर्ने शाहीको भनाइ छ ।

संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै राप्रपा सांसद शाहीले मिडियामा हल्ला नगरी भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन् ।
००००
मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । 

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए । 

उनले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिबकरिब सहमति बनेको पनि बताए ।
००००
बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि शुक्रबार चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । 

राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
००००
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी गएराति १२ बजेदेखि अन्त्य गरिएको छ । 

गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ
००००
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । शनिबारदेखि लागू हुनेगरी संघले चितवनलाई आधारमानी समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। 

जसअनुसार एक्सएल साइजको अण्डाको प्रतिकेट ४८० रुपैयाँ तोकिएको छ भने ठुलो साइजको ४६५ र मिडियम साइजको ४५० रुपैयाँ निर्धारण गरिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
००००
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ठगीमा मुछिएका २ ठूला सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

विभागले शिवशिखर सहकारी भक्तपुरका सञ्चालक केदारनाथ शर्मा लगायतविरुद्ध २३ अर्ब तथा  इमेज सहकारीका सञ्चालक तथा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली लगायतविरुद्ध ३ अर्बमाथि बिगो कायम गर्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। कार्कीले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा एमालेका रामबहादुर राना मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा माओवादीका  गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय एमालेका लिलाबल्लभ अधिकारी र स्वास्थ्य मन्त्रालयको जिम्मा माओवादीका राजेन्द्र कार्कीलाई दिएको छ ।
००००
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।

शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उद्घोष गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x