×

NIC ASIA

‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै

कैलाली | जेठ १०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

कैलालीको मध्य क्षेत्र घोडाघोडी र पहलमानपुर क्षेत्रका किसान ‘आलुचिप्स’ बनाउन उपयुक्त हुने जातको आलु खेती गरेर आम्दानी वृद्धि गर्न थालेका छन् । 

उत्पादित यो आलु बिक्री गर्न बजारको समस्या नभई उचित मूल्य पनि पाउन थालेपछि किसान यो खेती गरेर आम्दानी वृद्धि गर्न थालेका हुन् । यो जातको आलुको खेतीमा चार हजारभन्दा बढी कृषक संलग्न छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहलमानपुरका कृषक शेरबहादुर चौधरीले आफूले पाँच कठ्ठा जग्गामा गरेको आलुखेतीबाट झण्डै २८ क्वीन्टल आलु उत्पादन भएको बताए ।


Advertisment
Rupse Holidays
Nabil box

आलुको चिप्स बनाउन इन्नोभेटर र सजिता जातको आलु उपयुक्त हुने गरेको बताइएको छ । उत्पादित आलु बिक्रीका लागि बुटवलमा रहेको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग कृषकले सम्झौता गरेका छन् । भारतको लुधियानाबाट यो आलुको बीउ आयात गर्ने गरिएको छ । बीउका लागि सरकारले किसानलाई ५० प्रतिशत अनुदानको सहयोग उपलब्ध गराएको  छ । 

Vianet communication

किसान रामबहादुर रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताए । 

हिँउदेयाममा गरिने यो आलुखेतीमा क्रान्ति ल्याउन आलुबारीमा किसानले हरियो झण्डा टाँग्ने गरेका छन् । रावतले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको पहिचानका साथै आलु खेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराउने गरिएको बताए ।।  

 घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र बनाइएको छ । यो गाउँमा मात्रै आलु खेती क्षेत्र विस्तार भई हिउँदेयाममा ८० बिघा क्षेत्रफल पुगेको बताइएको छ । 

 चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लाभरी छ हजार हेक्टरमा आलु खेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलु खेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विषेश पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । किसानले खायनका लागि यो रैथाने जातको थारु आलुको खेती पनि गर्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x