
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २२ अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २७६०.२१ को बिन्दुमा अडिएको छ ।
बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार नेप्से परिसूचक ६२.५४ अङ्कले बढेर २७३८.०६ को बिन्दुमा बन्द भएको थियो । आइतबार बजारमा २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रूपैयाँको कारोबार भएको थियो ।
सोमबार सुपर माइक्रो फाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यस दिन यी लघुवित्तहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा ३८ करोड १७ लाख ८७ हजार रूपैयाँको कारोबारसहित शाहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।