०३ साउन २०८३, आइतबार

सञ्चारकर्मी बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड

माघ ७, २०८१
काठमाडौं
सञ्चारकर्मी बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ ।

अमेरिकाको न्यूयोर्कबाट सञ्चालित भइरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित  ७ जना सञ्चारकर्मीहरूलाई फस्ट कम्युनिटी मिडिया अवार्ड प्रदान गरेको हो ।​

मिडियामार्फत समुदायमा अतुलनीय भूमिका खेले बापत उनीहरूलाई अवार्ड प्रदान गरिएको  त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्डसँगै न्यूयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्रसमेत उपलब्ध गराएको छ । ​

कम्युनिटी मिडिया अवार्ड पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेत, मन्जुर हुसैन (दुनिया इन्टरनेशनल एन्ड ग्लोबल टीभी) अमेरिका, हरप्रित सिंह (तोर मेनस्ट्रिम मिडिया) अमेरिका, सम्राट कार्की (हेलो अमेरिका), लोबलु अन्सार (बंगलादेश प्राटिशन), युई जी (चाइना प्रेस), डेव ल्लावानेश (जीएमए नेटवर्क) अमेरिका रहेका छन् ।

‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समुदायलाई कसरी जोड्ने भन्ने एक उदाहरण हुन्,’ अवार्ड वितरण समारोहमा त्रिवेणी टाइम्सका सञ्चालक नवराज केसीले भने ।

मिडिया र समुदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्