×

NMB BANK
NIC ASIA

फिक्कल (इलाम), १७ मंसिर– इलामको सूर्योदय नगरपालिकाका बुद्धिकाजी लेप्चाले केही दिन अगाडि फेसबुकमा एउटा स्टाटस लेखे, एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लक्षित गरी । 

Muktinath Bank

स्टाटसमा उनले इलामको छब्बीसे बजारमा नेपाली भूमि भारतीय पक्षले मिचेको विषय उठाएका छन् । उनले भारतीय पक्षले विद्यालय र घर मिचेको विषय उठाएका छन् । र सँगै भनेका छन्, इलाम क्षेत्र नम्बर १ बाट पटक पटक निर्वाचित भइ देशकै कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्दा समेत झलनाथ खनालले सो विषयमा मुख पनि खोल्न सकेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले नेता खना यसपटक पनि इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनीसँग नेपाली कांग्रेसबाट भुपेन्द्र कट्टेल चुनावी प्रतिस्पर्धामा छन् ।  


Advertisment
Nabil box
Kumari

राजनीतिक प्रभावका हिसावले कांग्रेसका कट्टेललाई मतदाताले झलनाथ खनालभन्दा निकै कमजोर उम्मेदवारका रुपमा हेरिरहेका छन् । मतदाता स्वयं नै कट्टेल कमजोर मान्छन् । नेपाली कांग्रेसमा देउवा पक्षकै भएकाले टिकट पाएको भन्दै पार्टी भित्रैबाट पनि कट्टेललाई अप्ठेरो रहेको त्यहाँका मतदाता बताउँछन् । 

Vianet communication

त्यसैले होला एमाले र माओवादीको वाम गठवन्धनका संयुक्त उम्मेदवार खनाल इलाम–१ मा आफ्नो प्रतिस्पर्धी नै नभएको बताउँदै आएका छन् । तर मतदाताको बुझाइमा खनाल पनि ‘बलिया’ उम्मेदवार भने होइनन् ।  

इलामको सूर्योदय नगरपालिका–४ को छब्बीसे बजारमा भारतीय पक्षले सीमा मिचेर निर्माण गरेको भवन । तस्बिरः बुद्धिकाजी लेप्चा

इलामको फिक्कल बजारमा भेटिएका बाबुकाजी राईले एमाले नेता खनालले सीमा मिचिँदा केही नबोलेको गुनासो गरे । पशुपतिनगरका बासिन्दा उनी वर्षौंदेखि भारतीय पक्षले सीमा मिचेको पीडा हेरेर बस्न बाध्य छन् । तर सबभन्दा धेरै पीडा उनलाई तब हुन्छ, जब उनले मत हालेर चुनिएका नेताले सीमा मिचिएको बारे केही बोल्दैनन् । 

‘भारतीय पक्षले दशगजा मितेर गुम्बा, स्कूल बनाइरहेको छ,’ उनले भने, ‘हामीले नेताहरुलाई भन्यौं पनि । तर उहाँहरुले चुँसम्म पनि बोल्नु भएन ।’

करिब ७ वर्ष अगाडि इलामको छब्बिसे बजारमा भारतीय पक्षले सीमा मिचेर विद्यालय र केही घर बनायो । स्थनीयले केही समय विरोध पनि गरे । तर नेताहरुले केही नबोल्दा स्थानीय विरोधले कुनै अर्थ राखेन । अहिले पनि भारतीय पक्षले सीमा मिचेर निर्माण गरेका संरचनाहरु त्यहिँ छन् । 

झलनाथ खनाल प्रधानमन्त्री हुँदा नै भारतीय पक्षले सीमा मिचेको विषयमा स्थानीयबाट धेरै डेलिगेसन गए । तर त्यसको सुनुवाइ नभएको उनीहरु बताउँछन् । 

आश्वासन दिने काम नगर्ने

झलनाथ खनालले २०७० सालको चुनावमा भोट माग्दा पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्ने आश्वासन दिएका थिए । तर अहिलेसम्म त्यसको सामान्य प्रक्रिया समेत अगाडि बढेको छैन । 

माइजोगमाई र सन्दकपुर गाउँपालिकामा यातायातको समस्या छ । आफूले निर्वाचित भएमा सबै ठाउँमा सडकले जोड्ने भन्दै खनालले यसअघि भोट मागेका थिए । तर ती आश्वासन पनि पूरा भएनन् । 
 

खनालको निर्वाचन क्षेत्रमा अर्को समस्या हो चिया मजदुरको । मजदुरले काम गरेअनुसार ज्याला नपाएको, साना चिया किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न नपाएको समस्या सुनाउँछन् । 

खनालले यसअघि चिया मजदुरलाई दैनिक न्यूनतम ६ सय रुपैयाँ ज्यालाको व्यवस्था गर्ने भनेर आश्वासन बाँडेका थिए । तर अहिले मजदुरहरु दैनिक २४१ रुपैयाँमा काम गर्न बाध्य छन् । 

यस्तै आफ्नै सानो चिया बगान भएको र १ करोडसम्म लगानी गरेर चिया उद्योग खोलेका किसान बजार नपाएर मर्कामा परेका छन् । यहाँका साना किसानले उत्पादन गर्ने चियाको मुख्य बजार भनेको भारत हो । तर उत्पादित चिया भारतसम्म निर्यात गर्न धेरै समस्या छ । 

इलाम क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार भुपेन्द्र कट्टेल

भारतीय व्यापारीले भारतको केन्द्रीय खाध्य प्रयोगशाला (सीएफएल)मा परीक्षण नगरी चिया किन्दैनन् । एकपटक सो ल्यावमा परीक्षण गराउँदा किसानले ८० हजार रुपैयाँ तिर्नुपर्छ । र, परीक्षणका लागि मात्रै भनेर करिब ९० किलो चिया भारत सरकारलाई बुझाउनु पर्छ । जसकारण उनीहरु मर्कामा परेका छन् । 

नेपालमै परीक्षण ल्याव खोल्नुपर्ने तथा भारतीय पक्षसँग वार्ता गरी चिया निर्यातलाई सहज बनाइदिनुपर्ने साना किसानका माग छन् । नेताहरुले चुनावका बेला सबै माग पूरा हुने आश्वासन दिन्छन् । तर चुनाव जितेर गएपछि कुरा नै नसुन्ने उनीहरुले बताए । 

भारतीय बजारमा निर्यात गर्न असहज भएपछि यहाँका साना किसानहरु सस्तो मुल्यमा आन्तरिक उद्योगलाई नै चिया बेच्न बाध्य छन् । जसबाट उनीहरु मेहनत र लगानी गरेको प्रतिफल समेत पाउँदैनन् । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x