२२ जेठ २०८३, शुक्रबार
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ

प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्नुभएको होइन, अचम्मित भएँ भन्नुभएको हो- सरकारका प्रवक्ता

जेठ १९, २०८३
काठमाडौं
प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्नुभएको होइन, अचम्मित भएँ भन्नुभएको हो- सरकारका प्रवक्ता

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दाबी गर्दै मन्त्री पोखरेलले दुई देशबीचको सीमा विवाद समाधानका लागि गठन भएका संयन्त्रबाट आएको कुराले अचम्मित भएँ भन्न खोजेको बताए ।

दुई देशबीचका जति पनि सीमा विवाद छन् त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्ने भनेर प्रधानमन्त्री शाहले भनिसकेको मन्त्री पोखरेलले बताए ।

‘प्रधानमन्त्रीले के भन्नुभएको हो भने सीमा विवाद सम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि म अचम्मित परेँ भन्नुभएको हो’, मन्त्री पोखरेलले भने, ‘त्यो हिसाबले उहाँले सदनमा भन्नुभएको हो । यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट पारिसकेको छ । कतिपय भारतले उपभोग गरेको सीमा नेपालमा पर्ने सक्ने र नेपालले उपभोग गरेको सीमा भारतमा पर्न सक्ने भन्ने कुरा संयन्त्रहरूबाट आएको हुनाले दुई देश बसेर विवाद मिलाउनुपर्छ भन्ने कुरा हो ।’

मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको र आवश्यक पर्दा सदनमा आएर उत्तर दिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्