×

NMB BANK
NIC ASIA

सेतो पोसाक लगाएका नर्सहरु कालो पट्टि बाधेर आन्दोलनमा, मर्कामा बिरामी

पुस ३०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० पुस– अन्य दिन अस्पतालमा आउँने विरामीको हेरचाहमा व्यस्त रहने वीर अस्पतालका नर्सहरु आइतवार बिहान १० बजेको समयमा अस्पताल परिसरमा उभिएका थिए । नर्सहरु आफ्नो काम छोडेर हातमा कालो पट्टि बाँधेर अस्पतालको परिसरमा एकै ठाउँमा जम्मा भएर बसेका थिए  ।

Muktinath Bank

शनिबार अस्पतालको ओपिडि सेवा बन्द हुने भएकाले अन्य दिनको तुलनमा आइतबार अस्पताल परिसरमा विरामीको चाप बढि नै देखिन्थ्यो । अस्पतालमा आएका विरामीहरु पनि अनौठो मानेर हातमा कालोपट्टी बाधेर अस्पताल बाहिर उभिएका नर्सहरुलाई हेर्दै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार विहान साढे १० बजे वीर अस्पतालका नर्सहरु काम छोडेर आन्दोलनमा उत्रिएका थिए । नेपाल नर्सिङ संघकोको अगुवाइमा विभिन्न माग राख्दै देशभरका आफुहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिएको र शुक्रबार बाट एक घण्टा काम छोडेको वीर अस्पताल नर्सिङ कर्मचारी एवं नेपाल नर्सिङ संघकी महासचिब लक्ष्मी केसीले बताइन् । 


Advertisment
Nabil box
Kumari

सरकारले आफ्नो मागहरुलाई वेवास्ता गरेकाले आफुहरु बाहिर निश्किेर आन्दोलन गर्न बाध्य भएको उनले बताइन । ‘मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने हाम्रो प्रमुख माग हो’ लोकान्तरसँग भनिन् । 

Vianet communication

वीर अस्पताल जस्तै देशभरका अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरुले शुक्रबार देखी एक घण्टा काम छाडेर आन्दोलमा उत्रिएका छन् ।  

अस्पतालमा आएका विरामीहरु पनि अनौठो मानेर हातमा कालोपट्टी बाधेर अस्पताल बाहिर उभिएका नर्सहरुलाई हेर्दै थिए । 

यस्ता छन् आन्दोलनरत नर्सहरुको लिखित माग ११ बुँदे मागहरु

  • मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
  • अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस् ।
  •  जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ’नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
  •  नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
  •  भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।
  • सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस् ।
  •  सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
  •  दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
  • योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
  •  योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
  •  श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस् । 

सरकारले वार्ता नगरेसम्म आन्दोलन जारी रहने

स्वास्थ्य मन्त्रालयमा आफ्ना मागहरु पटक पटक पेस गरेको भएपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको केसीले बताइन् । आफ्ना मागहरुको सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने केसीको भनाइ छ ।

 ‘हामी नर्सको पिडा र समस्यालाई चासो नराखेकोले हामीले आन्दोल गर्न बाध्य भएका हौं । हाम्रो माग प्रति सकारात्मक भएर हाम्रो समस्या समाधानको लागि सरकाले वार्तामा नबोलाएसम्म हाम्रा आन्दोलनका कार्यक्रम जारी रहन्छ ।’ उनले लोकान्तरसँग भनिन् ।

नर्सहरुले आफ्ना मागहरु  पूरा नभए माघ १, २ र ३ गते  ३ घन्टा  काम नगर्ने, ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिर्ने  चेतावनी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x