×

NMB BANK
NIC ASIA

सेतो कोट लगाएका नर्सहरू कालोपट्टी बाँधेर किन उत्रिए सडकमा ? (फोटो फीचर)

माघ ३, २०७४

NTC
Premier Steels


काठमाडौं, ३ माघ – सेतो कपडा लगाएर हसिलो अनुहारसहित अस्पतालमा बिरामीको सेवा गर्दै गरेको भेटिने नर्सहरु  बुधबार अस्पताल नगइ मुखमा कालो पट्टि बाधेँर माइतिघर मण्डलामा जम्मा भएका थिए ।
राजधानीको विभिन्न अस्पतालमा कार्यरत नर्सहरु  ‘सेतो अक्षरमा लेखिएको नेपाल नर्सिङ संघले  नेतृत्व गरेको आन्दोलनमा युवा नर्सहरुको ऐक्यवद्धता भन्ने कालो ब्यानर बोकेर नारा लगाउँदै नयाँ बानेश्वर तर्फ लागे । 
नारा लगाउँदै बानेश्वर पुगेका नर्सहरु सडकमै बसे चर्को आवजमा नारा लगाउँन थाले ।
‘नर्सलाई विना कारण निकाल्न पाइदैन !
 श्रम ऐन लागु गर !
नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गर !’
नेपाल नंर्सिङ संघको अगुवाइमा गत पुस २६ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका नर्सहरुको मागलाई समर्थन गर्दै बुधबार नर्सिङ क्षेत्रका युवा नर्सहरुले माइतिघरदेखि बानेश्वर सम्म मुखमा कालो पट्टि बाधेँर प्रर्दशन गरेका हुन् ।
नर्सिङ सेवामा कार्यरत नर्सहरु श्रम शोषणमा परेको, उचित तलब भत्ता नपाएको आफ्नो अधिकारको बारेमा सरकारले वास्ता नगरेको भन्दै नर्सहरुले आन्दोलन नै शुरु गरेका थिए । उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना गर्नुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ’नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा लागू गर्नुपर्ने लिखित माग प्रस्तुत गरेका छन् । 

Muktinath Bank


यस्तै नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गाउनु पर्ने,भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नुपर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कूल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा हुनुपर्ने, सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गर्नुपर्ने दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गराउनु पर्ने माग छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


नर्सहरुले योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गर्नुपर्ने,  योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था हुनुपर्ने,  श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा लागू गर्न सरकारलाई दबाव दिन आन्दोलनमै उत्रिएका छन् ।
आफुहरुले आन्दोलन नै थालेर माग गरेपनि सरकारी निकायले आफ्नो माग प्रति चासो नदिएको नर्सहरुको गुनासो छ ।


Advertisment
Nabil box
Kumari


 आन्दोलन शुरु भएको एक साता वितिसक्दा पनि सरकारले वार्तामा नबोलाएको नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेले बताइन् । सरकारले औपचारीक रुपमा वार्तामा नबोलाएसम्म आफूहरुको आन्दोलनको कार्यक्रम उनले बताइन् ।

Vianet communication


‘ड्युटी छोडेर आन्दोलन गर्नुपर्ने हाम्रो रहर होइन बाध्यता हो । हामी एकसाता अघि देखि आन्दोलमा हुँदासमेत सरकारले हामीलाई वार्ताको लागि सम्म पनि बोलाएको छैन । पाण्डेले लोकान्तरसंग भनिन्, ‘आफ्ना मागहरुको सुनुवाइ नभएसम्म आन्दोलन जारी रहन्छ । हाम्रो पहिलो चरणको आन्दोलन माघ ७ गतेसम्म रहेको छ, ७ गतेसम्म पनि हाम्रो मागको सुनुवाइ भएन भने हामी बिहीबार देखि ड्युटी नै नगइ आन्दोलन गछौं ।’
उनले आफ्नो मागहरुको सुनुवाइ नभए दोस्रो चरणमा अस्पतालहरुमा आकस्मिक सेवा समेत ठप्प पारेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिर्ने जानकारी दिइन् ।

तस्विर: गगन अर्याल/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x