×

NIC ASIA

६५ वर्षमै भत्ता पाउने निर्णयले ज्येष्ठ नागरिक खुसी, अझै पर्याप्त नभएको गुनासो

माघ ११, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ११ माघ–ज्येष्ठ नागरिकहरुले ६५ वर्ष उमेर पुगेपछि वृद्धभत्ता दिने सरकारको निर्णयले ६५ बर्ष नाघेका बृद्धहरु खुसी देखिएका छन् । ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने सरकारको निर्णय स्वागतयोग्य भए पनि सन्तोषजनक नभएको उनीहरुको प्रतिक्रिया छ । 

Muktinath Bank

यसअघि ७० वर्ष उमेर पुगेपछि मात्रै वितरण हुँदै आएकोमा बुधबारको मन्त्रिपरिषद् बैठकले उमेर हद घटाएर ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृद्धवृद्धाहरुको संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष रामनगिना सिंहले सरकारको निर्णय स्वागत योग्य भए पनि पूर्ण रुपमा सन्तोषजनक भने नभएको प्रतिक्रिया दिए ।


Advertisment
Nabil box
Kumari

‘सरकारले ज्येष्ठ नागरिकको उमेर हद ५ वर्ष घटाएर राम्रो काम गरेको छ । यसलाई स्वागत योग्य नै भन्नुपर्छ, तर हामी पूर्ण रुपमा सन्तुष्ट भने छैनौं,’ महासंघका अध्यक्ष सिंहले लोकान्तरसँग भने, ‘६० वर्ष पुगेकालाई बृद्धभत्ता दिनुपर्छ ।’ अध्यक्ष सिंहले नेपालको संविधान र मन्त्रिपरिषद्को निर्णय नै बेमेल भएको टिप्पणी गरे ।

Vianet communication

‘संविधानमा रहेको ज्येष्ठ नागरीक सम्बन्धी ऐनले नै ६० वर्षको उमेरपछिका नागरिकलाई ज्येष्ठ नागरिक भनेको छ । तर वृद्धभत्ता भने ६५ वर्षको उमेर पुगेपछि मात्रै दिने निर्णय ग¥यो । सरकार आफैले घोषणा गरेअनुरुपको कार्य भने गरेन,’ सिंहले असन्तुष्टि जनाए ।

राज्यकोषमा भार थपिने बिषय बृद्धबृद्धाको सरोकार नभएको उनको प्रतिक्रिया छ । ‘देशमा सुशासन कायम भए, बृद्धबृद्धालाई दिने रकम ठूलो होइन,’ उनले भने ।
सरकारले ५ वर्ष भनेपनि उमेर हद घटाएकोमा भने उनले खुसी व्यक्त गरे । महासंघका उपाध्यक्ष छत्र प्रधानले पनि सरकारको निर्णप्रति आफूहरु सकरात्मक भएको बताए । 

‘सरकारको निर्णयमा हामीले खुसी मनाउनु पर्छ । यो उत्साहजनक कुरा हो,’ प्रधानले लोकान्तरसँग भने, ‘२०५१ सालमा ७७ वर्षमा दिँदै आएको वृद्धभत्ता अहिले ६५ वर्षमै दिने निर्णयले वृद्धवृद्धालाई थप सहज हुन्छ । तर हाम्रो माग संविधान अनुसार ६० वर्षमै पाउँनुपर्छ भन्ने हो ।’

२०५१ सालमा मनमोहन अधिकारीको सरकारले ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो । सरकारले बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ ।

मनमोहन सरकारमा अर्थमन्त्री रहेका एमालेका नेता भरतमोहन अधिकारी ६५ बर्ष पुगेका बृद्धलाई भत्ता दिने निर्णय सही भएपनि समय र तरिका गलत भएको बताउँछन् । 

‘मैले २०५१ सालमा शुरु गरेको कामलाई देउवा सरकारले निरन्तरता दिएकोमा खुसी लागेको छ । त्यो बेला मलाई कनिका छरेजस्तो पैसा बाँढ्ने भनेर आरोप लगाउनेहरुले नै यसरी बृद्धभत्ताको उमेर हद घटाउने निर्णय गरे म हर्षित छु’ अधिकारीले भने, ‘तर यस्तो दूरगामी निर्णय कामचलाउ सरकारले गर्ने बिषय थिएन । ताजा जनादेश प्राप्त गरेको नयाँ सरकारलाई मात्र यस्तो निर्णय गर्ने अधिकार छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x