×

NMB BANK
NIC ASIA

काठमाडौं, १८ माघ– काठमाडौंको महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालमा वार्षीक ३ सय २० जना क्यान्सर भएका नयाँ बालबालिकाहरु उपचारको लागि आउने गरेका छन् । 

Muktinath Bank

क्यान्सरहरुमा पनि धेरैजस्तो रक्त क्यान्सरका बिरामी बढी आउने गरेको अस्पतालका बाल क्यान्सर तथा रक्तरोग विषेशज्ञ डा. प्रकाश निधि तिवारीले लोकान्तरलाई बताए । रक्त क्यान्सर  विभिन्न प्रकारका हुने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बालबालिकामा एक्युट ल्युकेमिया र एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया रक्त क्यान्सर हुन्छ । एक्युट ल्युकेमिया क्यान्सर ए.एल.एल, ए.एम.एल. सि.एम.एल गरी तीन किसिमका हुन्छन् ।’ डा. तिवारीले लोकान्तरसँग भने, ‘रगतमा हुने तीन प्रकारका रक्त कोषहरुमध्ये सेतो रक्तकोषहरु वयस्क हुन नसक्दा अनियन्त्रित रुपमा संख्या बढ्न गई एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया क्यान्सर हुन्छ । सेतो रक्तकोषहरु अन्यिन्त्रित रुपमा हुर्केर शरीरमा फैलन थालेपछि यसको लक्षणहरु देखिन थाल्छ ।’


Advertisment
Nabil box
Kumari

शरीरमा रहेको हड्डीभित्रको मासीले रगतमा हुने रातो, सेतो रक्त कोष र प्लेटलेट  बनाउने गर्छ । शरीरमा सेतो रक्तकोष  अनियन्त्रित रुपमा फैलदा हडडीमा रहेको मासीलाई असर पर्ने उनको भनाइ छ । जसको कारण मासीले  सहज रुपमा यी तीन प्रकारका रक्तकोषहरु निर्माण गर्न सक्दैन ।

Vianet communication

रातो,सेतो रक्तकोष र प्लेटलेटको निर्माण नभएको यसरी थाहा पाउँन सकिन्छ 

रक्तकोषको निर्माण प्रक्रिया रोकिँदा शरीरमा रातो रक्तकोषको अभाव भई शरीर सेतो हुँदै जान्छ ।

प्लेटलेटको अभावमा शरीरको विभिन्न भागबाट रगत बग्न थाल्छ ।

छालामा राताराता छिट्टाहरु आउँछ । 

निला डामहरु देखिन्छ । नाकबाट रगत बग्ने समस्या हुन्छ ।

खकारमा रगत देखिन्छ ।

शरिररको भित्रि अंग ( फोक्सो,मृगौला) मा पनि रगत बग्ने हुन्छ ।

स्वास्थ्य वयस्क सेतो  रक्तकोषको अभावमा रोगहरुसँग लड्ने क्षमतामा कमी आउँछ । जसको कारण विभिन्न खालको रोगका संक्रमक रोगहरु लाग्छ । 

घाँटी, छातीभित्र, कलेजो सुन्निन सक्छ ।

टाउँको दुख्ने, वान्ता हुने काम्ने, वहोस हने समस्या देखिन्छ ।

सरीरमा यस्तो लक्षणहरु देखिएमा शरिरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि भएको हुनसक्छन् । सेतो रक्तकोषको अनावश्यक बढ्दै गएमा रक्तक्यान्सर हुने डा. तिवारीले बताए ।

रक्त क्यान्सरका लक्षणहरु यस्ता हुन्छन् 

दुई साता वा दुईसाता भन्दा बढी निरन्तर ज्वरो आउने, आलश्य हुने र खान मन नलाग्ने हुनसक्छ ।

शरीर सेतो भएर जानु वा रक्तअल्पता हुनु ।

छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखला तथा अन्य रोगको संक्रमण बढ्दै जानु ।

शरीरका विभिन्न भागहरुमा राता टिकाहरु आउनु, नीला डामहरु देखिनु । 

नाक,खकार, दिसा, पिसावमा रगत आउँनु ।

आँखा, मुख, घाँटी खुन्निनु ।

हातखुट्टाका जोर्नीहरु दुख्नु ।

सास फेर्न गाह्रो हुनु । 

कमजोर महसुस हुनु ।

यस्ता लक्षणहरु देखिएमा रक्त क्यान्सर भएको हुनसक्ने भएकाले बालबालिकामा यस्ता लक्षणहरु देखिएमा समयमै  स्वास्थ्य उपचार गराउँनुर्ने डा. तिवारीको भनाइ छ । 

‘नियमित र समयमै उपचार गराउँन सके बालबालिकामा हुने रक्तक्यान्सर निको हुने सम्भावना ८० प्रतिशत रहन्छ । ए.एल.एल क्यान्सरको उपचार केमोथेरापी र कहिलेकाही रेडियो थेरापीबाट पनि गरिन्छ । ’ डा. तिवारीले भने, ‘ एक्युट लिम्फोप्लास्टिक ल्युकोमिया क्यान्सर लागेका बालबालिकाको क्यान्सर निको हुने सम्भावना बढि हुन्छ ।’

यसरी गरिन्छ रक्त क्यान्सरको उपचार

रक्त क्यान्सर भएका बालबालिकालाई औषधि वा विभिन्न रसायनिक पदार्थहरु मुख, नसा, ढाड वा अन्य माध्यमबाट शरीरमा दिई उपचार गरिन्छ । यसलाई किमोथेरापी भनिन्छ ।

ए.एल.एल क्यान्सरका विरामीलाई केमोथेरापी एकपटकमा ५ देखि ६ पटक सम्म दिइन्छ ।

रक्त क्यान्सरको उपचार बालिकालाई १ सय ४ हप्ता र बालकलाई १ सय ६५ हप्ता सम्म गरिन्छ ।

ए.एल.एल क्यान्सरको उपचार गर्दा नियमित रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । 

रक्त क्यान्सर भएका बालबालिकाहरुमा किमोथेरापी गराउँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आई उनीहरु कमजोर हुन सक्छन् । यस्तो अवस्थामा बालबालिकालाई पोसिलो खाना र स्वास्थ्य सरसफाईमा विषेश ध्यान दिनुपर्ने डा. तिवारीले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x