×

NMB BANK
NIC ASIA

आईसीसी क्रिकेट लिग 'डिभिजन टू' : जिते अवसर नै अवसर, हारे ४ वर्ष 'अन्धकार' !

माघ २४, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ माघ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि निकै नै महत्त्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन– टू’ बिहीवारबाट नामिबियामा शुरु हुँदैछ । दुईवर्षसम्म चलेको लिग च्याम्पियनसिपमा शीर्ष ४ मा पर्न नसकेपछि नेपाल ‘डिभिजन  टू’मा घटुवा भएको हो ।

Muktinath Bank

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बिहीवार आयोजक नामिबियाको सामना गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नामिबिया पनि लिग च्याम्पियनसिपबाट घटुवामा परेको टोली हो । सन २०१५ देखि २०१७ सम्म चलेको प्रतियोगितामा नामिबिया अन्तिम र नेपाल सातौं स्थानमा रहँदै घटुवा भएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा नेपाल र नामिबियासँगै घटुवामा परेका केन्या र युएई पनि सहभागी छन् । यस्तै क्यानडा र ओमानले पनि प्रतिस्पर्धा गर्दैछन् । 

Vianet communication

यस प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल्ने अवसर पाउने छन् । अन्तिम २ टोली 'डिभिजन थ्री'मा घटुवा हुनेछन् ।

कुन–कुन टिमले खेल्छन् विश्वकप छनोट ?

आगामी मार्चमा जिम्मावेमा हुने प्रतियोगितामा १० टोलीले सहभागिता जनाउने छन् । जसमा आईसीसी ओडीआई च्याम्पियन्सिपका अन्तिम ४ टोली (वेस्टइण्डिज, अफगानिस्तान, जिम्मावे र आयरल्याण्ड), लिग च्याम्पियन्सिपका शीर्ष ४ टोली (नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवान्युगिनी) तथा लिग ‘डिभिजन टू’का शीर्ष २ टोली सहभागी हुनेछन् ।

शीर्ष २ मा पर्ने नेपालको सम्भावना कति ?

प्रतियोगितामा सहभागी टोली र उनीहरूको पछिल्लो नतिजा हेर्ने हो भने प्रतियोगिता प्रतिस्पर्धात्मक हुने देखिन्छ । युएई र केन्या नेपालका लागि ठूला चुनौती हुन् । आयोजक नामिबिया पनि चूनौतीपूर्ण नै हुने देखिन्छ । त्यसो त नेपाल पनि कमजोर टोली भने होइन ।

झण्डै २ वर्षअघि कीर्तिपुरमा भएको दुवै खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । केन्याविरुद्ध १ जीत र १ हार ब्यहोरेको नेपाल युएईसँग भने उसकै घरेलु मैदानमा निरास बन्न पुग्यो ।

यस्तै क्यानडा र ओमान ‘डिभिजन थ्री’बाट बढुवा भएका हुन् । यी दुई टोलीलाई पनि कमजोर आंक्न सकिने सकिने अवस्था छैन ।

नेपाली टोलीको समस्या ब्याटिङमा

नेपालले आफ्ना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा ब्याटिङमा पटक–पटक संघर्ष गर्ने गरेको छ । त्यसमा पनि प्रारम्भिक ब्याट्सम्यानमा लामो समयदेखि भर पर्न सकिरहेको छैन ।

यसबीचमा धेरै ‘कम्बिनेसन’ परिवर्तन भइसकेको छ । पछिल्लो २ वर्षयता नेपालका लागि पारीको शुरुवात गर्दै आएका उपकप्तान ज्ञानेन्द्र मल्लका सम्भावित जोडी यसपटक दिलिप नाथ हुन् ।

विकेटकिपर ब्याट्सम्यान दिलिपको फर्म सामान्य नै छ । अन्तर्राष्ट्रिय खेलमा अनभुवको कमीका कारण दिलिपलाई केही चुनौती हुनसक्छ । निकै अनुभवी ब्याट्सम्यान मल्लले पारीको नेतृत्व गरेर दिलिपलाई क्रिजमा टिक्न केही समय दिएको खण्डमा दिलिपले निकै राम्रो गर्न सक्छन् ।

नामिबिया प्रस्थान गर्नुअघि युएईमा खेलेको अभ्यास खेलमा यी दुवैले सन्तोषजनक प्रदर्शन गरेका थिए । जसमा मल्लको शतकसमेत सामेल छ ।

आशा लाग्दा दीपेन्द्र

मध्यक्रम र फिनिसिङमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रसिंह ऐरी नेपाली टोलीका लागि आशाका किरण हुन् ।

त्यसो त टोलीमा कप्तान पारस खड्का, शरद भेसवाकारजस्ता अनुभवी व्याट्सम्यान पनि छन् ।

तर पारस, शरद, ज्ञानेन्द्रले आशातित प्रदर्शन गर्न नसक्दा पनि दीपेन्द्रले राम्रो खेलिरहेका छन् । त्यसैले दीपेन्द्र यो प्रतियोगितामा पनि नेपालीका लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् । आरिफ शेख पनि आशा गरिएका खेलाडीमा पर्छन् ।

पारस, शरद र ज्ञानेन्द्रले आफ्नो अनुभवको सदुपयोग गर्ने र दीपेन्द्र, दिलिप तथा आरिफजस्ता खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने हो भने नेपालले ब्याटिङमा सम्झनलायक प्रदर्शन गर्नसक्छ ।

औसतभन्दा राम्रो बलिङ

नेपालको बलिङ सधैं औसतभन्दा राम्रो नै छ । नेपालले प्राप्त गर्ने प्रायः सफलतामा बलिङको निर्णायक भूमिका रहने गरेको छ । वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामीजस्ता अनुभवी र सन्दीप लामिछानेजस्ता नवप्रतिभा नेपाली बलिङका मेरुदण्ड हुन् ।

ललितसिंह भण्डारी तथा करण केसी पनि अवसर पाएमा नेपालका लागि उपयोगी सावित हुन सक्छन् ।

जिते अवसर नै अवसर, हार्दा ४ वर्ष ‘अन्धकार’

नेपाली टोलीका लागि यो प्रतियोगिता निकै नै महत्त्वपूर्ण छ । यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके लिग च्याम्पियनसिपबाट गुमाएको विश्वकप छनोट खेल्ने अवसर मात्र प्राप्त गर्ने छैन, आगामी लिग च्याम्पियनसिप सहित आईसीसीका धेरै प्रतियोगितामा सहभागी हुने अवसर पाउनसक्छ ।

शीर्ष २ मा पर्न नसके झण्डै ४ वर्ष नेपाली क्रिकेट जहाँको तहिँ रहने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x