×

NMB BANK
NIC ASIA

मन्त्री र कर्मचारी बस्ने सिंहदरबारमा चोरको बिगबिगी–प्रधानमन्त्रीले रोपेको बिरुवादेखि गाडीको टायरसमेत गायब

चैत १२, २०७४

NTC
Premier Steels

काठमाडौं, १२ चैत- मुलुककै प्रमुख प्रशासनिक मूख्यालय हो, सिंहदरबार । यहाँ सेना, प्रहरी र गुप्तचरमात्रै होइन, सीसीटीभी क्यामराबाट समेत चौबीसै घण्टा निगरानी भइरहन्छ । 

Muktinath Bank

तर यही स्थानबाट पटक/पटक चोरीका घटना दोहोरिएका छन् । गत १ चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाटै मोटरसाइकल चोरी भयो । पार्किङ गरी राखेको अवस्थामा बा१ब ९९१३ नम्बरको सरकारी मोटरसाइकल मन्त्रालयबाटै चोरी भयो । त्यसको एक सातापछि प्रहरी, चोरी गर्ने व्यक्ति पक्राउ गर्न सफल भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपिल बोहोराका अनुसार मन्त्रालयका कार्यालय सहयोगी रमेश सुनारले मोटरसाइकल चोरी गरी आफ्नै भाइ दिनेश सुनारलाई दिएका थिए । दिनेशले चितवन पुर्‍याएर मोटरसाइकल चलाउन थालेका थिए । इलाका प्रहरी कार्यालय टाँडी, चितवनको समन्वयमा अन्ततः उनी पक्राउ परे । 


Advertisment
Nabil box
Kumari

मोटरसाइकल चोरीको यो घटना त पछिल्लो उदाहारण मात्र हो । पछिल्लो दुई वर्षको अवधिमा मात्र सिंहदरबारभित्र ६ वटा चोरीका घटना भएको उजुरी प्रहरीमा छ । 

Vianet communication

सिंहदरबारमा चोरीको श्रृङ्खला 

२६ जेठ २०७३ मा प्रधानमन्त्री कार्यालय नजिकै प्रधानमन्त्रीले रोपेको बोधिचित्तको बिरुवा गायब भएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रकृतिका बिरुवा रोपेर सिंहदरबारलाई हरियाली बनाउने अभियान थाल्दै बोधिचित्तका दुईवटा बिरुवा रोपेका थिए । तर, दुई हप्ताकोबीचमा त्यो बिरुवा नै गायब भयो ।

त्यसको दुई महिनापछि १२ साउन २०७३ मा हालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगदसमेत चोरी भयो । मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षबाटै ती वस्तु र नगद चोरी भएका थिए । 

त्यसलगत्तै १२ पुस २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ल्यापटप हरायो । मन्त्रालयकी शाखा अधिकृत शुष्मा श्रेष्ठले ल्यापटप गुमाएकी थिइन् । 

चोरीको श्रृंखला यतिमामात्रै सीमित रहेन त्यसको करीब एक वर्षपछि गत पुसमामात्रै सिंहदरबारमा चोरीका दुईवटा घट्ना भए । गत १ पुसमा सिंहदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरबाट गाडीको चारवटै टायर चोरी भएको थियो । मन्त्रालयका झोलुङ्गे पुल शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको थियो । यो घट्नाले निकै चर्चा  पायो । 

पुस अन्तिम साता नै सिंहदरबार पुनर्निर्माण कार्यालयमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरू चोरी भए । 

सिंहदरबारभित्र चोरीको पछिल्लो घटना गत १ चैतमा घट्यो । उक्त दिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पार्किङ स्थानबाट सरकारी मोटरसाइकल नै हरायो । 

कडा सुरक्षा उपस्थिति रहेको सिंहदरबारमा पटक-पटक दोहोरिएका चोरीका घटनाले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ । 

कसले गर्छ चोरी ?

चैत १ गते भएको मोटरसाइकल चोरीमा मन्त्रालयकै कार्यालय सहयोगीको संलग्नता भेटियो । त्यस्तै, गत पुस १ गते भएको गाडीको टायर चोरीमा पनि सरकारी गाडी चालककै संलग्नता भेटियो । 

यी उदाहरणलाई हेर्दा सिंहदरबारभित्रकै कर्मचारीहरू चोरीमा संलग्न हुने गरेको पुष्टि हुन्छ । 

महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रमुख डिएसपी अपिल बोहोरा भन्छन् – ‘कडा सुरक्षा व्यवस्था र प्रवेश पास पनि सहजै उपलब्ध नहुने भएकाले सामान्य मानिस सिंहदरबार छिर्नै कठिन छ, परिवेश पनि सहज नहुने भएकाले उनीहरूले चोरी गर्ने सम्भावनै न्यून हुन्छ ।’ 

उनका अनुसार कतिपय घटनामा चोरीका खबर बाहिरीए पनि प्रहरीकोमा उजुरी नआउँदा चोरीमा संलग्नहरूले सहजै उन्मुक्ति पाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x