×

NMB BANK
NIC ASIA

काठमाडौं, १३ चैत-कतारमा काम गर्दा गर्दै डेढ वर्षअघि मृत्यु भएका लवकुश चमारकी श्रीमती अनिता चमार क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभागको कार्यालय धाइरहेकी छिन् । तौलिहवाको वुद्धभूमि हथिहवा बस्ने अनिताको विवाह ७ वर्षअघि भएको हो । तर विवाह दर्ता र नागरिकता नहुँदा क्षतिपूर्ति दाबी गर्न ढिला भयो ।

Muktinath Bank

वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार अनिताका पति लवकुशले २०६९ साल फागुन ४ गते पहिलोपटक कतारका लागि श्रम स्वीकृति लिएको र छुट्टीमा आएर जाँदा दोस्रोपटक २०७२ जेठ २६ गते श्रम स्वीकृति र प्राइम लाइफ इन्स्योरेन्सबाट दुई वर्षे वदेशिक रोजगार बिमा गराएर पुनः कतार गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कतारको 'अल हुड ट्रेडिङ' एण्ड कन्ट्रयाकटिङ कम्पनीमा महिनाको ६०० रियल बेसिक तलबमा पेन्टिङगको काम गर्थे । त्यसपछि २०७३ कार्तिकमा उनको मृत्युको खबर उनीसंगै काम गर्ने साथीले घरमा दिएका थिए । त्यसयता अनिता चमार माइत बस्दै आएकी छिन् ।


Advertisment
Nabil box
Kumari

मृतकले अन्तिमपटक बिमा गराएको मितिले दुई वर्षभित्रमा बिमा रकम र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने क्षतिपूर्ति दाबी गरिसक्नुपर्ने प्रावधान छ । तर लवकुशको हकमा त्यो सीमा नाघेर पनि नौ महिना काटिसकेको छ । त्यही पनि राहत र बिमा रकम पाउने आशामा देखिन्थिन् अनिता ।

Vianet communication
Laxmi Bank

आफ्नो सासू/ससुराले विवाह दर्ता गराउन असहयोग गरेको गुनासो उनले लोकान्तरसँग गरिन् । अनिताका ससुरा पहिल्यै क्षतिपूर्ति र बिमा रकम लिन काठमाडौं आएका थिए, तर मृतकको विवाह भइसकेको हकमा पहिलो दाबी श्रीमतीको र त्यसपछि मात्र आमाबुबाको हुने भनिएपछि उनीहरु यत्तिकै फिर्ता भए ।

सासू/ससुराको असहयोगका बावजुद् स्थानीयले सहयोग गरेर विवाह दर्ता र नागरिकता बनाइदिएको उनले बताइन् ।

केहीदिन अघि मात्र बनाएको नागरिकता र विवाह दर्ता लिएर वैदेशिक रोजगारमा आइपुगेकी अनिता के गर्ने र कसो गर्ने भन्ने अन्यौलमा थिइन् । उनका छोराछोरी पनि छैनन् ।

उनका ससुरा रामलखन चमारले आफ्नो छोराको लाससंगै आएको मृत्युको प्रमाणपत्र र पासपोर्ट पनि दिएका छैनन् । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने क्षतिपूर्तिका लागि मृत्युको प्रमाणपत्र अनिवार्य हुने गर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x