ओली-मोदी भेटवार्ता, के लेखे भारतीय मिडियाले ?

दिलिप भुसाल
दिलिप भुसाल

भुसाल लोकान्तर डटकमका दिल्ली प्रतिनिधि हुन् ।

नयाँ दिल्ली २५ चैत–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार भएको भेटवार्तालाई भारतीय मिडियाले महत्वका साथ समाचार प्रकाशित गरेका छन् । आइतवार प्रकाशित भारतीय पत्रपत्रिकाले ओली-मोदी भेटलाई महत्व दिएका छन् । 

अग्रेंजी भाषाका पत्रिकाले भने पहिलो पृष्ठमै समाचार छापेका छन् । हिन्दी भाषामा प्रकाशित अखबारहरुले इण्डियन प्रिमियर लिग (आइपीएल)को समाचारलाई प्राथमिकतामा दिएर ओली-मोदी भेटको समाचार भित्रि पेजमा प्रकाशित गरेका छन् । 


Advertisement

द इण्डियन एक्सप्रेसले ‘आइ अन चाइना, इण्डिया पुसेस् रेल, वाटर लिंकस् वीथ नेपाल’ शीर्षकमा समाचार छापेको छ । 

द हिन्दुस्तान टाइम्सले ‘इण्डिया, नेपाल टू रिसेट टाइज् वीथ रेल वाटर लिंकस्’ शीर्षकमा मुख्य समाचार बनाएको छ । द टाइम्स अफ इण्डियाले पनि ओली-मोदी भेटको समाचारलाई प्रथम पृष्टमा प्रकाशित गरेको छ ।


Advertisement

हिन्दी भाषामा प्रकाशित हुने नव भारत टाइम्सले ‘भारत और नेपाल के बीच चलेगी रिश्ताें की रेल’ शीर्षकमा समाचार लेखेको छ । हिन्दी भाषाको अर्को पत्रिका दैनिक जागरणले पनि उस्तै समाचार छापेको छ, शीर्षक छ, ‘दिल्ली और काठमाडौं के बीच दौडेगे ट्रेन’ ।

समाचारहरुमा नेपाल भारत सम्बन्धमा सुधार आएको तथा नेपालको आर्थिक विकास र समृद्धिको अभियानमा भारतीय सहयोग रहने कुरा उल्लेख गरेका छन् ।

भारतीय टेलिभिजनहरुले पनि ओलीको भ्रमणको समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री ओली आइतवार साँझ स्वदेश फर्किदै छन् । 
 

दिलिप भुसाल
दिलिप भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्