कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
विराटनगर, १८ वैशाख– आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । अहिले पनि धेरै श्रमिकहरू समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्थामा छन् । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरू छन् । कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी सुविधा र औषधि उपचार सुविधाको विषयमा खासै ध्यान गएको देखिँदैन । तर अब मजदूरहरूको उपचारका लागि श्रमिक अस्पताल बन्ने भएको छ ।
नेपाल सरकार श्रम मन्त्रालयमार्फत् अहिले देशका २ स्थानमा अस्पताल बनाउने बारेमा जग्गा खोजीको काम भइरहेको छ । तर अहिलेसम्म मापदण्डभित्र पर्ने गरी सुनसरीको दुहबीमा मात्र जग्गा फेला परेको छ । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री, उद्योगी व्यवसायीको पहलमा दुहबी नगरपालिकाको वडा नम्बर ७ मा जग्गाको अवस्था बुझ्न गएको टोलीले सोही जग्गामा अस्पताल निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
दुहबी नगरपालिकाले ८ बिगाहा नम्बरी अन्य ऐलानी जग्गासहित १२ बिगाहा जग्गा अस्पतालन निर्माणका लागि उपलब्ध गराउन तयार भएपछि अब अस्पताल बनाउनका लागि श्रम तथा रोजगार मन्त्रालयमा पहल थाल्ने तयारी छ ।
१५ अर्ब लाग्ने
सुनसरीको दुहबीमा श्रमिकहरूका लागि अस्पताल निर्माण गर्न बारेमा सहमति जुटेसँगै सबै क्षेत्रलाई उत्साहित पारेको छ । कोशी राजमार्गभन्दा करीब अढाइ किलोमिटर पश्चिममा रहेको ८ बिगाहा जमिनमा श्रमिक अस्पताल निर्माण हुनेछ । त्यसका लागि संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयबाट स्वीकृती आवश्यक पर्छ ।
अहिलेको सामाजिक विकास कोषको सबै रकम थन्किएर बसेकोले श्रमिक अस्पताल निर्माणका लागि श्रम मन्त्रालयले स्वीकृती दिएपछि पूर्वाधार निर्माणको काम शुरु हुनेछ । तर त्यसका लागि नेपाल सरकार, उद्योगी तथा श्रमिकबीचको त्रिपक्षीय सहमति आवश्यक पर्छ । अनुगमनमा गएको टोलीमध्येका सबैले यही जग्गालाई उपयुक्त मानेपछि श्रमिक अस्पताल बन्ने भन्ने विषय विवादमा नगर्ने उद्योगी व्यवसायीको भनाइ छ ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित, उद्योगी, श्रमिकआबद्ध ट्रेड युनियनका प्रतिनिधि, दुहबी नगरपालिका लगायतले स्थलगत निरीक्षणका क्रममा सोही स्थान नै श्रमिक अस्पताल निर्माणका लागि उपयुक्त हुने ठहर गरेको हो । दुहबी नगरपालिकाले ८ बिगाहा जमिन उपलब्ध गराएपछि नेपाल सरकारको लगानीमा श्रमिक अस्पताल बन्ने भएको हो । मन्त्री घिमिरेले संघीय सरकारका श्रममन्त्री गोकर्ण विष्टसँग यसैसाता कुरा गरेर प्रक्रिया अघि बढाउने बताए ।
उद्योगी मुकेश उपाध्यायले औद्योगिक करिडोरभित्रै जग्गा उपलब्ध भएकाले यसलाई नमुनाको रुपमा श्रमिक अस्पताल बनाउने बिषयमा सबै सहमत भएको उल्लेख गरे । उनले भने, ‘हामी श्रमिक अस्पताल निर्माणका लागि सक्दो सहयोग गर्छौं ।’
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन तयार रहेको बताए । दुहबी नगरपालिकाले ८ बिगाहा एकै ठाउँमा नम्बरी जग्गा र बाँकी ४ बिगाहा ऐलानी जग्गा समेत एकै ठाउँमा रहेकोले समस्या नरहेको जनाएको छ ।
यसअघि सुनसरीकै रामधुनीमा जग्गा हेरिएकोमा केही प्रक्रिया झन्झटिलो रहेकोले अन्यत्र जग्गाको खोजी भइरहेको थियो । ‘अब यहाँको जग्गा सबैलाई मन परेको छ, श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले भने, ‘श्रमिक अस्पताल बनाउनको लागि निर्णयसहित प्रतिवेदन पठाउँछौ ।’
नेपाल सरकारले नेपालभरीमा एउटा श्रमिक अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उनले नेपाल सरकारको मापदण्डमा पर्ने ८ बिगाहा जग्गामा ५ सय शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको बताए ।
अहिले नेपाल सरकारको सामाजिक विकास कोषमा १५ अर्ब रुपैयाँ रहेकाले त्यही रकमले अस्पताल निर्माण गर्ने सरकारको योजना रहेको उनले सुनाए ।
श्रमिकमा खुसी
श्रमिक अस्पताल निर्माणको कुराले श्रमिकहरूमा खुसी छाएको छ । सरकारले श्रमिक तथा तिनका परिवार र सन्तानलाई न्युन शुल्कमा राम्रो स्वास्थ सेवा उपलब्ध गराउनका लागि श्रमिक अस्पताल निर्माणको योजना ल्याएको हो । दुहबीका मजदूर गुलावचन्द्र चौधरीले सरकार, उद्योगी र मजदूरको पहलमा निर्माण हुन लागेको अस्पतालले अफूहरू जस्ता मजदूरलाई लाभ हुने बताए ।
श्रमिक अस्पतालनको निर्माणसँगै मजदूरको भविष्यलाई उजागर गर्नेमा उनले खुसी व्यक्त गरे ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...