×

NMB BANK
NIC ASIA

नेपालबाट अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी, अन्डरवर्ल्डको एजेन्टमा फिल्म अभिनेतादेखि सेयर ब्रोकरसम्म

जेठ २०, २०७५

NTC
Premier Steels

काठमाडौं, २० जेठ – गत बैशाख तेस्रो साता प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गर्यो । भारतमा त्यतिबेला जारी रहेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी (अनलाइन बेटिङ) गरेको अभियोगमा । पक्राउ पर्नेमा भारतको पिपरा स्टेसन थाना घर भएका ४२ वर्षीय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेसन घर भएका २१ वर्षीय सञ्जिवकुमार जैसवाल थिए ।

Muktinath Bank

त्यसको करीब १ महिनापछि प्रहरीले जेठ १३ गते पूर्व राष्ट्रिय फुटबल खेलाडी अन्जन केसीसहित काठमाडौंबाट ६ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा अन्य व्यक्तिमा काठमाडौं मैतिदेवीका गौरव तिवारी, काभ्रेका भुपेन्द्र कुँवर, नुवाकोट ककनीका दिनेश बोगटी, भक्तपुर बोलाछैका विजय श्रेष्ठ र भक्तपुर वोलाखुका नरेन्द्र सुवाल छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्डरवर्ल्डको आडमा नेपालबाट बेटिङ


Advertisment
Nabil box
Kumari

प्रहरीले गरेको अनुसन्धानका अनुसार गत बैशाख तेस्रो सातामा पक्राउ परेका २ जना व्यक्ति नागराज भनेर चिनिने भारतीय नागरिक अमित अग्रवालका सदस्य हुन् । नागराज तिनै व्यक्ति हुन्, जसलाई भारतीय प्रहरीले ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ । 

Vianet communication

नागराज सन् २०१७ को आइपीएल चलिरहँदा काठमाडौंमा भेटिएका थिए । नेपाल प्रहरीले उनलाई पक्राउ गर्न अभियान नै चलाएको थियो । तर, उनी नेपालबाट भाग्न सफल भए । प्रहरीका अनुसार नागराज सट्टेबाजीका ‘जन्मदाता’ मानिने भारतीय ‘अन्डरवल्र्ड डन’ दाउद इब्राहिमका प्रतिनिधि हुन् । 

सुरुसुरुमा साना–साना सट्टेबाजी (बुक्की) खेलाउने कार्यमा संलग्न भएका नागराजले दाउदको सम्पर्कमा पुगेपछि अन्तर्राष्ट्रिस्तरका ठूला खेलकूद प्रतियोगितामा बेटिङको सञ्जाल विस्तार गरेका हुन् । नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारीका अनुसार नागराजले नेपालमा मात्रै ५ सय जनालाई आफ्नो एजेन्ट बनाएका छन् ।

फिल्म अभिनेतादेखि सेयर ब्रोकरसम्म सट्टेबाजीका एजेन्ट

जेठ दोस्रो साता पक्राउ परेका ६ जनामाथि अनुसन्धान गरिरहेको प्रहरीले यो सञ्जालमा रहेका थप व्यक्तिको विवरण पनि प्राप्त गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले अन्तर्राष्ट्रिय स्तरका क्रिकेट र फुटबल प्रतियोगितामा नेपालबाट बेटिङ गर्नेको सञ्जालमा चर्चित फिल्म अभिनेतादेखि सेयर ब्रोकरसम्म छन् ।

‘खास गरेर विश्वभरका खेलाडी सहभागी हुने क्रिकेट र फूटबल प्रतियोगितामा बाजी लगाउन सट्टेबाजहरू सक्रिय हुँदा रहेछन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘चर्चित फिल्म अभिनेतादेखि सेयर कारोबारमा संलग्न केही मारवाडी समुदायका व्यवसायी सट्टेबाजीमा संलग्न रहेको देखियो ।’ 

प्रहरीका अनुसार केही फिल्म अभिनेताले बेटिङबाट कमाएको पैसा फिल्म निर्माणमा समेत लगाएका छन् । ‘फिल्म चलेपनि नचलेपनि फिल्मबाट आम्दानी गरेको भनेर बेटिङबाट कमाइएको कालो धनलाई सेतो बनाउने काम भएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने । 

ती अधिकारीका अनुसार फिल्म निर्मातादेखि अभिनेतासम्मको समूह नै सट्टेबाजीमा संलग्न देखिन्छ । केही व्यवसायिक घरानाका व्यक्ति समेत सट्टेबाजीमा संलग्न रहेको तथ्य फेला परेको उनी बताउँछन् ।

‘सट्टेबाजीमा संलग्न रहेका ६ जना व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरूको सम्पर्क फिल्म अभिनेतादेखि व्यवसायिक घरानाका व्यक्ति, सेयर ब्रोकरहरूसँग रहेको पाइयो,’ काठमाडौं प्रहरीका ती अधिकारी भन्छन्, ‘हामीले सक्रियता बढाएपछि उनीहरूले आफ्नो अनलाइन अकाउन्ट अहिले निष्क्रिय पारेका छन् । उनीहरूविरुद्ध प्रमाण जुटाउने क्रम चलिरहेको छ । प्रमाण पुग्ने बित्तिकै पक्राउ गरिन्छ ।’

दुबईमा हेड एजेन्ट, काठमाडौं मुम्बईको ‘अन्डर’मा

अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल प्रतियोगितामा नेपालबाट हुने सट्टेबाजी भारतको मुम्बईबाट परिचालित हुने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । प्रहरीका अनुसार नेपालका एजेन्टहरूले विभिन्न क्रिकेट र फुटबलका टीममा नेपालबाट बोली लागेको रकम असुल गर्छन् । 

२ करोडसम्मको बोलीको कारोबार नेपालमै हुन्छ । यदि कुनै टीममाथि २ करोडभन्दा माथिको बोली लाग्यो भने नेपालका सट्टेबाजले मुम्बईमा सम्पर्क गर्छन् । ‘यदि कुनै टीममाथि अधिक बोली लाग्यो भने त्यसको व्यवस्थापन गर्ने जिम्मा मुम्बईका एजेन्टले लिन्छन् । मुम्बईका एजेन्टको पनि मुख्य एजेन्ट दुबईमा छन्,’ प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘दुबईमा रहेको मुख्य व्यक्तिले भारतीय राजधानी दिल्ली, मुम्बई, बङ्लोरमा आफ्नो सञ्जाल विस्तार गरेका छन् । मुम्बईका एजेन्टले नेपालमा सञ्जाल विस्तार गरेकोे देखिन्छ ।’

आइपीएलमा मात्रै २३ करोडको बेटिङ

प्रहरीका अनुसार ७ अप्रिलदेखि २७ मेसम्म चलेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा मात्रै नेपालमा करीब २३ करोड रुपैयाँको सट्टेबाजी भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । 
प्रहरीका अनुसार जेठ १३ गते पक्राउ परेका ६ जनामाथि गरेको अनुसन्धानअनुसार आइपीएलमा १४ करोड २९ लाख ४४ हजार भारतीय रुपैयाँ (अर्थात् २२ करोड ८७ लाख १० हजार ४ सय नेपाली रुपैयाँ) बराबरको सट्टेबाजी भएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x