×

NMB BANK
NIC ASIA

पूजा बोहोरा प्रकरण : रक्षा नेपालको ‘व्यवस्थापकीय कमजोरी’ ! मन्त्रालयको निर्देशनपछि सुध्रिएला त रक्षा नेपाल ?

जेठ २३, २०७५

NTC
Premier Steels

काठमाडौं, २३ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गठित छानविन समिति रक्षा नेपालको आश्रयमा व्यवस्थापकीय कमजोरी रहेको निष्कर्षमा पुगेको छ ।

Muktinath Bank

रक्षा नेपालको संरक्षणमा बस्दै आएकी पूजा बोहोराले आफूमाथि अन्याय गरेको बताएपछि मन्त्रालयले गठन गरेको छानविन समितिले रक्षाको व्यवस्थापकीय कमजोरी रहेको पाएको हो । छानविन समितिमा रहेका एक सदस्यका अनुसार रक्षा नेपालले आफ्नो संरक्षणमा राखेका महिलालाई गर्ने व्यवहारमा कमजोरी रहेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सञ्चारमाध्यममा पूजाको विषयमा समाचार आएको भोलिपल्ट नै रक्षा नेपालको कार्यालयमै पुगेर घटनाको विषयमा छानविन गर्यौं । सम्बन्धित निकाय र पीडितलाई भेटेर नै कुरा गर्यौं,’ नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, ‘रक्षा नेपालको केही कमजोरी रहेको भेटियो । रक्षा नेपालले संरक्षणमा रहेकालाई गर्ने व्यवहारमा सुधार गर्नुपर्ने देखियो ।’ 


Advertisment
Nabil box
Kumari

प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाको संयोजकत्वमा गठित छानविन समितिले रक्षा नेपालकी सञ्चालिका मेनुका थापा र पीडित पूजा बोहोरालाई छुट्टाछुट्टै बोलाएर घटनाको विषयमा जानकारी लिएको थियो । छानविन टुंग्याएको समितिले आजै मन्त्रालयमा छानविन प्रतिवेदन बुझाउँदैछ ।

Vianet communication

पूजाले छानविन समितिलाई आफूमाथि अन्याय भएको तथा सुरक्षा र शिक्षा दिन माग गरेको बताइएको छ । पूजाले आफूलाई होस्टलमा राखिदिएपनि होस्टलको खर्च नतिरिदिएको गुनासो गरेकी छन् । २०६८ सालमा सामुहिक बलात्कारमा परेकी पूजा ७ वर्षदेखि रक्षा नेपालको संरक्षणमा रहँदै आएकी छन् । उनी अहिले एलएलबी दोस्रो वर्षमा अध्ययन गर्दै आएकी छन् ।

पूजा बस्दै आएको होस्टेलको मासिक ७ हजार रुपैयाँ भाडा बुझाएको छानविन समितिलाई रक्षा नेपालले जानकारी गराएको छ । रक्षा नेपालले छानविन समितिलाई आफ्नो कमजोरीहरू सुधार गर्ने र पूजाको सम्पूर्ण पढाइ खर्च आफैंले व्यहोर्ने बताएको समिति सदस्यले बताए ।

रक्षा नेपालको संरक्षणमा बस्दै आएकी पूजा बोहोराले आफूलाई रक्षा नेपालले यातना दिने गरेको गुनासो सञ्चारमाध्यममा आएपछि महिला मन्त्रालयले छानविन शुरु गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको निर्देशनमा प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

समितिले पूजाले आफ्नो सुरक्षा र शिक्षाको माग गरेको तथा रक्षा नेपालले आफ्नो व्यवस्थापकीय कमजोरी सुधार गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x